बुधबार, असार ३१ गते २०८३    
बुधबार, असार ३१ २०८३

१ खर्ब नाघ्यो पुँजीगत खर्च, संशोधित अनुमानको ४९ प्रतिशत पुग्यो 

बुधबार, चैत २९ २०७९
१ खर्ब नाघ्यो पुँजीगत खर्च, संशोधित अनुमानको ४९ प्रतिशत पुग्यो 

चालु तर्फ भने सरकारले विनियोजनको ५८ प्रतिशत खर्च गरिसकेको छ। सरकारले चैत २८ गतेसम्म सरकारले ६ खर्ब ९७ अर्ब २२ करोड रुपैयाँ खर्च गरेको छ। 

काठमाडौं- सरकारले साउनदेखि चैत २८ गतेसम्म १ खर्ब बढी पुँजीगत खर्च गरेको छ। खुम्चिँदो राजस्वको दबाबकै बीचमा सरकारले साउन १ देखि चैत २८ सम्म १ खर्ब ३ अर्ब २१ करोड रुपैयाँ खर्च गरेको छ। यो विनियोजनको २७.१३ प्रतिशत हो। 

असार मसान्तसम्मका लागि भनेर पुँजीगत खर्चका लागि सरकारले ३ खर्ब ८० अर्ब ३८ करोड ४५ लाख रुपैयाँ विनियोजन गरेको छ।  यद्यपि यो अनुमान सरकारले संशोधन गरिसकेको छ। पुषमा आएर सरकारले २ खर्ब १४ अर्बमात्र खर्च हुने अनुमान गरेको छ। 

अहिलेसम्म सरकारले गरेको खर्च संशोधित अनुमानको करिब ५० प्रतिशत हो। स्रोत तथा खर्च प्रवृत्तिको विश्लेषण गर्दै सरकारले चालु वर्षमा हुने खर्चको अनुमान संशोधन गरेको थियो। 

त्यस्तै यो बीचमा सरकारले वित्तीय व्यवस्था तर्फ ८९ अर्ब २ करोड १६ लाख रुपैयाँ खर्च गरेको छ। विभिन्न संस्थामा ऋण लगानी, ऋणको सावा तथा ब्याज भुक्तानीका लागि विनियोजन हुने यो शीर्षकमा विनियोजनको ३८ प्रतिशत खर्च भएको छ। 

चालु तर्फ भने सरकारले विनियोजनको ५८ प्रतिशत खर्च गरिसकेको छ। सरकारले चैत २८ गतेसम्म सरकारले ६ खर्ब ९७ अर्ब २२ करोड रुपैयाँ खर्च गरेको छ। 

सरकारले कूल खर्च ८ खर्ब ८९ अर्ब ४६ करोड रुपैयाँ बजेट खर्च गरेको छ। यो सुरुवाति विनियोजनको ४९ प्रतिशत हो। अर्थात् सरकारले ९ महिना वितसक्दा पनि जम्मा आधामात्र खर्च गरेको छ। 

आम्दानी तर्फ भने सरकारले जम्मा ६ खर्ब ५६ अर्ब ७२ करोड रुपैयाँ गरेको छ। आम्दानी र खर्चको अन्तरपूर्ति गर्नका लागि सरकारले यो बीचमा सरकारले आन्तरिक तथा बाह्य ऋण परिचालन गरेको छ।  


प्रकाशित : बुधबार, चैत २९ २०७९०३:०५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend