बिहीबार , कात्तिक ८ गते २०८१    
images
images

जिल्ला नगरका उद्योगीहरुलाई केन्द्रमा अपमानित हुन दिनेछैन : उपाध्यक्ष उम्मेद्‌वार सुमार्गी

images
बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, चैत २६ २०७९
images
images
जिल्ला नगरका उद्योगीहरुलाई केन्द्रमा अपमानित हुन दिनेछैन : उपाध्यक्ष उम्मेद्‌वार सुमार्गी
images
images

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघका जिल्ला नगरतर्फका उपाध्यक्षका उम्मेद्‌वार अरुण सुमार्गीले जिल्लाका साना व्यवसायीदेखि र ठूला उद्योगीसम्मका समस्या समाधान गर्नु नै आफ्नो पहिलो भूमिका हुने बताएका छन्।

images
images
images

बागमती प्रदेशको अन्तरिमकालको सभापति समेत भएका सुमार्गीले भने, ‘आफू १५ वर्ष देखि जिल्ला हुँदै महासंघको राजनीतिमा सक्रिय भएको बताउँदै मेरा लागि सिकाईको पाठशाला महासंघ हो।’

७७ जिल्ला र नगर उद्योग वाणिज्य महासंघमा घुम्दै व्यवसायीको समस्या सुनेर आएको समेत उनले बताए। 

images

महासंघको पृष्ठभूमिमा ५० प्रतिशत मतभार रहेको जिल्लानगरको हो। ५० प्रतिशत मतभारको प्रतिनिधित्व गर्ने जिल्लानगरका उपाध्यक्षहरूले महासंघ नेतृत्व गर्ने अवसर भने अहिलेसम्म पाएका छैनन्। जिल्ला अध्यक्षहरूलाई गुमराहमा राखेर विभिन्न समूहमा विभाजित गराइदिने गर्दा महासंघको वास्तविक विधानअनुसार काम नगर्ने प्रवृत्ति मौलाउँदै गएको समेत सुमार्गी बताउँछन्। 

images

‘जिल्लानगर हाँकेका व्यक्ति महासंघ केन्द्रमा पुगेर काम गर्छ भने हाम्रो अस्तित्व के रहन्छ भन्ने चिन्ता गर्ने र ‘सिन्डिकेट’ मा रमाउनेहरू धेरै रहेको पाइयो,’ सुमार्गीले भने। सरकारले कानूनको किताबमा निजी क्षेत्रसँग समन्वय गरेर काम गर्नु भनेर बजेट आउने गरेको बताउँदै सुमार्गीले महासंघमा जिल्लानगरबाट गएको मान्छेले प्रतिनिधित्व गर्नुपर्छ भन्ने कुराको बिजारोपण गर्नका लागि नेतृत्वमा आउन लागेको समेत बताए। 

प्रोटोकल क्लियर नहुँदा जिल्लानगरका साथीहरूलाई कहिलेकाहीँ वडाध्यक्षभन्दा पछाडि राख्ने गरिएको आरोप समेत सुमार्गीको छ। ‘सामाजिकरूपमा काम गर्दा महासंघ सबैभन्दा अगाडि हुने तर प्रोटोकलमा पछाडि पार्नु दुर्भाग्य हो,’ सुमार्गीले भने। 

भूकम्प, आगलागी वा कोभिडसहित जस्तोसुकै प्राकृतिक विपत्तिमा सबैभन्दा पहिलो राहतका सामान लिएर सडकमा उत्रिने भनेकै महासंघ रहेको समेत उनको भनाइ छ। पर्यटन महोत्सव, साहसिक पर्यटन पहिचान, लगानी सम्मेलनदेखि कृषि पर्यटनसम्मका कुरा जोडेर महासंघलाई संघीयतापछिको सबैभन्दा ठूलो सञ्जाल रहेकाले सधैँ सरकारसँग साझेदारी गर्नुपर्ने समेत बताउँछन्। 

जिल्लानगरमा आर्थिक स्थिति कसरी मजबुत बनाउने भन्नेतर्फ पनि ध्यान दिने बेला भएको बताउँदै आर्थिक तरलता, बैंकको चर्को ब्याज, मिटर ब्याजीको नियन्त्रणमा सरकारसँग सहकार्य गरेर अगाडि बढ्न सक्षम नेतृत्व चाहिने सुमार्गी बताउँछन्।


प्रकाशित : आइतबार, चैत २६ २०७९०८:४६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend