बिहीबार , कात्तिक ८ गते २०८१    
images
images

कृषिलाई उद्यम नबनाइ नेपालमा औद्योगीकरण सम्भव छैन : शेखर गोल्छा

images
मंगलबार, चैत २८ २०७९
images
images
कृषिलाई उद्यम नबनाइ नेपालमा औद्योगीकरण सम्भव छैन : शेखर गोल्छा

कृषि इकोसिस्टमकै पुर्नसंरचना नगरी कृषि क्षेत्रको विकास नहुने एफएनसीसीआईका अध्यक्ष शेखर गोल्छाले बताए।

images
images

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) का अध्यक्ष शेखर गोल्छाले कृषिलाई उद्यम नबनाइ नेपालमा औद्योगीकरण सम्भव नभएको बताएका छन्। 

images
images
images

मंगलबारदेखि काठमाडौंमा सुरु भएको एफएनसीसीआईको महाधिवेशनलाई सम्बोधन गर्दै उनले अध्यक्ष गोल्छाले कृषि इकोसिस्टमकै पुर्नसंरचना नगरी विकास नहुने बताए। 

‘कृषिलाई उद्यम नबनाइ हामीकहाँ औद्योगिकरण सम्भव छैन। तर कृषि इकोसिस्टमकै पुर्नसंरचना नगरी हुँदैन । वर्षको करिब ४० अर्ब कृषि बजेट हुन्छ। तर हरेक वर्ष मल र बीउको हाहाकार हुन्छ। ७० प्रतिशत सिंचाइ आयोजना मौसमी छन् अर्थात् वर्षामा मात्रै पानी हुने आयोजना। कुल बजेटको करिब आधा रकम अनुदानमा जाने गरेको छ’, उनले भने, ‘तर कृषि क्षेत्रको उत्पादकत्व दक्षिण एसियमै न्यूनमध्ये छ। कुल आयातमा कृषिजन्य उत्पादनको हिस्सा २० प्रतिशत छ। माटो परिक्षण, बीउ, मल, सिंचाइ, अनुदान बजार सबैमा समस्या छ भने टालटुले नीतिले हुँदैन।’

images

यस्तै उनले सरकारले स्वदेशमा अवसर सिर्जना गरिदिनुपर्ने बताए। ‘हाम्रो सहकार्य सरकार र सर्वसाधारणको समुन्नतिका लागि होस्। तपाई हामीलाई अवसर दिनुस्, हामी यो मुलुकमा समुन्नति दिन्छौँ यो सम्भव छ’, उनले भने। 

images

अध्यक्ष गोल्छाले निजी बैंकले पनि निजी क्षेत्र तथा व्यवसायीको समस्या बुझ्नुपर्ने पनि धारणा राखे। 'तरलता व्यवस्थापन एवं व्याजदर स्थायित्वका लागि सरकार र राष्ट्र बैंकले उपलब्ध सबै उपकरणको प्रयोग गर्नुपर्छ। बैंकहरूले पनि अब के बुक्नुपर्छ भने उद्यम व्यवसाय चल्न सकेन भने बैंकहरू पनि समस्यामा पर्छन्', उनले भने, 'निजी क्षेत्रले काम गर्न सकेन भने सरकार पनि अप्ठरोमा पर्ने रहेछ हन्ने अब त सबैले बुझेको हुनुपर्छ। आम्दानी भन्दा डेढ खर्ब बढी खर्च भएको छ। कर्मचारीलाई तलब दिन पनि नसकिने हो कि भन्ने चिन्ता जाहेर हुन थालेको छ।'

उनका अनुसार कुल गार्हस्थ्य उत्पादनमा निजी क्षेत्रको योगदान ८१ प्रतिशत छ। निजी क्षेत्रले ८५ प्रतिशत श्रम शक्तिलाई रोजगारी दिएको छ। उद्यमी व्यवसायी र सर्वसाधारणको उपक्रमबाट ८५ प्रतिशत राजश्व उठ्छ। 'निजी क्षेत्रले काम गर्न सकेन भने सरकारी खर्च पनि चल्दैन। त्यसैले सर्वसाधारणको काम छिटो छरितो गर्नुपर्छ । निजी क्षेत्रलाई लगानीको वातावरण बनाउनुपर्छ । उद्यमी व्यवसायीलाई सम्मान गर्नुपर्छ', अध्यक्ष गोल्छाले भने। 

उनले राजश्व प्रणाली र प्रशासनमा व्यापक सुधार आवश्यक रहेको बताए। 'जो नियमित करदाता छन् उनीहरूलाई नै थप भार पार्ने नीति लामो समय टिक्दैन । परिवर्तित विश्व अर्थतन्त्रमा राजश्व कर बलले हैन, प्रोत्साहित गरेर उठाउनुपर्छु,' उनले भने। 


प्रकाशित : मंगलबार, चैत २८ २०७९०६:०५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend