बुधबार, फागुन २८ गते २०८१    
बुधबार, फागुन २८ २०८१
images
images

हावाहुरीले केरा बगानमा क्षति

images
बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, कात्तिक १० २०७८
images
images
हावाहुरीले केरा बगानमा क्षति

छठ पर्वमा केराको बिक्री राम्रो हुन्छ। कतिपय केराको घारी त्यस बेलासम्म तयार भइसक्ने र छठमा बेच्ने योजना रहेको उनले सुनाए।

images
images

राजविराज- अविरल वर्षासँगै एक साता अगाडि आएको हावाहुरीका कारण  सप्तरीको खडक नगरपालिका-१० स्थित केरा बगानमा ठूलो क्षति भएको छ। झण्डै १५ बिघा क्षेत्रफलमा लगाइएको केरा बगानमा तयार हुन लागेका ३ हजार ५ सय केरा घरी क्षति भएको स्थानीयवासी वीरेन्द्रकुमार साहले जानकारी दिए।

images
images

अविरल वर्षासँगै चलेको हावहुरीका कारण दुई वर्षअघि सञ्चालनमा आएको सो केरा बगानमा २५ लाख रुपैयाँभन्दा बढीको लगानी डुबेको फार्मका सञ्चालक उमेश साहले बताए। उनले भने, 'सुरुका वर्ष राम्रै कमाइ भएको तर, यस पटक हावाहुरी र वर्षाले लगानी समेत डुबायो, घरका सबै जग्गा जमिन बैंककमा धितो राखेर ऋण उठाएर बगानमै लगानी गरे तर, प्राकृतिक प्रकोपले सबै बर्वाद गरिदियो।'

images
images

छठ पर्वमा केराको बिक्री राम्रो हुन्छ। कतिपय केराको घारी त्यस बेलासम्म तयार भइसक्ने र छठमा बेच्ने योजना रहेको उनले सुनाए। यही कात्तिक १ र २ गते भएको वर्षा र हावाहुरीले उनले लगाएको केराबाली नष्ट गरेको हो। वर्षा र हावाहुरीले लगाएका अधिकांश केराका बोट लडाएको छ।

images
images

शिक्षण पेशा छाडेर कृषि पेशामा लागेकामा अहिले पछुतो लागिरहेको जनाउँदै दश वर्ष शिक्षण पेशामा आबद्ध रहेका साहले कृषिमा राम्रो आम्दानी होला भन्ने सोचका साथ यो पेशामा लागेको बताए। बाली कृषि बीमाका लागि सम्बन्धित ठाउँमा निवेदन दिँदा हालसम्म त्यसको सुनुवाइ नभएको उनले गुनासो गरे। उनीसँगै अरु किसानको केरा बालीमा समेत क्षति पुगेको बताइएको छ। रासस


प्रकाशित : बुधबार, कात्तिक १० २०७८०७:४६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend