सोमबार, असोज ८ गते २०८०    

१ सय ९७ आरोहीले लिए सगरमाथा आरोहण अनुमति

images
बिजनेस न्युज
१ सय ९७ आरोहीले लिए सगरमाथा आरोहण अनुमति
images

काठमाडौं- यस वर्षको वसन्त ऋतुमा सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि आजसम्म २० आरोही समूहका १ सय ९७ आरोहीहरूले अनुमति लिएका छन्।

images

पर्यटन विभागको पर्वतारोहण शाखाका अधिकृत विज्ञान कोइरालाका अनुसार सगरमाथा आरोहणका लागि २० आरोही समूहमा ३१ महिला र एक सय ६६ पुरुष गरी कूल एक सय ९७ आरोहीले अनुमति लिएका हुन्। यो ऋतुमा सगरमाथा आरोहणका लागि उल्लेख्य सङ्ख्यामा विदेशी आरोही आइरहेका छन्।

images

पर्वतारोहण शाखाको विवरणअनुसार आजसम्म सगरमाथासहित विभिन्न हिमाल तथा चुली आरोहणका लागि ५५ आरोही समूहका चार सय ६० बढी आरोहीहरूले अनुमति लिएका छन्। हिमाल आरोहणबाट झन्डै २८ करोड रूपैयाँ रोयल्टी जम्मा भएको छ।

images

नेपाल पर्वतारोहण संघका महासचिव मोहन लम्सालले यो ऋतु सगरमाथा आरोहण गर्नेका लागि निकै उत्साहबर्द्धक हुने विश्वास व्यक्त गरे। उनले भने, 'सगरमाथा आरोहणमा विदेशीको आकर्षण हेर्दा उत्साहवरद्धक हुने देखिन्छ। कोभिड-१९ महामारीपूर्वको अवस्थाभन्दा पनि राम्रो हिमाल आरोहण हुने अनुमान गरिएको छ।'

images

images

प्रकाशित : आइतबार, चैत २६ २०७९०७:१०
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ