बिहीबार , असार ५ गते २०८२    
बिहीबार , असार ५ २०८२
images
images

सीजी डेभलपर्सको प्रष्टीकरण : समिट होटलमा ३० प्रतिशत हिस्सेदारीमात्र हो, निर्माण तथा व्यवस्थापनमा हाम्रो संलग्नता छैन 

images
बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, चैत २८ २०७९
images
images
सीजी डेभलपर्सको प्रष्टीकरण : समिट होटलमा ३० प्रतिशत हिस्सेदारीमात्र हो, निर्माण तथा व्यवस्थापनमा हाम्रो संलग्नता छैन 

चौधरी समूहको समेत लगानी रहेको यो होटल परियोजना निर्माणका क्रममा जमिन भासिएर स्थानीय विस्थापित हुने अवस्था आएको छ। निर्माण सुरु गर्नुभन्दा पहिला वातावरणीय अध्ययन नै नगराइएको पाइएको छ। ललितपुर महानगरले उक्त परियोजनाले ईआईए स्वीकृत नगराएको जानकारी दिएको छ। 

images
images

काठमाडौं- समिट होटलको निर्माणको क्रममा जमिन भासिएपछि चौधरी समूहले उक्त परियोजनामा आफ्नो व्यवस्थापन नरहेको स्पष्टीकरण दिएको छ।

images
images
images

चौधरी समूहको निर्माण कम्पनी सीजी डेभलपर्सले प्रेस विज्ञप्ति जारी गर्दै उक्त होटलमा चौधरी समूहको ३० प्रतिशत हिस्सेदारीमात्र रहेको तर व्यवस्थापनमा कुनै पनि जिम्मेवारी नरहेको उल्लेख गरेको छ। 

images
images

‘समिट होटल प्रालिमा उक्त होटल सञ्चालनमा रहेको समयदेखि अहिले समिट रेसिडेन्सीको परियोजनासम्ममा सीजी डेभलपर्स जम्मा ३० प्रतिशतको साझेदार हो। परियोजनाको व्यवस्थापन एवं संचालनको जिम्मेवारी संचित श्रेष्ठले लिनु भएको छ। त्यसैले यस परियोजनाको निर्माणक्रममा सीजी डेपलपर्स व्यवस्थापन र संचालनमा संलग्न नरहेको हामी जानकारी गराउँदछौँ’, विज्ञप्तिमा उल्लेख गरिएको छ।

images
images
images

चौधरी समूहको समेत लगानी रहेको यो होटल परियोजना निर्माणका क्रममा जमिन भासिएर स्थानीय विस्थापित हुने अवस्था आएको छ। निर्माण सुरु गर्नुभन्दा पहिला वातावरणीय अध्ययन नै नगराइएको पाइएको छ। ललितपुर महानगरले उक्त परियोजनाले ईआईए स्वीकृत नगराएको जानकारी दिएको छ। 

होटलको ७० प्रतिशत हिस्साको साझेदारहरूमा रविभक्त श्रेष्ठ,  अमृतरत्न शाक्य, सुवर्णकृष्ण श्रेष्ठ, संचित श्रेष्ठको लगानी रहेको छ। समिट होटल प्रा. ली. ले अगाडि बढाउन लागेको समिट रेसिडेन्सी परियोजनाको व्यवस्थापन एवं सञ्चालनको जिम्मेवारी उनीहरूले नै लिएको सीजीले जानकारी दिएको छ। 

‘सीजी डेभलपर्सले विकास गरेका परियोजनाहरू प्रतिष्ठित छन् र ती परियोजनाले नेपालको रियल स्टेट सेक्टरमा छुट्टै पहिचान स्थापित गरेका छन्। न्सीजी डेभलपर्सले काठमाडौं रेसिडेन्सी, सीजी हिल्स, माउण्ट भ्यू रेसिडेन्सी (फेज १, २ र ३) विकास गरेको हो। र, अहिले ललितपुरको भैंसेपाटीमा सीजी हिल्स प्रिमियम विकास गरिरहेको छ’ सीजीले विज्ञप्तिमा उल्लेख गरेको छ।


प्रकाशित : मंगलबार, चैत २८ २०७९१०:५१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend