बिहीबार , असार ५ गते २०८२    
बिहीबार , असार ५ २०८२
images
images

मधेस सरकार र चुरे तथा वनजंगल संरक्षण अभियानबीच पाँचबुँदे सहमति

images
बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, चैत २६ २०७९
images
images
मधेस सरकार र चुरे तथा वनजंगल संरक्षण अभियानबीच पाँचबुँदे सहमति

प्रदेश सरकार र चुरे तथा वनजंगल संरक्षण अभियानबीच भएको सम्झौतामा स्थानीय सरकारले एकीकृत भूमिहीन बस्तीका लागि जग्गा उपलब्ध गराउनुपर्नेछ। त्यस्तै, चुरे वनजंगल संरक्षण संवर्द्धनका लागि अनियमितता तथा बेथिति रोक्न आवश्यक कदम चाल्ने प्रतिबद्धता जनाइएको छ।

images
images

धनुषा- मधेस प्रदेश सरकार र चुरे तथा वनजंगल संरक्षण अभियानबीच पाँचबुँदे सहमति भएको छ। आज मुख्यमन्त्री सरोजकुमार यादवको उपस्थितिमा प्रदेश सरकार र चुरे वनजंगल संरक्षण अभियानबीच यस्तो सहमति भएको हो। 

images
images
images

सहमतिसँगै चुरे तथा वनजंगल संरक्षण अभियन्ताले जनकपुरधामस्थित जनकचोकमा गरिरहेको आमरण अनशनसमेत स्थगन भएको छ भने आन्दोलनका सम्पूर्ण कार्यक्रमहरु आजैदेखि फिर्ता लिइएको छ।

images
images

प्रदेश सरकार र चुरे तथा वनजंगल संरक्षण अभियानबीच भएको सम्झौतामा स्थानीय सरकारले एकीकृत भूमिहीन बस्तीका लागि जग्गा उपलब्ध गराउनुपर्नेछ। सम्झौतामा प्रदेश सरकारले बस्ती निर्माण गर्न आवश्यक पर्ने बजेट विनियोजन गर्ने प्रतिबद्धतासमेत जनाएको छ। बस्ती निर्माण भएपश्चात् उक्त बस्तीअन्तर्गतका आवासहरु व्यावसायिक प्रयोजनका लागि बिक्री वितरण गर्न भने नपाइने सहमति पत्रमा उल्लेख छ।

images
images
images

त्यस्तै, चुरे वनजंगल संरक्षण संवद्र्धनका लागि अनियमितता तथा बेथिति रोक्न प्रदेश सरकारले आवश्यक कदम चाल्ने प्रतिबद्धता जनाइएको छ। सम्झौताअनुसार डिभिजन वन कार्यालय पर्साद्वारा सञ्चालित योजनाहरु तथा यसअघि सिरहा वन क्षेत्र र मारुती सिमेन्ट उद्योग हाताभित्र रहेका जग्गाबारे अनियमितता भएको भन्ने गुनासोबारे छानबीन गर्न तीन सदस्यीय छानबीन समिति गठन गरिने छ।

वैदेशिक रोजगारमा जाँदा प्रदेशवासीले भोग्नुपरेका समस्याको समाधान गर्न प्रदेश सरकारले पहल गर्ने र आवश्यक परेमा संघीय सरकारसँग सहकार्य गर्ने सहमति पत्रमा उल्लेख छ। सहमतिपत्रमा मधेस प्रदेश सरकारका तर्फबाट उद्योग, पर्यटन तथा वन राज्यमन्त्री मोहमद रहबर अन्सारी र चुरे तथा वनजंगल संरक्षण अभियानका तर्फबाट अभियानका राष्ट्रिय संयोजक सुनिल यादवले हस्ताक्षर गरेका छन्।

सहमतिपश्चात् मुख्यमन्त्री यादवले चुरे क्षेत्रको प्रभावकारी व्यवस्थापन गरी प्राकृतिक स्रोत साधनको संरक्षण र तराई मधेसलाई मरुभूमिकीकरण हुनबाट बचाउने सन्दर्भमा प्रदेश सरकार संवेदनशील रहेको बताए। उनले चुरे क्षेत्रमा हुने कुनै किसिमको अनियमितता तथा प्राकृतिक स्रोतको अवैज्ञानिक दोहन सरकारलाई सह्य नहुने जिकिरसमेत गरे। रासस  


प्रकाशित : आइतबार, चैत २६ २०७९१२:५०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend