बिहीबार , कात्तिक ८ गते २०८१    
images
images

अटोमोबाइल क्षेत्रका समस्या आगामी बजेटमा सम्बोधन गर्न पहल गर्छु : अर्थमन्त्री महत

images
सोमबार, चैत २७ २०७९
images
images
अटोमोबाइल क्षेत्रका समस्या आगामी बजेटमा सम्बोधन गर्न पहल गर्छु : अर्थमन्त्री महत

अटोमोबाइल स्पेयर पार्टसको चोरी पैठारी निकै बढेको सन्दर्भमा त्यसको रोकथाम गर्न सकिएमा राजस्व पनि बढ्ने सुझाव दिइएको छ।

images
images

काठमाडौं- नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका प्रतिनिधि मण्डलले आइतबार अर्थमन्त्री प्रकाशशरण महतलाई भेटेको छ। नाडा अध्यक्ष ध्रुव थापाको नेतृत्वमा गएको एक प्रतिनिधिमण्डलले अर्थमन्त्री महतसँग भेटगरी अटोमोबाइल क्षेत्रका समसामयिक समस्याहरुका विषयमा छलफल गरेको हो।  

images
images
images

सो छलफलको क्रममा अध्यक्ष थापाले सवारीसाधनहरुलाई सरकारले विलासीताको वस्तुमा वर्गीकरणगरी सोही अनुरुप नीतिहरुको निर्माण भइरहेको गुनासो गर्दै सवारी साधनहरुलाई सो वर्गीकरणबाट हटाउन आग्रह गरे।

उनले अटो लोन/हायर पर्चेज कर्जामा जोखिम भारलाई १५० प्रतिशतबाट पुरानै अवस्थामा ल्याउनु पर्ने अर्थात ७५ प्रतिशत नै कायम गरिनु पर्ने भन्दै भाडामा चल्ने सार्वजनिक महत्वका सवारीसाधनहरु आम सर्वसाधरण जनताले प्रयोग गर्ने र त्यसले उसको दैनिक जीवनमा समेत प्रभाव पार्ने भएकोले त्यस किसिमका भाडामा चल्ने सार्वजनिक महत्वका सवारीसाधनहरुमा लाग्ने भन्सार तथा अन्तःशुल्क महसुल घटाउन आग्रह गरे। अध्यक्ष थापाले अहिले अटोमोइल स्पेयर पार्टसको चोरी पैठारी निकै बढेको सन्दर्भमा त्यसको रोकथाम गर्न सकिएमा राजस्व पनि बढ्ने सुझाव दिए।

images

छलफलमा अर्थमन्त्री महतले आफू धेरै अप्ठयारो परिस्थितिमा आएको बताउँदै अटोमोबाइल व्यवसायीहरुको समस्याको सम्बोधनका लागि नेपाल राष्ट्र बैंकसँग सल्लाह गर्ने, कुन कुन विषयहरुमा अटोमोबाइल व्यवसायीहरुलाई समस्या परेको छ त्यसबारे आउँदो बजेट सुझावमा समावेश गरी पठाइदिन आग्रह गर्दै त्यसको समुचित समाधानका लागि प्रयास गरिने आश्वासन दिए। उनले अब अटोमोबाइल व्यवसायीहरुले विद्युतीय सवारी साधनहरुको उत्पादन र बिक्रीमा यथोचित ध्यान दिनका लागि आग्रहसमेत गरेको सन्दर्भमा अध्यक्ष थापाले विद्युतीय सवारी साधनहरुको प्रयोगलाई प्रोत्साहित गर्न त्यसमा लाग्ने भन्सार तथा अन्तःशुल्क महसुलमा थप छुट दिन अनुरोध गरे। 

images

त्यसैगरी सो छलफलमा नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठले सार्वजनिक महत्वका सवारी तथा ढुवानीका सवारी साधनहरु डिजेलबाट चल्ने र हाल डिजेलको भाउ उच्च बिन्दुमा पुगेको कारण त्यसको प्रत्यक्ष नकारात्मक प्रभाव बजारमा परेकोले डिजेलबाट चल्ने सवारी तथा ढुवानीका साधनहरुमा लाग्ने महसुल घटाउन आग्रह गरे।

उक्त भेटघाट तथा छलफलमा नाडाका सचिव विक्रम सिंहानिया सहकोषाध्यक्ष पंकज अग्रवाल, सुदूरपश्चिमाञ्चल अटोमोबाइल डिलर्स एशोसिएसनका अध्यक्ष तथा नाडाका केन्द्रीय कार्यसमिति सदस्य पुष्कर ओझा, केन्द्रीय कार्यसमिति सदस्य तथा राजस्व समितिका सभापति आकाश गोल्छासमेतको उपस्थिति रहेको थियो।


प्रकाशित : सोमबार, चैत २७ २०७९१०:५२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend