आइतबार, वैशाख २८ गते २०८२    
आइतबार, वैशाख २८ २०८२
images
images

अघिल्लो आवको भुक्तानी नपाएपछि रोल्पाका कृषक आन्दोलित

images
बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, चैत २८ २०७९
images
अघिल्लो आवको भुक्तानी नपाएपछि रोल्पाका कृषक आन्दोलित

रोल्पाका किसानले चालु आव सकिन लाग्दासमेत अघिल्लो वर्षको रकम भुक्तानी पाएका छैनन्।

images
images

रोल्पा- रोल्पाका कृषक आन्दोलित भएका छन्। कृषि ज्ञान केन्द्र रोल्पाले अघिल्लो आर्थिक वर्षको रकम भुक्तानी नदिएको भन्दै कृषक आन्दोलित भएका हुन्। 

images
images
images

आर्थिक वर्ष २०७८/७९ मा सम्झौता भई काम सम्पन्न भए पनि रकम अझैसम्म भुक्तानी नपाएको किसानको गुनासो छ। कृषि ज्ञान केन्द्रबाट अघिल्लो आवमा तीन करोड २५ लाख ५९ हजार कृषकलाई भुक्तानी दिन बाँकी थियो। लुम्बिनी प्रदेश सरकारले भुक्तानी दिए पनि संघीय सरकारले एक करोड ५७ लाख नौ हजार दिन बाँकी रहेको कृषक बताउँछन्। 

images
images

'चालु आव सकिन लाग्दासमेत अघिल्लो वर्षको रकम भुक्तानी पाएका छैनौँ', आन्दोलनरत कृषक त्रिपनी वैजाली मगरले बताए।

images
images

कृषकले प्रधानमन्त्री कृषि आधुनिक परियोजनाअन्तर्गत १२ ब्लकको र छ प्रांगारिक प्रवर्द्धन कार्यक्रमको रकम पाउन बाँकी छ। कृषकको रकम भुक्तानीका लागि आफूहरू सबै निकायमा पुगेको तर भुक्तानी प्रक्रियामा उदासिनता देखाउँदा आन्दोलन गर्न बाध्य भएको उनको भनाइ छ। 

'संघीय सरकारको कृषि मन्त्रालय, अर्थ मन्त्रालय, प्रधानमन्त्री आधुनिक कृषि परियोजनालगायतका विभिन्न निकायमा ध्यानाकर्षण तथा ज्ञापनपत्र बुझाए पनि सुनुवाइ भएन', उनले भने। आफूहरूको मागप्रति राजनीतिक दल पनि उदासिन रहेको कृषकको गुनासो छ । कृषि ज्ञान केन्द्रमा लामो समयदेखि कार्यालय प्रमुख छैनन्।

तत्कालीन कार्यालय प्रमुख राहुल पाण्डे सरुवा भएपछि आएका अरविन्दमणि त्रिपाठीसमेत कार्यालयमा अनुपस्थित भएपछि कार्यालय प्रमुखविहीन बनेको हो। रासस 


प्रकाशित : मंगलबार, चैत २८ २०७९०५:१३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend