बिहीबार , असार ५ गते २०८२    
बिहीबार , असार ५ २०८२
images
images

गृहमन्त्री भेटेर ह्याचरी र दाना व्यवसायीले भने - भारतबाट स्विटकर्न भनेर मासु तस्करी हुँदा १ खर्ब ६० अर्ब लगानी जोखिममा

images
बिजनेस न्युज
बिजनेस न्युज
शनिबार, चैत २५ २०७९
images
images
गृहमन्त्री भेटेर ह्याचरी र दाना व्यवसायीले भने - भारतबाट स्विटकर्न भनेर मासु तस्करी हुँदा १ खर्ब ६० अर्ब लगानी जोखिममा

भारतमा समय समयमा देखा पर्ने बर्ड फ्लु रोगको संक्रमणले रोग मित्रने सन्त्रास र अवैध आयात हुँदा देशको राजश्व चुहावटसमेत हुने गरेको उल्लेख।

images
images

काठमाडौं- भारतबाट कुखुराको मासु र अन्डाको अवैध तस्करी रोक्न नेपाल दाना उद्योग संघ र नेप ह्याचरी उद्योग संघले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको ध्यानाकर्षण गराएका छन्। 

images
images
images

दाना संघका अध्यक्ष रविन पुरी र ह्याचरीका अध्यक्ष ऋषिराम पौडेलसहितको टोलीले उपप्रधानमन्त्री श्रेष्ठलाई भेटेर ध्यानाकर्षण गराएका थिए।

images
images

भेटमा उनीहरूले नेपालको कृषि क्षेत्रमध्ये पोल्ट्री व्यवसाय आत्मनिर्भर रहेको तर भारतबाट बढेको तस्करीले करिब १ खर्ब ६० अर्ब रुपैयाँ लगानी जोखिममा परेको बताएका थिए। 

images
images
images

५ लाख व्यक्तिलाई रोजगारी दिएको र आयात प्रतिस्थापन गर्दै सस्तो मूल्यमा गुणस्तरीय र पोषणयुक्त कुखुराको मासु र अण्डा उपलब्ध गराउदै आएको ब्यवसाय अबैध तस्करीले संकटमा परेको दुबै संघको प्रतिनिधिले गृहमन्त्रीलाई जानकारी गराएका थिए। 

'नेपालको पोल्ट्री क्षेत्रमा सबै भन्दा प्रमुख समस्या देशको खुला सीमानाका रहेको छ।  भारतीय सीमा नाकाहरूवाट अवैध रुपमा पोल्ट्रीजन्य वस्तुहरू चल्ला, कुखुरा, तयारी मासु र अण्डा दिनहु भित्रँदा यस पेशालाई अत्यन्त ठुलो जोखिम रहेको छ' दुबै संघले बुझाएको ज्ञापन पत्रमा लेखिएको छ।

भारतमा समय समयमा देखा पर्ने बर्ड फ्लु रोगको संक्रमणले रोग मित्रने सन्त्रास र अवैध आयात हुँदा देशको राजश्व चुहावटसमेत हुने गरेको उल्लेख छ।

भारतबाट प्रज्ञापन पत्र लिएका मालबाहक कन्टेनरहरूमा स्वीट कर्न, फ्रेन्च फ्राई मात्र उल्लेख भइ भन्सार कार्यालयबाट पास भएमा मालबाहक कन्टेनरमा कुखुराको मासु, माछा भेटिने गरेको भन्दै उनीहरूले नाकामा कडाई गर्न आग्रह गरेका हुन्।

नेपालगन्ज, कृष्णनगर, भैरहवा, धनगढी, तौलिहवा, त्रिवेणी, परासी, विरगन्ज, वारा, पर्सा, रौतहट, सर्लाही, मलगवा, जलेश्वर, विराटनगर नाकाहरूबाट अवैध रुपमा कुखुरा, तयारी मासु, चल्ला, अण्डा आयात हुने गरेको उनीहरूको दाबी छ।

विशेष गरी भारतीय सीमा नाकाहरूका जिल्लामा सञ्चालित कोल्ड स्टोर्सहरूले भारतबाट अवैध रुपमा कुखुरा आयातगरि ड्रेसिङ्ग गरेर नेपालका प्रमुख शहरहरूमा कुखुराको मासु निर्यात गरिरहेको, 
भारतीय सीमा नाकाका भन्सार कार्यालयमा सतर्कतापूर्वक चेक जाँच नगर्ने गरेको उनीहरूको गुनासो छ।

सिमामा गृह मातहतकै सशस्त्र प्रहरी बल खटिदै आएको छ। दुबै संघले भारतीय सीमा नाकाहरूबाट आयात हुने चल्ला, कुखुरा, तयारी मासु, अण्डाहरूको नियन्त्रणका लागि सुरक्षा निकायहरूलाई आवश्यक निर्देशन दिन माग गरेका थिए।

ब्यबसायीको गुनासो सुनेपछि गृहमन्त्री श्रेष्ठले सरकार ह्याचरी मात्र नभई कुनै पनि प्रकारको तस्करी हुन नदिनेगरि अगाडि बढेको बताएका थिए।

आत्मनिर्भर बनिसकेको दाना र ह्याचरी उद्योगलाई असर पर्ने कुनै पनि गतिविधी सह्य नहुने र यसमा संलग्न जो कोहीलाई कारबाही दायरामा ल्याउने भन्दै उनले तत्काल सम्बन्धित निकायलाई मन्त्रालयबाट निर्देशन जाने वचन दिएका थिए।


प्रकाशित : शनिबार, चैत २५ २०७९०९:४८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend