बिहीबार , असार ५ गते २०८२    
बिहीबार , असार ५ २०८२
images
images

हेटौँडाका उद्योगीले बुझाएनन् दुई अर्ब विद्युत बक्यौता, अघि बढ्यो कारबाही प्रक्रिया

images
बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, चैत २६ २०७९
images
images
हेटौँडाका उद्योगीले बुझाएनन्  दुई अर्ब विद्युत बक्यौता, अघि बढ्यो कारबाही प्रक्रिया

कालोसूचीमा परेका केही ग्राहकबाट कारबाहीस्वरुप ७९ हजार दुई सय ४१ रूपैयाँ संकलन भएको छ।

images
images

बागमती- नेपाल विद्युत् प्राधिकरण हेटौँडा वितरण केन्द्रलाई विद्युत् महसुलबापत यहाँका उद्योगले दुई अर्ब ५५ करोड ५२ लाख ८२ हजार आठसय ४९ रूपैयाँ बुझाउन बाँकी छ।

images
images
images

लामो समयदेखि पटक-पटक ताकेता गर्दासमेत चालु आर्थिक वर्षको हालसम्म ती उद्योगबाट महुसुल नबुझाइएको उक्त केन्द्रले जनाएको छ। केही उद्योगविरुद्ध महसुलसम्बन्धी मुद्दासमेत चलिरहको छ भने महसुल नतिर्ने पाँच सय ४२ उद्योगलाई कालो सूचीमा राखेर कारबाही प्रक्रिया अगाडि बढाइएको छ।

images
images

कालोसूचीमा परेका केही ग्राहकबाट कारबाहीस्वरुप ७९ हजार दुई सय ४१ रूपैयाँ संकलन भएको बताइएको छ। चालु आवकोे हालसम्म पाँच हजारभन्दा बढी विद्युत् महसुल नतिर्ने नौ सय ७३ ग्राहकको लाईन काटेर कारबाही गरिएको केन्द्रका प्रमुख नरेन्द्रवीर श्रेष्ठले जानकारी दिए।

images
images
images

कारबाहीमा परेपछि छ सय १७ जनाले जरिवाना तिरेर निवेदन दिएकाले लाइन जोडिएको र त्यसबाट दुई करोड ५३ लाख ९५ हजार महसुल संकलन भएको जनाइएको छ। हेटौँडामा ७२ हजार ६ सय ९४ग्राहक रहेकामा वितरण केन्द्रले मासिक १९ करोड १७ लाख ८८ हजार मूल्य बराबरको विद्युत् बिक्री गर्दे आएको र १८ करोड छ लाख १२ हजार रूपैयाँ महसुलबापत राजस्व संकलन हुँदै आएको छ। साथै विद्युत् प्राधिकरणको पोल प्रयोग गरेबापत विभिन्न छ वटा इन्टरनेट कम्पनीले  रु ५३ लाख  पचास हजार राजस्वसमेत बुझाएको बताइएको छ ।
 
यसैबीच ग्रामीण विद्युतीकरणअन्तर्गत जिल्लाका हेटौँडा उपमहानगरपालिकालगायत वकैया, राक्सिरागङ, मकवानपुरगढी, कैलाश, भीमफेदी गाउँपालिकाका साथै अन्य गाउँपालिकाको ग्रामीण तथा दुर्गम क्षेत्रमा विद्युतीकरण थालिएको वितरण केन्द्रका इन्जिनियर सन्तोष चौहानले बताए।

सो कार्यका लागि १८ करोड रूपैयाँभन्दा बढी बजेट छुट्याइएकामा कतिपय स्थानमा  काम सम्पन्न भइसकेको छ भने कतिपय स्थानमा  कार्य भइरहको बताइएको छ। मनहरिमा विद्युत् सवस्टेशन निर्माण प्रक्रियासमेत अगाडि बढेको जनाइएको छ। रासस 


प्रकाशित : आइतबार, चैत २६ २०७९०८:१८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend