बिहीबार , कात्तिक ८ गते २०८१    
images
images

सांग्रिला होटल इन्टरकन्टिनेन्टलको नामबाट सञ्चालन हुने, अरु तीन होटल पनि आईएचजीले व्यवस्थापन गर्ने  

images
बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, चैत २९ २०७९
images
images
सांग्रिला होटल इन्टरकन्टिनेन्टलको नामबाट सञ्चालन हुने,  अरु तीन होटल पनि आईएचजीले व्यवस्थापन गर्ने  

आईएचजीले यसअघि नेपालमा पाँचतारे होटल सोल्टीमा साढे दुई दशक लामो समयसम्म व्यवस्थापन गरेको थियो। २०७७ सालमा मात्र उक्त होटलबाट बाहिरिएको थियो। त्यस लगत्तै आईएचजीले सीजी होल्डीङसँग पनि व्यवस्थापन सम्झौता गरेको थियो। 

images
images

काठमाडौं- काठमाडौंको पाँचतारे होटल सांग्रिला नयाँ व्यवस्थापनका साथ सञ्चालनमा आउने भएको छ। मर्मतका लागि भन्दै पछिल्लो समय सांग्रिला बन्द रहेको छ। 

images
images
images

सांग्रिलता होटल समूहले नयाँ व्यवस्थापनका साथ होटल सञ्चालनमा ल्याउने भएको छ। बेलायति बहुराष्ट्रिय होटल व्यवस्थापन ब्रान्ड इन्टर कन्टिनेन्टल होटेल्स ग्रुप (आईएचजी) को व्यवस्थापनका साथमा सञ्चालनमा आउने भएको हो। 

सांग्रिला समूहका अन्य तीन होटल पनि आईएचजीले नै व्यवस्थापन गर्ने भएको छ। यसका लागि आईएचजी र सांग्रिलाबीचमा सम्झौता भएको छ। 

images

सम्झौता अनुसार काठमाडौंको सांग्रिला अब  इन्टरकन्टिनेन्टल काठमाडौंका नामबाट सञ्चालन हुनेछ। त्यस्तै पोखरामा इन्डिगो, बेगनासमा इन्टरकन्टिनेन्टल रिसोर्ट र  चितवनमा इन्टरनकन्टिनेन्टल रिसोर्टका नाममा सञ्चालन हुनेछ। 

images

यी चारवटै होटलको व्यवस्थापन आईएचजीले गर्ने छ। यी सबै होटलमा गरि पाँच सय कोठा हुनेछन्। 

आईएचजीले यसअघि नेपालमा पाँचतारे होटल सोल्टीमा साढे दुई दशक लामो समयसम्म व्यवस्थापन गरेको थियो। २०७७ सालमा मात्र उक्त होटलबाट बाहिरिएको थियो। त्यस लगत्तै आईएचजीले सीजी होल्डीङसँग पनि व्यवस्थापन सम्झौता गरेको थियो। 

सांग्रिलासँगको व्यवस्थापन सम्झौताबाट आईएचजीले नेपालको होटल व्यवस्थापनमा आफ्नो क्षेत्र अझै विस्तार गर्को छ। 

आईएचजी बेलायति बहुराष्ट्रिय होटल ब्रान्ड हो। यसले विभिन्न ब्रान्डमा होटल सञ्चालन तथा व्यवस्थापन गर्दै आएको छ। यसका १७ वटा ब्रान्ड रहेका छन्। विश्वका सयभन्दा बढी देशमा ६ हजार बढी होटलको व्यवस्थापन गर्दै आएको यो समूहसँग १८०० परियोजना पाइपलाइनमा रहेका छन्। 

इन्डिगो र इन्टरकन्टिनेन्टल यो समूहका लक्जरी ब्रान्ड हुन्। त्यस्तै क्राउनप्लाजा प्रिमियम ब्रान्ड हो। यसअघि नेपालमा सोल्टी क्राउन प्लाजा ब्रान्डमा सञ्चालित रहेको थियो। 

 


प्रकाशित : बुधबार, चैत २९ २०७९०३:२९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend