शनिबार, वैशाख ६ गते २०८२    
शनिबार, वैशाख ६ २०८२
images
images

जिपसहित ६ ब्रान्डका सवारीको सहज फाइनान्सिङका लागि एमएडब्लू ग्रुप र एभरेस्ट बैंकबीच समझदारी

images
मंगलबार, चैत २८ २०७९
images
जिपसहित ६ ब्रान्डका सवारीको सहज फाइनान्सिङका लागि एमएडब्लू ग्रुप र एभरेस्ट बैंकबीच समझदारी

एमएडब्लू समूहले हालै आइसरका सवारी बिक्रेताको करिब आधा स्वासमत्व खरिद गरेको थियो। 

images
images

काठमाडौं- नेपालको सबैभन्दा ठूलो अटोमोबाइल तथा इन्जिनियरिङ कम्पनीमध्ये एक एमएडब्लू ग्रुप अफ कम्पनिज्ले नेपालमा वितरण गर्दै आएको विभिन्न ब्रान्डका सवारीसाधन र हेभि इक्विपमेन्टको सहज फाइनान्सिङका लागि एभरेस्ट बैंक लिमिटेडसँग समझदारी गरेको छ। 

images
images
images

एमएडब्लू ग्रुपले नेपालमा यामाहाका मोटरसाइकल तथा स्कुटर, जेसीबीका मेसिनरी उपकरण, जिप, स्कोडा, फोटन र चांगनका प्यासेन्जर सवारी र आइसर ब्रान्डका कमर्सियल सवारी बिक्री गर्दै आएको छ। एमएडब्लू समूहले हालै आइसरका सवारी बिक्रेताको करिब आधा स्वासमत्व खरिद गरेको थियो। 

images
images

अब एभरेस्ट बैंकले एमएडब्लू ग्रुपले आयात गर्ने विद्युतीयसहित सवारीसाधनको फाइनान्सिङ ‘फ्लकच्युएसन बेसिस’मा राष्ट्र बैंकले जारी गरेको ‘बेस रेट’मा न्युनतम ३.५ प्रतिशत ब्याजदर तथा डिजेल तथा पेट्रोलबाट चल्ने सवारीसाधनको फाइनान्सिङ ‘बेस रेट’मा ४ प्रतिशत ब्याजदरमा गर्नेछ। यी सबैको ऋण अवधि ७ वर्ष रहनेछ।

images
images

मंगलबार आयोजित हस्ताक्षर समारोहमा एमएडब्लूको तर्फबाट भाइस प्रेसिडेन्ट तेज सुवेदी र एभरेस्ट बैंकको तर्फबाट शाखा प्रमुख डिना श्रेष्ठले हस्ताक्षर गगरेका छन्। अब उप्रान्त एमएडब्लूले आयात गर्ने सवारीसाधन तथा हेभि इक्विपमेन्ट खरिद गर्न चाहने ग्राहकले ‘डकुमेन्टेसन’ सकिएको एक सातामा ‘डेलिभरी’ लिन सक्नेछन्।

जिप, स्कोडा र चांगन ब्रान्डका ‘पेसेन्जर भेहिकल’ बेसरेटमा राष्ट्र बैंकले तोकेको ‘बेस रेट’मा थप ४ प्रतिशत (विद्युतीय सवारीसाधनमा ३.५ प्रतिशत) ब्याजदरमा ८० प्रतिशतसम्म फाइनान्स हुनेछ। त्यसैगरी, आइसर, फोटन र चांगन ब्रान्डका कमर्सियल भेहिकललाई पनि एभरेस्ट बैंकले सोही ब्याजदरमा ६० प्रतिशतसम्म फाइनान्स गर्नेछ।

साथै, जेसीबी ब्रान्डका हेभि तथा निर्माण उपकरणलाई पनि एभरेस्ट बैंकले ‘बेस रेट’मा ४ प्रतिशत ब्याज दरमा ७५ प्रतिशतसम्म फाइनान्स गर्ने सहमति पत्रमा उल्लेख छ। 

अब एमएडब्लूले नेपालमा बिक्रीवितरण गर्दै आएको सवारीसाधन तथा हेभि उपकरणहरु एभरेस्ट बैंकको नेपालभर फैलिएका एक सय २४ वटा शाखाबाट सहज ढंगमा फाइनान्सिङ हुनेछ।


प्रकाशित : मंगलबार, चैत २८ २०७९११:३४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend