शुक्रबार, वैशाख २८ गते २०८१    
images
images

सन्निकट मनसुन र सडक : सहज यात्राका लागि कस्तो छ सरकारको तयारी?

images
images
images
सन्निकट मनसुन र सडक : सहज यात्राका लागि कस्तो छ सरकारको तयारी?

कतै बाढीले सडक बगाउने त कतै पहिराेले अवरुद्ध गराउने। आवतजावत नै ठप्प हुनेगरी कतै सडकै भासिने गर्छ बर्सातमा। 

images
images

काठमाडौं- सडक विभागले अहिले राष्ट्रिय राजमार्गहरूको स्तरोन्नतिको काम खण्डखण्डमा विभाजन गरेर गरिरहेको छ।

images
images
images

मनसुन सुरु हुनै लाग्दा पूर्वाधार निर्माण तथा सडक स्तराेन्नति लगायतका काम धमाधम भइरहेका छन्। सडक विस्तारको काम सुरु भएसँगै आवतजावतमा समस्या देखिएको छ। बर्सातको समयमा अझ बढी समस्या देखिने गर्छ।

images

कतै बाढीले सडक बगाउने त कतै पहिराेले अवरुद्ध गराउने। आवतजावत नै ठप्प हुनेगरी कतै सडकै भासिने गर्छ बर्सातमा। 

images

भर्खरभर्खरै सुरु भएका सडकको स्तरोन्नतिको काम तत्कालै सम्पन्न हुने अवस्था छैन। वर्षामा सहज यात्राका लागि सडक विभागले कस्तो तयारी गरिरहेको छ त? विभागले आपतकालीन मर्मत र व्यवस्थापनको विषयलाई प्राथमिकतामा राखेर काम गरिरहेको सडक विभागका महानिर्देशक सुशीलबाबु ढकालले जानकारी दिए।

images
images

'अहिले चलिरहेको राष्ट्रिय राजमार्गहरूको निर्माण तथा स्तरोन्नतिको अनुगमन अन्तर्राष्ट्रिय परामर्शदाताबाट भइरहेको छ। सडक विभागले पनि विभिन्न डिभिजनमार्फत काम गरिरहेको छ', उनले भने, 'आपतकालीन मर्मत र व्यवस्थापनको विषय पनि हाम्रो प्राथमिकतामा हो। यसका लागि प्रत्येक मनसुनभन्दा अगाडि नै विभागले योजनाबद्ध तयारी गरेको हुन्छ।' 

महानिर्देशक ढकालका अनुसार अहिले सडक विभागअन्तर्गत ८ वटा यान्त्रिक डिभिजनहरू छन्। त्यही यान्त्रिक डिभिजनहरूले मनसुनअगाडि नै आफूसँग रहेका मेसिन तथा उपकरणहरू तम्तयार अवस्थामा राखेका हुन्छन्। 'हामीलाई विगतमा दिनमा बढी समस्या दिने ठाउँहरूलाई लक्षित गरेर हामीले मेसिन तथा उपकरणको व्यवस्थापन गरेका हुन्छौँ। त्यसबाहेक पनि थप उपरकण तथा मेसिन तयारी अवस्थामा राखेका हुन्छौँ', उनले भने, 'यस पटकको हाम्रो लक्ष्य के हो भने कम्तिमा पनि ३० देखि ४५ मिनेटभित्र समस्या देखिएको ठाउँमा हाम्रो मेसिन तथा जनशक्ति पुग्ने भन्ने हो। यसरी नै व्यवस्थापनको काम भइरहेको छ।'

अहिले विभाग तथा विभिन्न डिभिजन मातहतमा २ सय ४३ वटा उपकरण छन्। जसमा १ सय ४३ वटा अवरोध हटाउने मेसिन नै छ। ७५ वटा त्यस्ता मेसिन बोक्ने तथा तेल हाल्ने मेसिनहरू छन्। यी सबै उपकरण तम्तयार अवस्थामा छन्। 

त्यसमा पनि नागढुंगा-मुग्लिन सडकखण्ड, मुग्लिनबाट पोखरा र नारायणगढ बुटवल सडकलाई अलि बढी प्राथिकताका साथ जनताले चासो राखेर हेरिरहेका छन्। यो हुनु स्वभाविक पनि हो। यी सडकमा अवरोधको खतरा धेरै हुन पनि सक्छ।

यी सडकमा अहिले विदेशी निर्माण व्यवसायीबाट काम भइरहेको र विदेशी परामर्शदाताबाट अनुगमन तथा परीक्षण भइरहेको उनले जानकारी दिए। यो सडकखण्डको राम्रो पक्ष हेर्ने हो भने निर्माण व्यवसायीलाई नै ट्राफिक व्यवस्थापनदेखि लिएर आपतकालीन समस्याको समाधानको जिम्मेवारी दिइएको उनले बताए। 

'यी सडक खण्डहरूका परामर्शदाता कम्पनीका टिम लिडरहरू पनि अन्तर्राष्ट्रिय नै छ। उसको जिम्मेवारी भनेको नेपाल सरकार र सडक विभागको तर्फबाट आवश्यक भूमिका खेल्ने हो', महानिर्देशक ढकालले भने, 'यसमा हामीले विभिन्न विज्ञहरू राखेका छौँ। विभागले त्यसमा क्वालिटी कन्ट्रोल विज्ञदेखि लिएर रोड सेफ्टी विज्ञसमेत रहेका छन्।'

विभागअन्तर्गत अहिले आपतकालीन रेसपोन्स प्रणाली पनि रहेको उनले जानकारी दिए। 'निर्माण व्यवसायीको प्रतिनिधि, परामर्शदाताको प्रतिनिधि र सडक विभाग तथा विभाग अन्तर्गतका डिभिजनका कर्मचारीबीच एउटा २४ घण्टा नै सक्रिय रहने सञ्चार च्यानल बनेको छ,' उनले भने, 'उनीहरूको सम्पर्क नम्बर सबैले थाह पाउने गरी सार्वजनिक नै हुन्छ। यसको विवरण हामीसँगसँगै सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा पनि हुन्छ र कुनै घटना भएको अवस्थामा जतिसक्दो चाँडो सम्बन्धित ठाउँमा पुग्ने हुन्छ। यसकारण मनसुनमा पनि यातायात सञ्चालन सहज अवस्थामा नै हुनेमा हामी विश्वस्त छौँ।'  

images

प्रकाशित : शनिबार, चैत २५ २०७९०७:१३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend