बिहीबार , कात्तिक ८ गते २०८१    
images
images

उद्योग वाणिज्य महासंघ नेतृत्व चयनको महाधिवेसन आजबाट काठमाडौंमा सुरू हुँदै, प्रधानमन्त्री दाहालले उद्घाटन गर्ने

images
सोमबार, चैत २७ २०७९
images
images
उद्योग वाणिज्य  महासंघ नेतृत्व चयनको महाधिवेसन आजबाट काठमाडौंमा सुरू हुँदै, प्रधानमन्त्री दाहालले उद्घाटन गर्ने
images
images

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघको ५७ औं साधारण सभा तथा नेतृत्व चयनको महाधिवेसन आजबाट काठमाडौंमा सुरु हुँदैछ।

images
images
images

देशभरका उद्योगी  व्यवसायीको प्रतिनिधिमूलक संस्था महासंघको साधारण सभाको उद्घाटन आज हुनेछ। ३ दिनसम्म चल्ने नेतृत्व चयनको महाधिवेसनको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गर्ने भएका छन्। उद्घाटनको कार्यक्रम काठमाडौंको पाँच तारे होटल याक एण्ड यतिमा हुनेछ। 

महाधिवेसनको सम्पूर्ण तयारी पुरा भइसकेको महासंघको महासंघका महानिर्देशक गोकर्ण अवस्थीले बताए।

images

उनका अनुसार उद्घाटन कार्यक्रम आज १० बजेबाट सुरु हुनेछ। देश आर्थिक मन्दीमा रहेको बेला हुने महासंघको नेतृत्व चयनको महाधिवेसनलाई विशेष चासोका साथ हेरिएको छ। महासंघको नेतृत्व चयनका लागि २१ सय भन्दा बढी व्यवसायीले मतदान गर्ने छन्।

images

नेपालभर संगठन सञ्जाल भएको नेपाल उद्योग वाणिज्य महासंघको चुनावले एकैपटक देशभरका व्यवसायीलाई तरंगित बनाउँछ। प्रभावशाली प्रतिनिधमूलक संस्थाको नेतृत्वमा पुग्न चाहने हरेक व्यवसायी चुनावमा प्रतिस्पर्धी हुन्छन्। यसअघिका चुनावमा जस्तै यसपटक पनि प्यानल नै बनाएर चुनावमा होमिने भएका छन्। 
 
वर्तमान वरिष्ठ उपाध्यक्ष ढकाल स्वत: अध्यक्ष हुने

यो साधारणसभा तथा महाधिवेसनबाट वर्तमान वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल स्वत: महासंघको अध्यक्ष हुनेछन्। महासंघको विधानमा वरिष्ठ उपाध्यक्ष नै स्वत अध्यक्ष हुने व्यवस्था अनुसार ढकाल अध्यक्ष हुने छन्। ढकाल ५४ औं साधरण सभा तथा नेतृत्व चयनको महाधिवेसनमा वरिष्ठ उपाध्यक्षमा विजयी भएका थिए। उनले ५४ औं साधरण सभामामा व्यवसायी किशोर प्रधानलाई हराएर वरिष्ठ उपाध्यक्ष भएका थिए।

एक वरिष्ठ उपाध्यक्षका लागि ३ जना मैदानमा

यो महाधिवेसनले एक जना वरिष्ठ उपाध्यक्ष चयन गर्ने छ। ५७ औं साधरण सभा तथा नेतृत्व चयनको महाधिवेसनबाट वरिष्ठमा विजयी हुने नै ६० औं साधरणसभा तथा नेतृत्व चयनको महाधिवेसनबाट स्वत: अध्यक्ष हुनेछन्। वर्तमान वरिष्ठ उपाध्यक्ष स्वत: अध्यक्ष हुने भएकाले वरिष्ठ उपाध्यक्षका आकांक्षीहरूले प्यानल बनाएर चुनावमा होमिँदैछन्।

यो पालि तीनवटा प्यानल बनेका छन्। वरिष्ठ उपाध्यक्षका लागि वर्तमान वस्तुगत उपाध्यक्ष अञ्जन श्रेष्ठ, ५४ औँ साधरण सभामा वस्तुगत उपाध्यक्षमा नै निर्वाचन हारेका उमेशलाल श्रेष्ठ र वर्तमान एशोसिएट उपाध्यक्ष रामचन्द्र संघईले वरिष्ठमा उम्मेद्‍वारी दर्ता गराइसकेका छन्।

यी तीनजनाले पदाधिकारीसहित कार्यकारीसमिति सदस्यसम्म प्यानल बनाएका छन्। उमेशलाल र अञ्जनले भने एशोसिएट उपाध्यक्षमा एउटैलाई उम्मेद्‍वारी बनाएका छन्। यसपटकको निर्वाचनमा तीनवटा प्यानल बन्नुका पछाडि महासंघमा फरक समूहको अधिक चासो देखिएको छ। त्यही कारणले गर्दा प्रतिस्पर्धा अझ पेचिलो भएको छ। व्यावसायिक समूहको नाममा स्वार्थ समूह हाबी भएको छ।

एसोसिएट उपाध्यक्षका लागि २ जनाको प्रतिस्पर्धा

एक जना एसोसिएट उपाध्यक्षका लागि २ जनाको प्रतिस्पर्धा हुने  भएको छ। जसमा व्यवसायी भरत आचार्य र ज्योत्सना श्रेष्ठ चुनावी मैदान छन्। आचार्य वरिष्ठ उपाध्यक्षका उमेदवार अञ्जन श्रेष्ठ र उमेशलाल श्रेष्ठको साझा उमेदवार हुन भने ज्योत्सना रामचन्द्र संघईको टीमबाट चुनावी मैदानमा उत्रिएकी छिन। एसोसिएट तर १ हजार ७ सय ६२ जना मतदाता रहेका छन्। 

बस्तुगतमा ३ वरिष्ठका आ-आफ्ना उमेदवार

यो महाधिवेसनबाट एक जना बस्तुगत उपाध्यक्ष चयन गर्ने छ। बस्तुगत उपाध्यक्षमा ३ जनाको उमेदवारी रहेको छ। जसमा वरिष्ठ उपाध्यक्षका उमेदवार अञ्जन श्रेष्ठको टीमबाट मनिषलाल प्रधान, उमेशलाल श्रेष्ठको टीमबाट हेमराज ढकाल र रामचन्द्र संघईको टीमबाट शकुन्तला हिराचन रहेका छन्। बस्तुगत तर्फ १२३ मतदाता रहेका छन्। 

जिल्ला नगर उपाध्यक्षमा पनि ३ प्रतिस्पर्धी 
जिल्ला नगर तर्फको १ जना उपाध्यक्षका लागि पनि ३ जनाको उमेदवारी परेको छ। यसमा पनि ३ वरिष्ठ उपाध्यक्षका उमेदवारका आ-आफ्नी उमेदवार रहेका छन्। वरिष्ठ उपाध्यक्षका उमेदवार अञ्जन श्रेष्ठको टीमबाट अरुण सुमार्गी, उमेशलाल श्रेष्ठको टीमबाट  वर्तमान जिल्लानगर उपाध्यक्ष दिनेश श्रेष्ठ र रामचन्द्र संघईको टीमबाट सृरकृष्ण वैद्य रहेका छन्।

सदस्यहरु पदमा उमेदवारको विवरण 


प्रकाशित : सोमबार, चैत २७ २०७९२३:४८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend