शनिबार, वैशाख २२ गते २०८१    
images
images

नेपाल टेलिकमको नयाँ वर्ष अफर : ९८ रूपैयाँमा तीन दिनका लागि ६ जीबी डाटा, अन्य के-के छन् सुविधा?

images
बिजनेस न्युज
images
images
नेपाल टेलिकमको नयाँ वर्ष अफर : ९८ रूपैयाँमा तीन दिनका लागि ६ जीबी डाटा, अन्य के-के छन् सुविधा?

४९ रूपैयाँमा १ दिन चलाउन सकिने १ एमबीपीएस अनलिमिटेड डाटा र नेपाल टेलिकमकै नेटवर्कभित्र कल गर्न सकिने १०० मिनेट अन नेट भ्वाइस सेवा उपलब्ध गराउने टेलिकमले जनाएको छ।

images
images

काठमाडौं- नेपाल टेलिकमले नयाँ वर्ष २०८० का लागि नयाँ अफर सार्वजनिक गरेको छ। अफरअन्तर्गत कम्पनीले भ्वाइस, डाटा र बोनस अन रिचार्ज प्याकेज उपलब्ध गराउने छ।

images
images
images

४९ रूपैयाँमा १ दिन चलाउन सकिने १ एमबीपीएस अनलिमिटेड डाटा र नेपाल टेलिकमकै नेटवर्कभित्र कल गर्न सकिने १०० मिनेट अन नेट भ्वाइस सेवा उपलब्ध गराउने टेलिकमले जनाएको छ।

images

यसैगरी डाटा प्याकेजअन्तर्गत टेलिकमले ९८ रूपैयाँमा ३ दिन चलाउन सकिने ६ जीबी डाटा, एक सय ९९ मा ७ दिन चलाउन सकिने १३ जीबी डाटा, २ सय ९४ मा १० दिन चलाउन सकिने २० जीबी डाटा र ३ सय ९९ मा १५ दिन चलाउन सकिने ३० जीबी डाटा प्याकेज उपलब्ध गराउने छ।  

images

एमपोस र फिजिकल रिचार्जबाट रिचार्ज गर्दा समेत बोनस अन रिचार्जको रुपमा डाटा प्याकेज उपलब्ध गराउने टेलिकमले जनाएको छ। यसअनुसार दुईसयदेखि ४ सय ९९ सम्मको रिचार्ज गर्दा २ दिनका लागि प्रतिदिन १ जीबीका दरले चलाउन सकिने गरी २ जीबी डाटा उपलब्ध हुनेछ। यस्तै ५०० र सो भन्दा बढी रकमको रिचार्ज गर्दा प्रतिदिन २ जीबीका दरले ४ दिन चलाउन सकिने गरी ८ जीबी डाटा उपलब्ध हुनेछ।  

टेलिकमले उपलब्ध गराउने सो अफर भोलि (२०७९ चैत ३०) देखि आगामी २०८० बैशाख ६ गतेसम्म प्रिपेड तथा पोस्टपेड मोबाइलका ग्राहकले प्याकेज खरिद गर्दा लागु हुने प्रवक्ता शोभन अधिकारीले जानकारी दिए।

images
images

images

प्रकाशित : बुधबार, चैत २९ २०७९०९:२३
प्रतिक्रिया दिनुहोस