बिहीबार , असार ५ गते २०८२    
बिहीबार , असार ५ २०८२
images
images

टोखा-छहरे सुरुङ निर्माण अघि बढाउन सांसद केसीको माग

images
बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, चैत २७ २०७९
images
images
टोखा-छहरे सुरुङ निर्माण अघि बढाउन सांसद केसीको माग
फाइल तस्बिर

आवर्ष २०७७/७८ मा छ अर्ब ४२ करोड बजेट विनियोजन भए पनि अहिलेसम्म त्यसमा खोस्रने पनि काम नभएको सांसद अर्जुनरसिंह केसीले बताए।

images
images

काठमाडौं- सांसद अर्जुनरसिंह केसीले बजेट विनियोजनसमेत भएको टोखा-छहरे सुरुङमार्ग निर्माण तत्काल अघि बढाउन माग गरेका छन्। प्रतिनिधिसभाको आजको बैठकमा उनले सो सुरुङमार्ग नुवाकोट, रसुवा र धादिङको मात्र नभई उत्तरी छिमेकीसँग जोड्ने मार्गका रुपमा रहेको भन्दै तत्काल यसको निर्माण अगाडि बढाउन सरकारसँग माग गरे।

images
images
images

'आर्थिक वर्ष २०७७/७८ मा छ अर्ब ४२ करोड बजेट विनियोजन भए पनि अहिलेसम्म त्यसमा खोस्रने पनि काम भएको छैन। सरकारले गरेका वचनबद्धता र छुट्याइएको बजेटलाई एकातर्फ राखेर निर्माणको काम भएको छैन। यतातर्फ म सरकारको गम्भीर ध्यानाकर्षण गराउँछु', उनले भने।

images
images

सांसद उदय शमशेर जबराले कान्ति लोकपथको निर्माण तत्काल सम्पन्न गर्न माग गरे। सांसद उर्मिला माझीले लमजुङको बेंसीसहर-१ मा पर्ने बेंसीसहर-चामे सडकखण्डमा गइरहेको सुक्खा पहिरोबाट यात्रुले सास्ती खेप्नुपरेको भन्दै तत्काल पहिलो नियन्त्रणमा कदम चाल्न र मर्स्याङ्दी पारिबाट वैकल्पिक बाटो खोल्न आग्रह गरिन्।

images
images
images

सांसद चित्रबहादुर केसीले वर्तमान सत्तागठबन्धनले ल्याएको न्यूनतम् साझा कार्यक्रमलाई राष्ट्रिय जनमोर्चाले स्वीकार नगरेको बताए। 'राष्ट्रिय जनमोर्चाले न्यूनतम कार्यक्रममा रहेको संघीयता, नागरिकता र संक्रमणकालीन विषयमा विमती राख्दै आएको भए पनि बाहिर त्यो कार्यक्रमलाई समर्थन गरेको भन्ने विषय सार्वजनिक हुँदा जनतामा अलमल भयो। हामीले संघीयतालाई स्वीकार गरेका छैनौँ', उनले भने।

सांसद ईश्वरीदेवी न्यौपानेले वैदेशिक रोजगारीमा ज्यान गुमाएका श्रमिकको परिवारले पाउने क्षतिपूर्ति दिलाइदिने भन्दै रकम असुल्नेलाई तत्काल कडा कारबाही गर्न माग गरिन् भने सांसद गीता बस्नेतले यातायातसम्बन्धी सेवा लिन बाँके जानुपरेको भन्दै तत्काल बर्दियामा यातायात कार्यालय स्थापना गर्न सरकारसँग आग्रह गरिन्। रासस 


प्रकाशित : सोमबार, चैत २७ २०७९०९:०५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend