बिहीबार , असार ५ गते २०८२    
बिहीबार , असार ५ २०८२
images
images

समिट होटल र स्थानीयबीच सहमति

images
बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, चैत २७ २०७९
images
images
समिट होटल र स्थानीयबीच सहमति
images
images

काठमाडौं- ललितपुर महानगरपालिका वडा नम्बर १, कुपण्डोलमा समिट होटलको संरचना निर्माणका क्रममा जमिन भासिएको विषयमा स्थानीय र होटलबीच सहमित भएको छ।

images
images
images

कुपण्डोल हाईटमा साविक समिट होटल रहेको स्थानमा समिट रेसिडेन्सीको अवधारणा कार्यान्वयनको चरणमा निर्माणस्थलको जग्गाको 'पाईल प्रोटेक्सन'को काम चलिरहँदा चैत २५ गते साईटको पूर्वदक्षिणतर्फको केही जमिन भासिएको थियो। जमिन भासिँदा स्थानीयको घरमा समेत क्षति पुगेको थियो। 

images
images

हाल निर्माण कम्पनी, स्थानीयवासी र जनप्रतिनिधि समेतको रोहवरमा छलफल गरि समस्या समाधानकालागि सहमति भइसकेको र सोही सहमति अनुसार आगामी काम अगाडि बढाइने प्रोजेक्ट सञ्चालक संचित श्रेष्ठले जानकारी दिए।

images
images
images

साबिकको समिट होटललाई भत्काएर १६ रोपनी क्षेत्रफलमा ‘द समिट होटल एण्ड रेसिडेन्स’ बनाउन गत भदौमा काम सुरु भएको थियो। नक्सापासको अनुमति नै नलिइ काम सुरु भएको बताइएको छ। 

नक्सा सम्बन्धी मामिला काठमाडौं उपत्यका विकास प्राधिकरणले हेर्ने भएकाले सोही कार्यालयबाट अगाडि बढाइएको उनले बताए। साथै नक्सा र वातावरणीय प्रभाव मूल्यांकन सहितको प्रगति विवरण ललितपुर महानगरपालिकामा पेस गरिने बारेमा नगर प्रमुखलाई जानकारी गराइसकिएको उनले जानकारी दिए। 

 


प्रकाशित : सोमबार, चैत २७ २०७९०८:१६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend