बिहीबार , असार ५ गते २०८२    
बिहीबार , असार ५ २०८२
images
images

१६औँ दरबारमार्ग सडक महोत्सव बैशाख २ मा हुने

images
बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, चैत २६ २०७९
images
images
१६औँ दरबारमार्ग सडक महोत्सव बैशाख २ मा हुने

दरबारमार्गको दक्षिण क्षेत्रको महेन्द्र शालिकबाट उत्तरतर्फ नारायणहिटी संग्राहालयको गेट अगाडिसम्मको क्षेत्रमा महोत्सव सञ्चालन हुनेछ।  

images
images

काठमाडौं- नेपाली नयाँ वर्ष २०८० को अवसरमा वैशाख २ गते काठमाडौंको दरबारमार्गमा एनसेलको आयोजनामा १६औँ दरबारमार्ग सडक महोत्सव हुने भएको छ। 

images
images
images

'नेपाली उत्पादन हाम्रो शान, सभ्यता र संस्कृति जोगाउनु हाम्रो काम' भन्ने नाराका साथ १६औँ दरबारमार्ग सडक महोत्सव' हुने भएको हो। नेपाल उद्योग वाणिज्य महासंघ, दरबारमार्ग विकास बोर्ड र रेष्टुरेन्ट एण्ड बार एसोसिएसन नेपाल (रेबान) ले एनसेलसँग महासंघको विशेष सहकार्य र मुख्य प्रायोजनमा यो महोत्सव आयोजना हुन लागेको हो।

images
images

लघु, घरेलु, साना तथा मझौला उद्यम एवं पर्यटन उद्योगको मनोबल उच्च राख्नको लागि यो महोत्सव आयोजना हुन लागेको एनसेलले जनाएको छ। आन्तरिक पर्यटनलाई प्रवर्द्धन गरी देशको पर्यटन विकासमा टेवा पुर्‍याउने र नेपाली उत्पादन, नेपाली परिकार र नेपाली संस्कृतिको प्रवर्द्धन गर्ने महोत्सवको मुल उद्देश्य रहेको छ।  

images
images
images

दरबारमार्गको दक्षिण क्षेत्रको महेन्द्र शालिकबाट उत्तरतर्फ नारायणहिटी संग्राहालयको गेट अगाडिसम्मको क्षेत्रमा महोत्सव सञ्चालन हुनेछ। काठमाडौं उपत्यकाभित्रका संस्कृति झल्कने प्रस्तुतिकाका साथ महोत्सवको औपचारिक शुभारम्भ शनिबार बिहान ११ः३० बजे हुनेछ।

एनसेलका अनुसार गीतसंगितका साथै विभिन्न मनोरञ्जनात्मक प्रस्तुतीहरु र महोत्सव आयोजना हुने क्षेत्रमा विविध रमाइला गतिविधिहरुसहित बेलुका ८ः३० बजेसम्म आयोजना गरिने महोत्सवमा चर्चित गायकगायिका, कलाकार तथा सांगीतिक समूहहरुले प्रस्तुति दिनेछन्। कलाकारहरु दिपक बज्राचार्य एन्ड रिदम ब्यान्ड, कुटुम्ब, पहेलो बत्ति मुनी, त्रिशाला गुरुङ, रोहित शाक्य, सिङ्क्रोनस, लाहुरे र दि एलिमेन्टस् आदिले आ-आफ्नो प्रस्तुति राख्नेछन्। ​

महोत्सवमा शारिरीक रुपमा भिन्न क्षमता भएका उद्यमीहरुले उत्पादन गरेका हस्तकलाका वस्तुहरु र महिला उद्यमीसहित हस्तकला उद्यमीहरुबाट उत्पादित वस्तुहरुका उत्पादन पनि प्रर्दशनीमा रहनेछन्। यसैगरी महोत्सवमा भिडिओ गेमका पारखीहरुका लागि अनलाइन गेमिङ् प्रतियोगिता पनि हुनेछ। 


प्रकाशित : आइतबार, चैत २६ २०७९१२:१२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend