बिहीबार , असार ५ गते २०८२    
बिहीबार , असार ५ २०८२
images
images

आठ महिनादेखि लगानी बोर्डको बैठक बसेन 

images
बुधबार, चैत २९ २०७९
images
images
आठ महिनादेखि लगानी बोर्डको बैठक बसेन 

पुसमै नयाँ सरकार बने पनि अहिलेसम्म मन्त्रिपरिषद्‌ले पूर्णता नपाउँदा बैठक बसिरहेको छैन। लगानी बोर्डले हालसम्म ३३ परियोजना स्वीकृत गरेको छ। ४ खर्बका परियोजना अहिले निर्माणाधीन रहेका छन्। 

images
images

काठमाडौं- ठूलो आकारका विदेशी लगानीका परियोजनाको सहजीकरण तथा स्वीकृत गर्ने लगानी बोर्डको बैठक गएको आठ महिनादेखि बस्न सकेको छैन। 

images
images
images

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा गएको साउन २३ गते बोर्डको ५२औँ बैठक बसेपछि हालसम्म बैठक बसेको छैन। 

images
images

लगानी स्वीकृतिका प्रक्रिया अघि बढाउन तथा सहजीकरणका लागि बोर्डको निर्णय चाहिन्छ, तर सुरुमा चुनाव र त्यसपछि सरकारले पूर्णता नपाउँदा बैठक बस्न सकेको छैन। 

images
images
images

अहिलेसम्म नयाँ लगानीका प्रस्ताव खासै नआए पनि यसअघि नै अघि बढेका प्रक्रिया भने यो बीचमा अवरुद्ध भएका छन्। साउनपछि सरकार चुनावमा केन्द्रीत भएको र त्यसपछि चुनावबाट बनेको सरकारले पूर्णता नपाउँदा कयौं निर्णय रोकिएका छन्।

प्रधानमन्त्री अध्यक्ष हुने बोर्डमा अर्थमन्त्री उपाध्यक्ष हुन्छन्। त्यस्तै ऊर्जा, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री,  वन तथा वातावरणमन्त्री सदस्य हुन्छन्। त्यस्तै राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, मुख्यसचिव र नेपाल राष्ट्र बैंका गभर्नर सदस्य हुन्छन् भने बोर्डको सदस्य सचिवका रुपमा बोर्डको प्रमुख कार्यकारी अधिकृत हुन्छन्। 

पुसमै नयाँ सरकार बने पनि अहिलेसम्म मन्त्रिपरिषद्‌ले पूर्णता नपाउँदा बैठक बसिरहेको छैन। अहिले भने वन तथा वातावरणमन्त्री बाहेक अरु सदस्य उपलब्ध भइसकेका छन्। लगानी बोर्डले हालसम्म ३३ परियोजना स्वीकृत गरेको छ। ४ खर्बका परियोजना अहिले निर्माणाधीन रहेका छन्। 


प्रकाशित : बुधबार, चैत २९ २०७९०४:५८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend