शनिबार, वैशाख ६ गते २०८२    
शनिबार, वैशाख ६ २०८२
images
images

हुन्डाई मोटर समूहले कोरियामै ईभी उद्योगमा १८ अर्ब डलर लगानी गर्ने

images
बुधबार, चैत २९ २०७९
images
हुन्डाई मोटर समूहले कोरियामै ईभी उद्योगमा १८ अर्ब डलर लगानी गर्ने

कियाको ब्रान्ड नेममा समूहले पहिलो पटक कोरियामा प्लान्ट स्थापना गर्न लागेको हो।

images
images

काठमाडौं- कोरियाली सवारी उत्पादक हुन्डाई मोटर समूहले विद्युतीय सवारी उद्योगमा १८ अर्ब अमेरिकी डलर लगानी गर्ने घोषणा गरेको छ। समूहले मंगलबार कोरियामै उक्त लगानी गर्ने बताएको हो। 

images
images
images

हुन्डाई समूहले २०३० सम्ममा कोरियामै विद्युतीय सवारी तथा ब्याट्री उत्पादनका लागि १८ अर्ब डलर लगानी गर्ने जनाएको छ। विश्वव्यापी रुपमा विद्युतीय सवारीको दीर्घकालिन मागलाई सम्बोधन गर्न उक्त लगानी गर्न लागेको कम्पनीले जनाएको छ। 

images
images

हुन्डाई मोटर समूहअन्तर्गत हुन्डाई मोटर कम्पनी, किया कर्प र हुन्डाई मोमिस कम्पनी लिमिटेड रहेका छन्। कियाको पहिलो विद्युतीय सवारी प्लान्टको उद्घाटनका क्रममा समूहका अध्यक्ष योनसुक योलले सो लगानी तीनवटै कम्पनीका लागि हुने बताएका छन्। 

images
images

कियाको ब्रान्ड नेममा समूहले पहिलो पटक कोरियामा प्लान्ट स्थापना गर्न लागेको हो। किया ब्रान्डमा कार उत्पादन हुन थालेको ३ दशकपछि आफ्नै डेडिकेटेड प्लान्ट बनेको र सो प्लान्टबाट २०२५ भित्र सवारी उत्पादन सुरु हुनेछ। 

यो समूहसँग हुन्डाई र कियाका अलावा विलासी कार ब्रान्ड जिनेसिस पनि छ। हुन्डाई मोटर समूहले सबै ब्रान्डबाट विद्युतीय कार उत्पादन उल्लेख्य संख्यामा बढाउने बताएको छ। समूहले २०३० सम्म कोरियाबाट वार्षिक १५ लाख १० हजार वटा र विश्वव्यापी रुपमा ३६ लाख ४० हजार विद्युतीय कार उत्पादन गर्ने घोषणा गरिसकेको छ। 

कियाले आफ्नो पहिलो प्लान्ट पूर्णरुपमा सञ्चालनमा आइसक्दा वार्षिक १ लाख ५० हजार कार उत्पादन हुने बताएको छ। यसका लागि उसले करिब १ अर्ब डलर लगानी गर्नेछ। कियाका कारको मागका आधारमा उत्पादन क्षमता बनाउने सकिने कम्पनीले उल्लेख गरेको छ। 

हुन्डाई मोटर समूह भविष्यको सवारीका रुपमा रहेको शून्य प्रदूषण सवारी विद्युतीय सवारीको उत्पादनमा यो वर्षको अन्त्यसम्ममा राम्रो पोजिसनमा पुग्ने समूहका अध्यक्षको भनाइ छ। कोरिया सरकारले पनि विद्युतीय सवारीका अन्तरिक उत्पादक कम्पनीहरुलाई दिँदै आएको कर सहुलियत बढाउने बताएको छ। सरकारको उक्त सहुलियतले विद्युतीय सवारी उत्पादकले २०३० सम्ममा आफ्नो उत्पादन ५ गुणासम्म बढाउन सक्नेछन्। 

त्यस्तै यो अटो समूहले गएको वर्ष अमेरिकामा १० अर्ब डलरभन्दा बढी लगानी गर्ने घोषणा गरेको थियो। उक्त लगानी २०२५ सम्ममा गरिसक्ने र अमेरिकामा उत्पादन हुने सवारी र त्यसको प्रविधिको विस्तारमा खर्च हुने बताएको थियो। 

सोही १० अर्ब डलरमध्ये हुन्डाईले अमेरिकाको जर्जियामा ५.५ अर्ब डलरमा विद्युतीय कार तथा ब्याट्री उत्पादन प्लान्ट स्थापना गर्नेछ। 


प्रकाशित : बुधबार, चैत २९ २०७९०२:४७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend