बिहीबार , असार ५ गते २०८२    
बिहीबार , असार ५ २०८२
images
images

जलवायु परिवर्तनको असर : चैतमै निख्रियो लालीगुराँस

images
बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, चैत २७ २०७९
images
images
जलवायु परिवर्तनको असर : चैतमै निख्रियो लालीगुराँस

फागुनको मध्यदेखि कोपिला लाग्न सुरु हुने लालीगुराँस पुसमा नै फुल्नु र फुल्नुपर्ने समयमा निख्रनु वातावरणीय दृष्टिकोणले राम्रो संकेत नभएको म्याग्दीस्थित धौलागिरि पर्यटन परिषद्का अध्यक्ष अमर बानियाँले बताए।

images
images

गलेश्वर- समुद्री सतहदेखि दुई हजार छसय १४ मिटरको उचाइमा छ म्याग्दी र बागलुङको सीमानामा पर्ने पर्यटकीयस्थल बेलढुंगा। चारैतिर घना जंगलको बीचमा रहेको विशाल चट्टान बेलढुंगामा उक्लिएर नजर लगाउँदा राताम्यै फुलेका लालीगुराँस देखिनुपर्ने हो यतिबेला।

images
images
images

यो वर्ष चैतको अन्तिम साताको आइतबार बेलढुंगा पुग्दा राताम्यै लालीगुराँस होइन ओइलिएर झर्न लागेका फूल र हरिया पातमात्र देखे त्यहाँ पुगेका आन्तरिक पर्यटकले। लालीगुराँस फुल्ने समय वसन्त ऋतु अर्थात् चैत-वैशाख हो लालीगुराँस फुलेर राताम्यै देखिनुपर्ने यहाँका वन जङ्लमा यतिबेला लालीगुराँस कमै मात्र देख्न पाइन्छ। चैत वैशाखमा फुल्ने लालीगुराँस पुस अन्तिम सातादेखि नै फुलेपछि फुल्नुपर्ने समयमा ओइलिएर झरेका छन्। 

images
images

त्यस्तै काफल, ऐँसेलु, तिजु, वनमान्द्रोलगायत जंगली फलफूल र कन्दमूल पनि बेमौसममै फलेकाले फल लाग्नुपर्ने समयमा निख्रिसकेका छन्। फागुनको मध्यदेखि कोपिला लाग्न सुरु हुने लालीगुराँस पुसमा नै फुल्नु र फुल्नुपर्ने समयमा निख्रनु वातावरणीय दृष्टिकोणले राम्रो संकेत नभएको म्याग्दीस्थित धौलागिरि पर्यटन परिषद्का अध्यक्ष अमर बानियाँले बताए।

images
images
images

विश्वमा बढ्दै गएको तापमान अर्थात् जलवायु परिवर्तनको प्रत्यक्ष असरका कारण यस्तो भएको उनको भनाइ थियो। आइतबार लालीगुराँस र हिमालको दृश्यावलोकनका लागि बेलढुंगामा पुग्नुभएका अध्यक्ष बानियाँसहित आन्तरिक पर्यटक लालीगुराँसकै जंगलमा पुगेर पनि गुराँस फुलेको देख्न नपाउँदा खिन्न हुँदै फर्केका थिए।

सधैँजसो फागुन महिनाको तेस्रो सातातिरै फूल्ने लालीगुराँस यसवर्ष पुस दोस्रो सातादेखि नै फुलेकाले चैतमै निख्रिसकेको स्थानीयवासीले बताए। विगतमा लालीगुराँस फुलेपछि चैत-वैशाखमा वनजंगल रंगीविरंगी हुने र त्यसले सबैको मन लोभ्याउने गर्दथ्यो।

लालीगुराँस चैत-वैशाख महिनामा फूल्ने गर्दथ्यो तर केहीवर्षयता बढ्दै गएको गर्मीसँगै लालीगुराँस चाँडै फुल्न थालेकाले फुल्नुपर्ने समयमा निख्रन पुगेको स्थानीयवासी डिलबहादुर सापकोटाले बताए।

लालीगुराँस मात्रै नभएर अन्य फूलसमेत बेमौसममा फुल्न थालेको, जंगली फलफूल, कन्दमूल र अन्नबालीमा समेत यसको असर देखिएको भकिम्ली निवासी क्या.जसबहादुर पुनको भनाइ थियो। उनका अनुसार जलवायु परिवर्तनका कारण हिमाल, वनस्पति, मानव स्वास्थ्य र महिलाको प्रजनन प्रक्रियामासमेत धेरै परिवर्तन देखिएका छन्। 

'यस वर्ष पुस अन्तिम सातादेखि नै गुराँस फुल्न र काफल पाक्न सुरु गर्‍यो' वन तथा वातावरणका अध्येता बैकुण्ठ रेग्मीले भने, 'चैत-वैशाखमा फुल्नुपर्ने गुराँस पुस माघमै फुल्नु र चैत सकिनै लाग्दासमेत उच्च हिमाली र लेकाली क्षेत्रहरुमा हिउँ नपर्नु, कन्दमूल तथा जंगली फलफूल नासिँदै जानु, बाली पाक्ने समयमा परिवर्तन देखिनु स्वभाविक प्राकृतिक गुण नभएर वातावरणीय असर हो। विश्वमा बढ्दो तापक्रम वृद्धि र जलवायु परिवर्तनका कारण कतिपय देखिने र धेरै नदेखिने परिवर्तन भइरहेका छन्।'

त्यसैगरी गर्मी ठाउँमा मात्र पाइने लामखुट्टे हाल उच्च पहाडी र हिमाली भू-भागमा पनि पाइन थालेका छन्। समयको अन्तरालमा पृथ्वीको वायुमण्डल, हावाको गति र मौसममा भएको परिवर्तनका कारण पृथ्वी तथा यसको कुनै भागको औसत मौसममा आएको परिवर्तनलाई नै जलवायु परिवर्तन भनिन्छ। 

जलवायु परिवर्तनका कारण मौसममा फेरबदल हुने, वर्षाको समयमा नियमित वर्षा नहुने, मौसमी फलफूल तथा तरकारी उत्पादनमा फेरबदल हुने, हिउ पग्लने, अतिवृष्टि, अनावृष्टि, हुरीबतास हुनेजस्ता असर देखापरेका मिलन म्याग्दी नामक गैरसरकारी संस्थाका पूर्वअध्यक्ष शिव बानियाँले बताए।

उनका अनुसार जलवायु परिवर्तनकै कारण महत्वपूर्ण जडीबुटी तथा वनस्पति लोप भइसकेका छन्। यसरी कहिले अत्यधिक वर्षा भई धनजनको विनाश हुने त कहिले पानी नै नपरी खेतीबाली तथा वन जंगल नै सुक्ने अवस्था आइरहेको छ। जलवायु परिवर्तनकै कारण नयाँ-नयाँ रोग देखिएका छन्।

यसको असर बढ्दै जाँदा नेपालको हिमाली क्षेत्रमा पाइने महत्वपूर्ण जडीबुटी यार्सागुम्बालगायत वनस्पति पनि लोप हुने खतरा बढेको वन डिभिजन कार्यालयका नि।प्रमुख चन्द्रमणि सापकोटाले बताए।

हाल पृथ्वीको वायुमण्डलमा कार्बनडाइअक्साइड, नाइट्रोजन, मिथेनजस्ता ग्यासको मात्रा दिनप्रतिदिन बढ्दै गइरहेकाले वायुमण्डलमा असन्तुलन भई हतिरगृह ग्यास बढेर जलवायु परिवर्तन हुनेगर्छ। जलवायु परिवर्तनका कारण मानव स्वास्थ्यमासमेत असर देखिन थालेको जिल्ल स्वास्थ्य कार्यालयका प्रमुख एकनारायण लम्सालले बताए। रासस 


प्रकाशित : सोमबार, चैत २७ २०७९०७:११
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend