बिहीबार , कात्तिक ८ गते २०८१    
images
images

मैलुङ-स्याफ्रुबेँसी सडक : ठेक्का अवधि सकियो, पर्खाल लगाउनेबाहेक केही भएन काम

images
बिजनेस न्युज
बिजनेस न्युज
शनिबार, चैत २५ २०७९
images
images
मैलुङ-स्याफ्रुबेँसी सडक : ठेक्का अवधि सकियो, पर्खाल लगाउनेबाहेक केही भएन काम

ठेक्काको अवधि गत माघ २४ मा सकिएको थियो। तर सडकखण्डमा २५ प्रतिशत प्रगति मात्रै भएको छ।

images
images

काठमाडौं- निर्माण सम्पन्न गर्नुपर्ने अवधि सकिँदा मैलुङदेखि स्याफ्रुबेँसीसम्मको सडकमा छेउमा पर्खाल लगाउनेबाहेकको अरु काम हुन सकेको छैन। लामो समयसम्म निर्माण व्यवसायी सम्पर्कमा नहुँदा सो सडक निर्माण ठप्प रहेको थियो।

images
images
images

झण्डै एक वर्षपछि अहिले काम सुरु भएको गल्छी-त्रिशूली-मैलुङ-स्याफ्रुबेँसी-रसुवागढी सडक योजनाले जनाएको छ। यो सडक खण्डमा २५ प्रतिशत प्रगति मात्रै रहेको योजनाका प्रमुख ध्रुवकुमार श्रेष्ठले जानकारी दिए। उनले भने, 'निर्माण व्यवसायीले काम नगरेर निर्माण सुस्त भएको हो।'

सरकारी वन क्षेत्रमा पर्ने भएकाले यो सडकखण्डमा जग्गा मुआब्जाको समस्या कम रहेको योजनाले जनाएको छ। निर्माण व्यवसायी लामो समय सम्पर्कविहीन रहेकामा अहिले सम्पर्कमा ल्याएर काम गराउन लागिएको प्रमुख श्रेष्ठले बताए। उनले भने, 'बैंकबाट ताकेता गरेर सम्पर्कमा ल्याइएको छ, व्यवसायीले हामीलाई नयाँ व्यवस्थापनसहित काम गर्छु भनेको छ।' 

images

सो ठेक्काको अवधि गत माघ २४ मा सकिएको थियो। अवधि थपका लागि निर्माण व्यवसायीले निवेदन दिएको उनले बताए। कामको प्रगति हेरेर निर्माणको काम अघि बढाए मात्रै थप हुने उनको भनाइ छ। उनका अनुसार काम चितबुझ्दो भएन, कामको गति बढाएन र जनशक्ति बढाएन भने थप नहुन पनि सक्छ। 

images

एक महिनादेखि अहिले जनशक्ति र उपकरण थप्न थालेको उनले जानकारी दिए। अहिले तीन मेसिन र एक सय जना जनशक्ति रहेकामा योजनाले निर्माण कम्पनीललाई थप गर्न भनेको उनले बताए। उनले भने, 'गति बढाउँदा अवधि थप्ने नभए जरिवाना लगाउनुपर्ने हुन्छ।'

सडकको तल्लोपट्टि खोला रहेकामा त्यसमा पर्खाल लगाउने काम भइरहेको छ। त्यो सकिएपछि नाली बनाएर ग्राभेल गरेर कालोपत्र गरिने उनले बताए। यो सडक सरकारको बजेटबाट निर्माण भइरहेको छ। 

भारतीय कम्पनी भारत कन्स्ट्रक्सन र नेपाली कम्पनी सिद्धि शाही कन्स्ट्रक्सनलाई निर्माणको जिम्मेवारी दिइएको छ। मैलुङदेखि स्याफ्रुबेँसीसम्मको सडकको लम्बाई १९ किमी रहेको छ। रासस


प्रकाशित : शनिबार, चैत २५ २०७९०९:०४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend