बिहीबार , कात्तिक ८ गते २०८१    
images
images

महिलाको नक्कली फेसबुक आईडी बनाएर ६० लाख ठगी गर्ने युवक पक्राउ

images
बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, चैत २६ २०७९
images
images
महिलाको नक्कली फेसबुक आईडी बनाएर ६० लाख ठगी गर्ने युवक पक्राउ

पर्वत मोदी गाउँपालिका-२ घर भएका २६ वर्षीय विश्व शर्मालाई ६० लाख रूपैयाँ ठगी गरेको अभियोगमा बिहीबार प्रहरीले पक्राउ गरेको हो।

images
images

काठमाडौं- सामाजिक सञ्जालको दुरूपयोग गरी ठगी गरेको अभियोगमा एकजना पक्राउ परेका छन्। 

images
images
images

पर्वत मोदी गाउँपालिका-२ घर भएका २६ वर्षीय विश्व शर्मालाई ६० लाख रूपैयाँ ठगी गरेको अभियोगमा बिहीबार प्रहरीले पक्राउ गरेको हो। शर्माले सामाजिक सञ्जाल फेसबुकमा महिलाको नक्कली प्रोफाइल बनाएर पुरुषलाई साथी बनाउने र मायाप्रेमका कुरा गरी विभिन्न बहानामा पैसा माग्ने गरेको प्रहरी अनुसन्धानमा खुलेको छ। 

विभिन्न बैंक खाताहरु तथा डिजिटल वालेटहरुमार्फत करिब ६० लाख रुपैयाँ पठाइसक्दा समेत थप रकम माग गरेको भन्ने 
उजुरीको आधारमा साइबर ब्यूराे भोटाहिटीबाट खटिएको प्रहरीले शर्मालाई पर्वतबाटै पक्राउ गरेको हो।

images

उनीमाथि सामाजिक सञ्जाल दुरुपयोग गरी ठगी अन्तर्गतको कसूरमा जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप गरी 
आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

images


प्रकाशित : आइतबार, चैत २६ २०७९११:५९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend