शुक्रबार, कात्तिक २ गते २०८१    
images
images

अल्पकालीन लगानीकर्ताले नाफा बुक गर्दा सेयर बजारमा तीव्र उतारचढाव

images
बुधबार, कात्तिक १० २०७८
images
images
अल्पकालीन लगानीकर्ताले नाफा बुक गर्दा सेयर बजारमा तीव्र उतारचढाव

सबैभन्दा धेरै ब्रोकरहरूले नै सप्लाइ बढाएका छन्। तीव्र गतिमा बजार सुधार हुन थालेपछि एक साताअगाडि सेयर उठाउन थालेका ब्रोकरहरूले नै बिक्री गरेका छन्।

images
images

काठमाडौं- अल्पकालीन लगानीकर्ताले नाफा बुक गर्दा बुधबार सेयर बजारमा तीव्र उतारचढाव देखिएको छ।

images
images
images

बुधबार बजारमा सबैभन्दा धेरै ब्रोकरहरूले नै सप्लाइ बढाएका छन्। तीव्र गतिमा बजार सुधार हुन थालेपछि एक साताअगाडि सेयर उठाउन थालेका ब्रोकरहरूले नै बिक्री गरेका छन्।

उनीहरूले नाफा बुक गर्दा तीव्र उतारचढावका बीचमा बुधबार १८.०६ अंकले सुधार भएर बन्द भएको छ।

images

बुधबार नेप्से परिसूचक २७ सय ६९ मा रोकिएको छ। बुधबार ६ अर्ब ६१ करोड रुपैयाँको कारोबार हुँदा १ करोड १५ लाख ९२ कित्ता सेयर किनबेच भएको छ। यसअघि हिजो मंगलबार ७८.८२ अंक र सोमबार ८७.६३ अंकले बढेको थियो।

images

बजारमा लगानीकर्ताको सक्रियता भने बढेको छ। सूचकमा तीव्र उतारचढवा देखिए पनि कारोबार रकम भने पौने ७ अर्ब रूपैयाँ बराबरको भएको छ। कारोबार रकमले बजार अझै केही समय सुधार हुने अपेक्षा गरिएको छ। चुनावको हल्लाले अहिलेको बजारलाई टेवा दिएको छ।

 


प्रकाशित : बुधबार, कात्तिक १० २०७८०९:२०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend