काठमाडौं- नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले पछिल्लो ८ महिनाको तथ्यांकले अर्थतन्त्र सहज अवस्था जाँदै गरेको देखाएको बताएका छन्। गत वर्षको तुलनामा सबै तथ्यांक उत्साहप्रद रहेको उनले बताए।
गत वर्ष संकट नै जस्तो देखिए पनि अहिले सुधारोन्मुख र सहज देखिएको उनको भनाइ छ।
बैंकिङ प्रणालीको तरलता सहज बन्दै गएकाले माघदेखि ब्याजदर घट्नेतर्फ देखिएको समेत गभर्नर अधिकारीले बताए। ब्याजदर घट्दो क्रममा रहेकोले अझै ब्याजदर घट्दै जाने समेत गभर्नर अधिकारीले बताए।
बैंक तथा वित्तीय संस्थाहरुको पुँजीको पुस मसान्तसम्म पुँजीकोष १३ प्रतिशतमाथि रहेको छ। निष्कृय कर्जा न्यूनीकरणमा लागेकाले केही बढेको बताउँदै अब सहज हुने उनले बताए।