शुक्रबार, वैशाख १४ गते २०८१    
images
images

हिमालपछि वाइल्डलाइफमार्फत चिनिएको नेपाल

images
images
images
हिमालपछि वाइल्डलाइफमार्फत चिनिएको नेपाल

जसपछि विश्वका धनाड्य तथा नाम चलेका विदेशीहरू नेपाल भ्रमणमा आए। त्यो बेलामा कोलकाता तथा दिल्लीबाट डाकोटा जहाज नेपाल आउँथ्यो। सडकको बाटो खुलेको थिएन। त्यही पनि चितवनमा रिसोर्ट चलिरहेको थियो।

images
images

सगरमाथालगायत ८ हजार मिटरभन्दा अग्ला हिमाल आरोहण सुरूभएसँगै नेपाल विश्व पर्यटनको नक्सामा परेको थियो। युरोप अमेरिकाका आरोहीहरूले नै विश्वका अग्ला हिमालहरूको खोजी गरेर नेपालबारे परिचय पाएका थिए। आफ्नो देशमा भएका अग्ला हिमाल चढिसकेका उनीहरूका लागि नेपाल हिमालकै कारण विशेष बन्न पुग्यो। त्यसमा पनि आँखामा पर्‍यो- अन्नपूर्ण र सगरमाथा। 

images
images
images

सन् १९५० मा फ्रान्सका मोरिस हेर्जोग र लुई लाशनाल अन्नपूर्ण चढे। उनीहरू गोरखपुरसम्म रेलमा आएर त्यहाँबाट भैहरवा हुँदै पोखरा पुगेका थिए। यता सन् १९५३ मा तेन्जिङ नोर्गे शेर्पा र एडमन्ड हिलारीले सर्वोच्च शिखर सगरमाथा आरोहण गरे। त्यसपछि नेपालको हस्पिटालिटी, सौन्दर्यता, सफा मनले स्वागत गर्ने व्यवहार तथा नेपाल कसैको अधिनमा शासित नहुनुले पनि नेपाललाई पर्यटन नक्सामा समावेश गर्न सजिलो भयो। त्यसबेला हिमाल चढ्नका लागि मौसम प्रक्षेपण पनि थिएन। बाटो पनि अहिलेको जस्तो थिएन। लुगालगायतका सामान पनि थिएन। जो हिमाल चढ्न जान्थे उनीहरूलाई पुर्‍याउन नजिकको मान्छे जान सक्नेसम्मको ठाउँमा जान्थे।

images

आरोहण सफल भएर फर्कने सम्भावना ५० प्रतिशतमात्रै हुन्थ्यो। त्यसपछस सन् १९५६ तिर एउटा अर्गनाइज डोर नेपाल आयो। उनीहरू नेपाल आएपछि नेपालमा भिसामा अनअरायभल त्यही बेलामा सुरु भएको थियो। सन् १९५६ मै बोरेस नेपाल आएर रोयल होटल सुरु गरेका थिए। उनले नै त्यो टोलीलाई नेपाल ल्याएका थिए। हुकुमी प्रणालीबाट विमानस्थलमा अनअरायभल भिसा भएको थियो।

images

अनअरायभल भिसा दिनेमा पनि नेपाल पायोनियर हो। त्यही बेलादेखि काठमाडौं र पोखरा नेपालको पर्यटकीय गन्तव्यका रुपमा प्रचार तथा विकास भएको थियो। अन्नपूर्ण चढ्ने जति पोखरा गए। पोखराको सौन्दर्यतामा रमाए। एभरेष्ट जानेहरूमा काठमाडौं जानु पर्छ भने भयो।

images
images

त्यही क्रममा सन् १९६० मा अफ्रिकाको ट्री टप्स वाइल्डलाइफ टुरिजनमा काम गरेका जीम कोप म्यान नेपाल आइपुगे। उनले नेपाललाई दुईवटा पाटोबाट अध्ययन गरे। जुनबेला बाघ र गैँडाबाहेक अरू जनावरको सिकार गर्न पाइन्थ्यो। बाघ र गैँडाको लागि भने हुकुमी सरकारबाट अनुमति चाहिन्थ्यो। सिकार खेलाउने र पर्यटकका लागि एउटा रिसोर्ट पनि खोल्ने लक्ष्यसहित सन् १९६४ मा अहिलेको चितवन राष्ट्रिय निकुञ्जमा टाइगर टप्स रिसोर्ट खुल्यो। त्यो बेला निकुञ्ज घोषणा भएको नै थिएन। 

जसपछि विश्वका धनाड्य तथा नाम चलेका विदेशीहरू नेपाल भ्रमणमा आए। त्यो बेलामा कोलकाता तथा दिल्लीबाट डाकोटा जहाज नेपाल आउँथ्यो। सडकको बाटो खुलेको थिएन। त्यही पनि चितवनमा रिसोर्ट चलिरहेको थियो। पर्यटन पनि विस्तारै विकास भएको थियो। त्यही बेलामा नेपालमा वाइल्डलाइफ टुरिजम सुरु भएको थियो।

तर पछि चितवनको रिसोर्ट चलाउन नसक्ने अवस्थामा भयो। त्यसमा लगानीकर्ताहरू बेलायती थिए। त्यसमध्येका जिम एर्डडोर्जले रिसोर्ट लिए। जिमले पनि अमेरिकामा काम गरेका थिए। उनमा मार्केटिङको अनुभव पनि थियो। सफल मार्केटिङ गर्नसक्ने व्यक्तिको रुपमा परिचित थिए। उनलाई कसरी गन्तव्य प्रवर्द्धन गर्ने भन्ने विषयमा राम्रो ज्ञान थियो। उनले रिसोर्ट लिएकै बेला नेपालले ट्वीनअटर जहाज पनि ल्याएको थियो भने थाइ एयरवेजले समेत नेपाल उडान थाल्यो। विस्तारै डाकोटा फोकर हुँदै एभ्रोबाट उडान सुरु भयो। इन्डियन एयरले पनि उडान बढाउँदै गयो। चितवन-काठमाडौं बाटो पनि बन्यो। त्यही बेला नेपालको वाइल्डलाइफ टुरिजमको विस्तारसँगै नेपाललाई विश्वमा चिनाउने काम भयो।

विस्तारै वाइल्डलाइफ टुरिजममा शोख हुनेहरू पनि त्यसमा प्रवेश गरे। एसियामा हामी वाइल्डलाइफ टुरिजमको पायोनियर हो नेपाल। ब्रिटिसहरू भारतमा राज गर्दा त्यहाको जंगलको छेउछाउमा थुप्रै बंगलाहरू बनाएर शिकार खेल्ने गरेपनि भारत वाइल्डलाइफ टुरिजममा सफल भएको थिएन। अन्य देशहरूले वाइल्डलाइफ टुरिजम जानेकै थिएनन् भन्दा पनि हुन्छ।  

त्योभन्दा पहिले हिमालको नाम लिनेवित्तिकै नेपालको नाम आउने र वाइल्डलाइफको नाम लिनेवित्तिकै अफ्रिकाको नाम आउने अवस्थामा थियो। तर त्यसलाई नेपालले हिमालसँगै आफूलाई वाइल्डलाइफमा समेत चिनाएको थियो। अफ्रिकाको वाइल्डलाइफमा हामीले ब्रेक गरेका हौँ। सन् १९८० मा आइपुग्दा नेपाल पनि वाइल्डलाइफ टुरिजमको गन्तव्य हो भनेर ब्रेक गर्न सफल भएका थियौँ।

योसँगै संसारलाई कन्जरभेसन र टुरिजम सँगसँगै लैजान सकिन्छ, एउटाले अर्कोलाई मद्धत गर्छ, यो नै ठीक हो भन्ने कुरा व्यापक हुँदै गयो। त्यही बेलामा राष्ट्रिय निकुञ्ज भित्रको वाइल्डलाइफ पनि खुल्यो। पर्यटक धेरै नै आए। विदेशीहरूले नेपाल आउँदा एउटा प्रणाली बनाइदिए। उनीहरूले एउटा लज र अर्को लज १२ किलोमिटरको दुरीमा हुनुपर्छ भन्ने प्रणाली बनाए। तर लजहरू निकुञ्जको कन्ट्रोलमा हुन पर्छ भन्ने व्यवस्था भयो। हामीले भनेको जति नै कोठा बनाउन पाउनु पर्छ र सफारीका लागि हामीले भनेजति नै हात्ती तथा गाडी राख्नु पर्छ भन्ने कुरामा निकुञ्जले कन्ट्रोल गर्नु पर्ने कुरा पनि त्यतिखेर नै विकास भएको थियो। त्यहीअनुसार निकुञ्जभित्र एउटा रिसोर्टबाट अर्को रिसोर्टको दुरी १० किलोमिटर बनाइएको थियो। जसका कारण निकुञ्जको सुरक्षासँगै जंगली जनावरको पनि सुरक्षा भएको थियो।

वाइल्डलाइफ टुरिजममा खर्चालु पर्यटक नेपाल आएका थिए। सरकारले डलर आम्दानी गरिरहेको थियो। सन् १९९० सम्म पुग्दा नेपालको वाइल्डलाइफ टुरिजम पिकमा पुगेको थियो। सोही क्रममा राम्रो नै चलिरहेको थियो। राज्यले त अन्य निकुञ्ज, संरक्षित तथा आरक्षण क्षेत्रमा पनि वाइल्डलाइफ टुरिजमलाई प्रोत्साहन हुने गरी खुलाउँदै जानु पर्ने थियो। तर सन् २०१२ मा एक्कासी चलिरहेका रिसोर्टहरू पनि बन्द गरियो। त्योसँगै नेपालको वाइल्डलाइफ टुरिजमा रहेको क्रेज घट्दै गयो। निकुञ्जभित्र रिसोर्ट बन्द भएपछि पर्यटक बाहिरका होटलमा आएर बस्छन् भन्ने भ्रम तोडियो। नेपाल आउने खर्चालु वाइल्डलाइफ पर्यटक अन्यन्त्र नै गइरहेका छन्। 

अझ पनि राज्यले सोच्ने हो भने नेपालको वाइल्डलाइफ टुरिजमलाई छिट्टै पहिलेकै अवस्थामा फर्काउन सकिन्छ। राज्यले निकुञ्जभित्रको व्यवसाय कसरी सञ्चालन गर्ने विषयमा विदेशी संस्थाबाट अध्ययन गरेर भए पनि बन्द भएका वाइल्डलाइफ टुरिजमको प्रोडक्ट खुलाउनु पर्छ। पहिले सञ्चालन भएकालाई नै दिनु पर्छ भन्ने पनि छैन। खुल्दा प्रतिस्पर्धाबाट पनि काम गर्न सकिन्छ। तर जसरी भए पनि वाइल्डलाइफ टुरिजमलाई सहजता दिनु पर्छ। यसलाई रोकेर निकुञ्जभित्रको सुरक्षा र जनावरको सुरक्षा पनि हुँदैन।

निकुञ्जभित्र व्यवसाय गर्दा केही कन्ट्रोल गर्ने व्यवस्था राख्नु पर्छ। यसबाट नेपाललाई नै फाइदा हुन्छ। तर यहाँ त अहिले व्यवसायीले आफै निकुञ्जबाहिर बसेर गरिरहेको वाइल्डलाइफ टुरिजममा पनि बाधा पुर्‍याउने तथा कसैलाई काखा र कसैलाई पाखा लगाउने काम भएको छ। यसमा राज्यले सबैलाई एकरुपता हुनेगरी नीति लिनु पर्छ। कुनै क्षेत्रमा एकथरी र अर्को क्षेत्रमा अर्को नीति लिनु हुँदैन। 

पर्यटकका लागि राष्ट्रिय निकुञ्ज खुला गर्ने बेलामा सबैतिर एकैचोटी खुला गर्नु पर्दछ। उदाहरणका लागि चितवनको पूर्वदेखि पश्चिमसम्म निकुञ्जमा एउटै नीति हुनुपर्छ। कर्मचारीको लहडका भरमा नीति र विभिन्न किसिमको नियम निर्धारण गरिनु प्रत्युत्पादक हुन्छ र हुनेछ।

वाइल्डलाइफ टुरिजमको पायोनियर नेपाललाई पुन:स्थापित गर्ने गरी सरकारले बेलामा नै नीतिगत निर्णय लिनु पर्छ। वाइल्डलाइफ टुरिजमले नै सरकार र व्यवसायीलाई मात्रै होइन पर्यापर्यटनमा समेत विश्वमा नेपाललाई चिनाउन सकिन्छ। तर नियन्त्रित वाइल्डलाइफ पर्यटनको अवधारणमा जानु पर्छ। मास टुरिजम वाइल्डलाइफ भने सम्भव छैन। यसका लागि सरकारले आफ्नो तवरबाट गर्ने सबै काम गर्न अब ढिला गर्न हुन्न। अब पनि ढिला गर्ने हो भने नेपालको वाइल्डलाइफ टुरिजम पुन: पहिलेकै अवस्थामा आउन सक्दैन। 

(मिश्रसँग उत्तम काप्रीले गरेको कुराकानीमा आधारित)

images

प्रकाशित : बिहीबार , चैत ३० २०७९०६:१६
  • सम्बन्धित विषय:

  • # nepalitourism
  • # nepaltourism
  • # tourismspecial
  • # visitnepal


  • प्रतिक्रिया दिनुहोस