बिहीबार , असार ५ गते २०८२    
बिहीबार , असार ५ २०८२
images
images

मध्यपहाडी लोकमार्ग : हिउँदमा धुलो, बर्खामा हिलो

images
बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, चैत २७ २०७९
images
images
मध्यपहाडी लोकमार्ग : हिउँदमा धुलो, बर्खामा हिलो

दुई खण्डमा कालोपत्रका लागि २०७२/७३ मा सम्झौता भएको थियो। हालसम्म १२ किलोमिटर सडक कालोपत्र भए पनि अझै १३ किलोमिटर सडक बाँकी नै छ।

images
images

ढोरपाटन- राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गअन्तर्गत बागलुङको अक्षते-घोडाबाँधे सडकको ट्रायक खुलेको साढे दुई दशक बितिसक्यो। यतिका समयसम्म पनि यस खण्डको अधिकांश सडक कालोपत्र भएको छैन। हिउँदमा धुलो र बर्खामा हिलोका कारण स्थानीय विस्थापित हुनुपरेको छ भने यात्रु आजित बनेका छन्।

images
images
images

करिब २६ किलोमिटर लामो यस खण्डमा पछिल्लो समय उपल्लाचौर-अक्षते क्षेत्रमा भने  धमाधम काम भइरहेको छ। माथिल्लो बिहुँ खण्डमा भने काम हुन सकेको छैन। लोकमार्ग कार्यालयले बागलुङ बजारदेखि घोडाबाँधेसम्मको सडक दुई खण्डमा विभाजन गरी ठेक्का दिएको छ।

images
images

दुई खण्डमा कालोपत्रका लागि २०७२/७३ मा सम्झौता भएको थियो। हालसम्म १२ किलोमिटर सडक कालोपत्र भए पनि अझै १३ किलोमिटर सडक बाँकी नै छ। बिहुँ र अक्षते खण्डको काम गर्ने असारसम्म छ। बिहुँमा सुस्त गतिमा काम हुँदा समयमै सकिने अवस्था छैन । बागलुङदेखि खहरेसम्म केही समय अघि सडक कालोपत्र गरिएको थियो भने हाल खहरेदेखि अक्षतेसम्म काम भइरहेको छ। उक्त खण्डमा चौडा गर्ने, नाली व्यवस्थापन र अलकत्रा बिछ्याउने काम भइरहेको छ। 

images
images
images

'हिउँदमा धुलो र बर्खामा हिलो घरभित्र पस्छ', बागलुङ नगरपालिका-३ खहरेका जङ्गबहादुर कार्कीले भने- 'सडकमा पानी हाल्दाहाल्दैमा अधिकांश समय बित्छ।'

माथिल्लो खण्डमा कामलाई तीव्रता दिन स्थानीयले माग गरेका छन्। सडक कालोपत्रका लागि निर्माण कम्पनीसँग सम्झौता भएको एक दशक बित्नै लाग्यो। पटक-पटक म्याद थप गर्ने गरिएको छ। निर्माण कम्पनीको ढिलासुस्तीले काम सम्पन्न हुन नसकेको स्थानीय वीरबहादुर विकले बताए। 'सडक छेउछाउ घर बनाउने क्रम बढे पनि धुलो र हिलोले सास्ती भएको छ', उनले भने। 

लोकमार्गको कूल एक हजार सात सय ७६ किलोमिटर क्षेत्र मध्ये बागलुङ खण्ड एक सय ४२ किलोमिटर लामो छ। निसीखोला क्षेत्रमा दुई वर्ष अघि सडक कालोपत्र भइसकेको छ। घोडाबाँधेदेखि गलकोट हटियासम्मको सडक एक दशक अघि नै कालोपत्र गरिएको थियो। उक्त खण्डको हाल मर्मतसम्भार हुँदैछ। असार मसान्तसम्म सबै काम सम्पन्न हुने लोकमार्ग आयोजना कार्यालय, पर्वतका सूचना अधिकारी मिलन श्रेष्ठले बताए। 'काम नसकिए ठेक्का रद्द हुन्छ', उनले भने। रासस


प्रकाशित : सोमबार, चैत २७ २०७९०३:१६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend