बिहीबार , असार ५ गते २०८२    
बिहीबार , असार ५ २०८२
images
images

कञ्चनजंघा क्षेत्रको पर्यटकीय विकासका लागि गुरुयोजना बन्ने

images
बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, चैत २९ २०७९
images
images
कञ्चनजंघा क्षेत्रको पर्यटकीय विकासका लागि गुरुयोजना बन्ने

कञ्चनजंघा क्षेत्रको दक्षिणी क्षेत्रमा पर्ने पर्यटकीय पद मार्गअन्तर्गत  यासाङ, केङ्स्रा, तोरोङदेन, अन्धाफेदी, चेराम र राम्जेरलाई लक्षित गरी गुरुयोजना बन्ने समृद्ध कञ्चनजंघा परियोजना कार्यक्रम संयोजक चित्राकुमारी चन्सुले जानकारी दिइन्।

images
images

फुङ्लिङ- कञ्चनजंघा क्षेत्रको पर्यटकीय विकासका लागि गुरुयोजना बन्ने भएको छ। कञ्चनजंघा क्षेत्रलाई आधुनिक प्रविधिसँग जोड्दै विकास गर्ने उद्देश्यले गुरुयोजना बनाउन लागिएको हो। कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्सँगको सहकार्यमा समृद्ध पहाडले पर्यटन प्रवर्द्धन र वित्तीय पहुँचको क्षेत्रमा काम गरिरहेको छ।

images
images
images

कञ्चनजंघा क्षेत्रको दक्षिणी क्षेत्रमा पर्ने पर्यटकीय पद मार्गअन्तर्गत  यासाङ, केङ्स्रा, तोरोङदेन, अन्धाफेदी, चेराम र राम्जेरलाई लक्षित गरी गुरुयोजना बन्ने समृद्ध कञ्चनजंघा परियोजना कार्यक्रम संयोजक चित्राकुमारी चन्सुले जानकारी दिइन्।

images
images

कार्यक्रमलाई हिमालयन ट्रष्ट युकेका अध्यक्ष सर ग्राम रिग्लीले आर्थिक सहयोग गरेका छन्। उनी यही चैत ५ मा कञ्चनजंघा संरक्षण क्षेत्रको भ्रमण गरी फर्किएका छन्। भ्रमणका क्रममा उनले यस क्षेत्रमा पर्यटन प्रवर्द्धनका लागि विकासको मोडेलबारे परिषद्का पदाधिकारीसँग छलफल तथा अन्तरकिया गरेका थिए। उनले दक्षिणी बेस क्याम्प जाने क्षेत्रका साथै तोरोङदेन र चेराममा सम्बन्धित परिषद्अन्तर्गत रहेका समितिका अध्यक्षसँग अन्तरक्रिया गरेका हुन्।

images
images
images

यसअघि यस क्षेत्रमा इन्टरनेट सेवाका लागि वर्ड लिंकका प्राविधिकले याम्फुदिन, लासे, नयाँझोरेनी, कस्तुरी डाँडा, तोरोङ्देन, अन्धाफेदी, चेराम, राम्जेर र ओक्ताङ क्षेत्रमा वाइफाइ सेवाका लागि अध्ययन गरिसकेको परियोजनाले जनाएको छ।

परियोजनाका अनुसार उक्त अध्ययन पश्चात् बृहत्तर विकासका लागि फरक-फरक क्षेत्रका तीनजना इन्जिनियरले यहाँको समग्र पक्षको सम्भाव्यता अध्ययन सम्पन्न गरिसकेका छन्। जसमा खानेपानी, शौचालय, होटेल तथा लज, चिया पसल, क्याम्प साइट, पदमार्ग, विश्राम गृह, विद्युत्, फोहोर मैला व्यवस्थापन, पुल पुलेसा, हेलिप्याडलगायत पक्ष रहेका छन्। यस क्षेत्रलाई पर्यटनको आधुनिक गन्तव्यका रूपमा विकास गरिने लक्ष्य लिइएको कञ्चजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्का कार्यक्रम सहायक चितेन चेम्जोङले बताए।

उनका अनुसार कञ्चनजंघा विश्वको तेस्रो र नेपालको दोस्रो अग्लो हिमाल भए पनि यहाँ आउने पर्यटकको सङ्ख्या न्यून छ। 'पर्यटकको सङ्ख्या कसरी बढाउन सकिन्छ भनेर अध्ययन गरिएको हो। समृद्ध पहाडले कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्सँग समन्वय गरी पर्यटनको प्रवर्द्धनका लागि कार्यक्रम गर्नेछ', उनले भने।

कोभिड महामारीका कारण यहाँ आउने पर्यटकको सङ्ख्यामा कमी आएको थियो। गएको याममा पाँच सय ४३ जना विदेशी पर्यटकले कञ्चनजंघाको भ्रमण गरेका थिए। यस वर्ष पर्यटक आउने याम सुरु भएसँगै यहाँ पर्यटकको चहलपहल देखिन थालेको छ। रासस


प्रकाशित : बुधबार, चैत २९ २०७९०९:०१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend