बिहीबार , कात्तिक ८ गते २०८१    
images
images

८ महिनामा पाँच अर्ब बढीको अलैँची भारत निर्यात, अदुवा र प्लाइउडको निर्यात पनि बढ्यो

images
बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, चैत २६ २०७९
images
images
८ महिनामा पाँच अर्ब बढीको अलैँची भारत निर्यात, अदुवा र प्लाइउडको निर्यात पनि बढ्यो

चालु आर्थिक वर्ष २०७९/८० को फागुन मसान्तसम्म नेपालबाट ४० करोड ६१ लाख १८ हजार रूपैयाँ मूल्य बराबरको एक करोड २५ लाख ४७ हजार ६ सय ९० केजी अदुवा र सुठो भारत निर्यात भएको छ।

images
images

झापा- नेपालको अदुवा, अलैँची र प्लाइउडको निर्यातमा वृद्धि भएको छ। पूर्वीनाका काँकडभिट्टा भएर भारत निकासी भएका आधारमा निर्यात बढेको देखिएको हो।

images
images
images

मेची भन्सार कार्यालय काँकडभिट्टाका प्रमुख भन्सार अधिकृत रामप्रसाद पाठकका अनुसार चालु आर्थिक वर्ष २०७९/८० को फागुन मसान्तसम्म (आठ महिना) मा नेपालबाट ४० करोड ६१ लाख १८ हजार रूपैयाँ मूल्य बराबरको एक करोड २५ लाख ४७ हजार ६ सय ९० केजी अदुवा र सुठो भारत निर्यात भएको छ।

गत आव २०७८/७९ को सोही आठ महिनाका अवधिमा काँकडभिट्टा भन्सार हुँदै नेपालबाट १७ करोड १७ लाख २१ हजार रूपैयाँ मूल्य बराबरको ५३ लाख ७४ हजार पाँच सय केजी अदुवा र सुठो भारत निकासी भएको थियो। उक्त आवको १२ महिनामा भने ३२ करोड ५४ लाख ३५ हजार रूपैयाँ मूल्य बराबरको एक करोड एक लाख ७८ हजार एकसय ५० केजी अदुवा र सुठो भारत निकासी भएको थियो।

images

यसैगरी चालु आव २०७९/८० को फागुन मसान्तसम्म (आठ महिना) मा नेपालबाट पाँच अर्ब ८४ करोड ४६ लाख ७२ हजार रूपैयाँ मूल्य बराबरको ७२ लाख २१ हजार तीनसय ७४ केजी अलैँची भारत निर्यात भएको छ। गत आव २०७८/७९ को सोही आठ महिनाको अवधिमा नेपालबाट तीन अर्ब २२ करोड २७ लाख २२ हजार मूल्य बराबरको ३५ लाख ८४ हजार २२ केजी अलैँची भारततर्फ निकासी भएको भन्सार कार्यालयको तथ्यांकमा उल्लेख छ। उक्त आवको १२ महिनामा भने चार अर्ब ७६ करोड ४३ लाख ८६ हजार रूपैयाँ मूल्य बराबरको ५२ लाख ८० हजार चार सय ४२ केजी अलैँची भारत निकासी भएको थियो।

images

मेची भन्सार कार्यालयले जनाएअनुसार चालु आव २०७९/८० को फागुन मसान्तसम्म (आठ महिना) मा नेपालबाट एक अर्ब १० करोड ९१ लाख रूपैयाँ मूल्य बराबरको तीन करोड ६८ लाख ६८ हजार छ सय छ क्युविक फिट प्लाइउड भारत निर्यात भएको छ। गत आव २०७८/७९ को सोही आठ महिनाको अवधिमा नेपालबाट २९ करोड सात लाख चार हजार रूपैयाँ मूल्य बराबरको चार लाख ६४ हजार चार सय ५८ क्युविक फिट प्लाइउड भारत निकासी भएको थियो।

उक्त आवको १२ महिनामा भने १० करोड ८० लाख ५२ हजार रूपैयाँ मूल्य बराबरको २४ लाख ५० हजार आठ सय २२ क्युविक फिट प्लाइउड भारत निकासी भएको थियो ।

पूर्वी पहाडका जिल्लामा अलैँची र अदुवाको खेती हुने गरेको छ भने प्लाइउडका कारखाना अधिकांश यहाँ जिल्लामा रहेका भएता पनि यसको कच्चा पदार्थका रूपमा प्रयोग हुने रुखहरू भने पहाडी जिल्लाबाटै आउने गरेको छ। रासस 


प्रकाशित : आइतबार, चैत २६ २०७९०५:३४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend