बिहीबार , असार ५ गते २०८२    
बिहीबार , असार ५ २०८२
images
images

अर्थतन्त्रमा देखिएका समस्यालाई गम्भीर रुपले लिएका छौँ : अर्थमन्त्री महत

images
मंगलबार, चैत २८ २०७९
images
images
अर्थतन्त्रमा देखिएका समस्यालाई गम्भीर रुपले लिएका छौँ : अर्थमन्त्री महत

साथै पछिल्लो समय बैंक तथा वित्तीय संस्थाविरुद्धको आन्दोलनलाई संकेत गर्दै उनले ऋण लिएर साँवा ब्याज तिर्दिन भन्न नपाइने बताए। 

images
images

काठमाडौं- अर्थमन्त्री प्रकाशशरण महतले अर्थतन्त्र दबाबमा रहेकोले देखिएका समस्यालाई आफूहरूले गम्भीरताका साथ लिएको बताएका छन्। 

images
images
images

नेपाल उद्योग वाणिज्य महासंघको ५७औँ साधारणसभा तथा नेतृत्व चयनको महाधिवेशनमा बोल्दै उनले अहिले विदेशी मुद्रा सञ्चिति राम्रो हुँदै गएको र अन्य विषय सुधार भइरहेकाले निराश हुने अवस्था नरहेको बताए। 

images
images

'उद्योग व्यवसायीका समस्या समाधानका लागि सरकार तयार रहेको छ। पुँजीगत खर्च बढाउन प्रभावकारी काम हुनेछ। अनावश्यक खर्च कम गर्न सरकार कठोर भएर लागेको छ' उनले भने, 'समयमै खर्च गर्ने प्रणाली बनाएर अर्थतन्त्र चलायमान बनाउन कोसिस गरिरहेका छाैँ।'

images
images
images

वैदेशिक लगानी भित्र्याउन सरकारले काम गरिरहेको बताउँदै उनले भने, 'एनआरएनको लगानी ल्याउन पनि सहजता हुने गरि काम हुन्छ।'

'सरकारको प्रभावकारिता र पारदर्शिता हुन आवश्यक छ। लगानीमैत्री वातावरणका लागि दीर्घकालीन तथा अल्पकालीन योजनाअनुसार काम हुन्छ', उनले भने, 'व्यापारमा मन्दी छ। ब्याजदर बढेको छ। यसलाई सहज बनाउने समय आएको छ। कर्जा पुनर्तालिकीकरणको विषयमा हामीले छलफल गरिरहेका छाैँ।'

राेकिएकाे जग्गा कित्ताकाट खुला गर्ने विषयमा छलफल भइरहेकोसमेत उनले बताए। साथै पछिल्लो समय बैंक तथा वित्तीय संस्थाविरुद्धको आन्दोलनलाई संकेत गर्दै उनले ऋण लिएर साँवा ब्याज तिर्दिन भन्न नपाइने बताए। 


प्रकाशित : मंगलबार, चैत २८ २०७९०६:३७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend