बुधबार, असार ३१ गते २०८३    
बुधबार, असार ३१ २०८३

जीवन बीमालेख निर्देशिका जारी, तीन वर्षको वित्तीय प्रक्षेपण आवश्यक

सोमबार, चैत २७ २०७९
जीवन बीमालेख निर्देशिका जारी, तीन वर्षको वित्तीय प्रक्षेपण आवश्यक

बीमालेखको विज्ञापन गर्दा दोहोरो अर्थ लाग्ने गरी अस्पष्ट शब्दावली प्रयोग गर्न पाइने छैन।

काठमाडौं- नेपाल बीमा प्राधिकरणले जीवन बीमालेखसम्बन्धी निर्देशिका २०७९ जारी गरेको छ।

बीमालेख स्वीकृति प्रक्रियालाई सरलीकृत र व्यवस्थित बनाइ एकरुपता कायम गर्न वाञ्छनीय भएकाले बीमा ऐन‚ २०७९ को दफा १६६ ले दिएको अधिकरी प्रयोग गरी बीमा प्राधिकरणले यो निर्देशिका लागु गरेको हो। प्राधिकरणले सोमबार नै लघुबीमा निर्देशनसमेत जारी गरेको छ। 

जीवन बीमकले बीमालेख तयार गर्नुअगाडि बजार अनुसन्धान प्रतिवेदन पेश गर्नुपर्ने भएको छ। यससँगै लागत लाभ विश्लेषण गर्नुपर्ने छ। जोखिमको पहिचान आकलन तथा न्यूनीकरणसम्बन्धी योजना पेश गर्नुपर्ने छ। यसका अतिरिक्त बीमालेख बजारीकरणसम्बन्धी योजनासमेत हुनुपर्ने छ। यसका साथै तीन वर्षको वित्तीय प्रक्षेपण समेत पेश गर्नुपर्ने भएको छ।

कम्पनीले बीमालेख नेपाली र अंग्रेजी दुवै भाषामा तयार पार्नुपर्ने छ। बीमालेख तयार पार्दाकै बखत कम्पनीहरुले फ्युचर बोनस प्रोभिजनिङ गर्नुपर्ने हुन्छ। बीमा कम्पनीहरुले पूरा पैसा नलिइ साथै ब्याक डेटमा बीमालेख जारी गर्नुपर्ने हुन्छ।

बीमालेखको विज्ञापन गर्दा दोहोरो अर्थ लाग्ने गरी अस्पष्ट शब्दावली प्रयोग गर्न पाइने छैन। नेपाल बीमा प्राधिकरणबाट बीमालेख स्वीकृत भइसकेपछि बढीमा ६ महिनाभित्रमा प्रचलनमा ल्याउनैपर्ने छ। व्यतित बीमालेखलाई पुनर्जागरण गर्दा बीमा अवधिभर एक पटक मात्रै आंशिक वा पूर्ण ब्याज छुट दिन सकिनेछ।

बीमालेख खरिद गरेको तीन वर्षसम्म पोलिसी सरेण्डर गर्न पाइने छैन। साथै बीमालेख धितोकर्जा पनि तीन वर्ष पूरा भएपछि मात्रै प्राप्त गर्न सकिनेछ।


प्रकाशित : सोमबार, चैत २७ २०७९१०:३३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend