शनिबार, वैशाख २२ गते २०८१    
images
images

ईआईएको प्रारम्भिक स्वीकृतिपछि उपत्यका विकास प्राधिकरणको अनुमतिमै सुरु भएको थियो समिट होटलको ‘पाइल प्रोटेक्सन’

व्यवस्थापनमै नरहेका विनोद चौधरीको नाम किन जोडियो?

images
images
images
ईआईएको प्रारम्भिक स्वीकृतिपछि उपत्यका विकास प्राधिकरणको अनुमतिमै सुरु भएको थियो समिट होटलको ‘पाइल प्रोटेक्सन’

प्राधिकरणले प्रारम्भिक स्वीकृति दिएपछि वाल निर्माणको काम निर्माण पक्षले सुरु गरेको थियो। सोही प्रक्रियाअन्तर्गत समिट होटलको निर्माण पक्षले वातावरणीय प्रभाव मूल्यांकनको प्रारम्भिक स्वीकृति र उपत्यका विकास प्राधिकरणको पनि प्रारम्भिक स्वीकृतिपछि निर्माण अगाडि बढाइएको देखिन्छ। 

images
images

काठमाडौं- निर्माणको चरणमा रहेको समिट होटलमा पर्खाल उठाउने चरणमा स्थानीयको घर भासिएपछि संसददेखि महानगरसम्म बहसको विषय बनेको छ। जसमा उद्योगी तथा नेपाली कांग्रेसका सांसद विनोद चौधरीसम्म विवादमा तानिएका छन्।  

images
images
images

समिट होटल निर्माणको क्रममा जमिन भासिएपछि चौधरी समूहले उक्त परियोजनामा आफ्नो व्यवस्थापन नरहेको स्पष्टीकरण दिइसकेको छ। जमिन भासिने घटना यो पहिलो भने होइन। विगतमा नक्सालमा निर्माणधीन हिल्टन होटलको जग खन्दा पनि सडक भासिँदा विवाद र बहस भएको थियो। ठूला घर तथा अर्पाटमेन्ट निर्माणमा महानगरको भन्दा पनि उपत्यका विकास प्राधिकरणको संग्लनता हुन्छ। 

images

१७ रोपनीमा ६ अर्ब रुपैयाँ लगानीमा बन्न लागेको यो परियोजनामा १३० कोठाको पाँचतारे होटलदेखि १६० युनिट लक्जरी अपार्टमेन्टसम्म हुनेछन्, जसका लागि ७ देखि १६ तलासम्मका ७ वटा संरचना बनाइँदै छन्।  

images

प्राधिकरणले प्रारम्भिक स्वीकृति दिएपछि वाल निर्माणको काम निर्माण पक्षले सुरु गरेको थियो। सोही प्रक्रियाअन्तर्गत समिट होटलको निर्माण पक्षले वातावरणीय प्रभाव मूल्यांकनको प्रारम्भिक स्वीकृति र उपत्यका विकास प्राधिकरणको पनि प्रारम्भिक स्वीकृति पछि निर्माण अगाडि बढाइएको देखिन्छ। 

images
images

महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले नक्सा पास नै नभएको प्रतिक्रिया दिएपछि समिट होटलको निर्माणको विषय केही गिजोलिएको छ। खासगरी समिटको नक्साको विषय प्राधिकरणले हेर्नेमा पर्दछ। प्राधिकरणले नक्सापासको अनुमतिपत्र दिएपछि महानगरबाट स्वीकृत लिने प्रक्रिया हुन्छ। सोहीअनुसार प्राधिकरणले प्रारम्भिक स्वीकृति दिएपछि वाल निर्माण थालेको देखिन्छ। सोही वाल उठाउने क्रममै जमिन भासिएको थियो। 

नक्सासम्बन्धी मामिला काठमाडौं उपत्यका विकास प्राधिकरणले हेर्ने भएकाले सोही कार्यालयबाट अगाडि बढाइएको उनले बताए। साथै नक्सा र वातावरणीय प्रभाव मूल्यांकन सहितको प्रगति विवरण ललितपुर महानगरपालिकामा पेस गरिने बारेमा नगर प्रमुखलाई जानकारी गराइसकिएको सञ्चालक संचित श्रेष्ठले बताए।  

ललितपुर महानगरपालिका वडा नम्बर १, कुपण्डोलमा समिट होटलको संरचना निर्माणका क्रममा जमिन भासिएको विषयमा स्थानीय र होटलबीच सहमित पनि भइसकेको छ। कुपण्डोल हाईटमा साविक समिट होटल रहेको स्थानमा समिट रेसिडेन्सीको अवधारणा कार्यान्वयनको चरणमा निर्माणस्थलको जग्गाको ‘पाईल प्रोटेक्सन’को काम चलिरहँदा चैत २५ गते साईटको पूर्वदक्षिणतर्फको केही जमिन भासिएको थियो। जमिन भासिँदा स्थानीयको घरमा समेत क्षति पुगेको थियो। 

हाल निर्माण कम्पनी, स्थानीयवासी र जनप्रतिनिधि समेतको रोहवरमा छलफल गरि समस्या समाधानकालागि सहमति भइसकेको र सोही सहमति अनुसार आगामी काम अगाडि बढाइने प्रोजेक्ट सञ्चालक श्रेष्ठले बताए। साबिकको समिट होटललाई भत्काएर १६ रोपनी क्षेत्रफलमा ‘द समिट होटल एण्ड रेसिडेन्स’ बनाउन गत भदौमा काम सुरु भएको थियो। 

चौधरी समूहको प्रष्टीकरण : हिस्सेदारी हो व्यवस्थापनमा छैनौँ

चौधरी समूहको निर्माण कम्पनी सीजी डेभलपर्सले प्रेस विज्ञप्ति जारी गर्दै उक्त होटलमा चौधरी समूहको ३० प्रतिशत हिस्सेदारीमात्र रहेको तर व्यवस्थापनमा कुनै पनि जिम्मेवारी नरहेको उल्लेख गरेको छ। 

‘समिट होटल प्रालिमा उक्त होटल सञ्चालनमा रहेको समयदेखि अहिले समिट रेसिडेन्सीको परियोजनासम्ममा सीजी डेभलपर्स जम्मा ३० प्रतिशतको साझेदार हो। परियोजनाको व्यवस्थापन एवं संचालनको जिम्मेवारी संचित श्रेष्ठले लिनु भएको छ। त्यसैले यस परियोजनाको निर्माणक्रममा सीजी डेपलपर्स व्यवस्थापन र संचालनमा संलग्न नरहेको हामी जानकारी गराउँदछौँ’, विज्ञप्तिमा उल्लेख गरिएको छ।

होटलको ७० प्रतिशत हिस्साको साझेदारहरूमा रविभक्त श्रेष्ठ,  अमृतरत्न शाक्य, सुवर्णकृष्ण श्रेष्ठ, संचित श्रेष्ठको लगानी रहेको छ। समिट होटल प्रा. ली. ले अगाडि बढाउन लागेको समिट रेसिडेन्सी परियोजनाको व्यवस्थापन एवं सञ्चालनको जिम्मेवारी उनीहरूले नै लिएको सीजीले जानकारी दिएको छ। 

‘सीजी डेभलपर्सले विकास गरेका परियोजनाहरू प्रतिष्ठित छन् र ती परियोजनाले नेपालको रियल स्टेट सेक्टरमा छुट्टै पहिचान स्थापित गरेका छन्। सीजी डेभलपर्सले काठमाडौं रेसिडेन्सी, सीजी हिल्स, माउण्ट भ्यू रेसिडेन्सी (फेज १, २ र ३) विकास गरेको हो। र, अहिले ललितपुरको भैंसेपाटीमा सीजी हिल्स प्रिमियम विकास गरिरहेको छ’ सीजीले विज्ञप्तिमा उल्लेख गरेको छ।

समिट अपार्टमेन्ट सबै बुकिङ

ललितपुरमा निर्माण हुँदै गरेको पाँचतारे होटलसहितको समिट रेसिडेन्सी अपार्टमेन्टका लागि खुलाएको सबै बुकिङ भइसकेको छ। १७ तलामा युनिट अपार्टमेन्ट हुने छ। यसमा कूल ११० युनिट अपार्टमेन्ट हुने छन्।  

समिट होटल भएको ठाउँमा अपार्टमेन्टसहितको होटल निर्माण हुने छ। यो ठाउँमा होटल भने सेन्ट रेगिज ब्रान्डबाट लक्जरी होटल सञ्चालन हुने छ। यस बाहेक अपार्टमेन्ट पनि पाँचतारे सुविधासहितको हुने छ।  अपार्टमेन्ट भने दुई प्रकारका हुने यो परियोजनाको डिजाइन रहेको छ। समिट रेसिडेन्स र समिट सिग्नेचर रेसिडेन्स। अपार्टमेन्टका भवन ग्राउन्डबाहेक १७ तलाका हुनेछन्। पार्किङका लागि दुईतला बेसमेन्ट हुने छ। सिग्नेचर अपार्टमेन्ट भने लक्जरी स्वरुपमा हुने छ।

यसमा रुफटप स्वीमिङ पुल हुने छ। २ बिएचके, ३ बिएचके र ४ बिएचके गरी तीन प्रकारका अपार्टमेन्ट यो परियोजनामा अपार्टमेन्टको मूल्य ३ करोड रुपैयाँबाट सुरु हुने छ। अपार्टमेन्टसहितको होटल परियोजनामा विनोद चौधरी र रविभक्त श्रेष्ठको मुख्य सेयर छ। यो परियोजनाको पहिलो चरणमा कम्तिमा पाँच अर्ब लगानी हुने लगानीकर्ताको अनुमान छ। 

images

प्रकाशित : बुधबार, चैत २९ २०७९१२:४९

प्रतिक्रिया दिनुहोस