बिहीबार , कात्तिक ८ गते २०८१    
images
images

नारायणी नदी तटबन्धको प्रक्रिया सुरु हुने

images
बिजनेस न्युज
बिजनेस न्युज
शनिबार, चैत २५ २०७९
images
images
नारायणी नदी तटबन्धको प्रक्रिया सुरु हुने

हरेक बर्खायाममा गैँडाकोट नगरपालिकाको वडा नं १, २, ५, ६, ७ र ९ को नदी तटीय क्षेत्रमा नारायणी नदीको बाढी पस्दै आएको छ। 

images
images

नवलपुर- एकतर्फी रुपमा चितवनतर्फबाट नारायणी नदी तटबन्धको काम गरिएको भन्दै विरोध भएपछि एक हप्ताभित्र गैँडाकोटतर्फका किनारमा पनि तटबन्ध गर्नका विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गरिने भएको छ। 

images
images
images

अहिले नारायणी नदीको नारायणगढतर्फको किनारमा ‘सि बिच मोडल’ मा तटबन्धसहितको संरचना बन्दै गर्दा यसको कारण बर्खायाममा नदीको वहाव परिवर्तन भई गैँडाकोट डुबानको जोखिममा पर्ने भन्दै स्थानीयले विरोध जनाउँदै आएका थिए। नवलपरासी (बर्दघाट-सुस्तापूर्व) को गैँडाकोटका बासिन्दाले संघर्ष समिति बनाएर आन्दोलनका कार्यक्रम गर्दै आएका थिए।

स्थानीयले आन्दोलन चर्काउँदै लगेपछि शुक्रबार नगरपालिकामा गैँडाकोट बचाऔँ संघर्ष समिति, नारायणी नदी व्यवस्थापन आयोजना र गैँडाकोट नगरपालिकाबीच तीन बुँदे सहमति गरिएको छ। 

images

गैँडाकोटतर्फको किनारमा पनि तटबन्ध निर्माणको प्रक्रिया अघि बढाउने गरी सहमति भएपछि स्थानीयले जारी आन्दोलनलाई स्थगित गरेका छन्। नवलपुरतर्फका बासिन्दाको माग सम्बोधन गर्ने गरी काम अगाडि बढाउने सहमति भएको आयोजना प्रमुख गणेश मरासिनीले जानकारी दिए। हरेक बर्खायाममा गैँडाकोट नगरपालिकाको वडा नं १, २, ५, ६, ७ र ९ को नदी तटीय क्षेत्रमा नारायणी नदीको बाढी पस्दै आएको छ। 

images

नदीको नारायणगढतर्फ मात्रै संरचना बनाइँदा डुबानको जोखिम झनै बढ्ने स्थानीयको चिन्तालाई गम्भीर रुपमा लिँदै आगामी एक साताभित्रै उपभोक्ता समिति गठन गरी तटबन्धको प्रक्रिया अगाडि बढाइने सहमति भएको मरासिनीले बताए।

'नारायणी नदीको पुलबाट उत्तरतर्फ सि बिच मोडलमा बन्दै गरेका संरचनाको दीर्घकालीन व्यवस्थापनका लागि गैँडाकोट क्षेत्रमा पनि संरक्षणका कार्य अघि बढाउनुपर्ने आवश्यकता महसुस गर्दै आयोजनाकै तर्फबाट आगामी एक साताभित्र तटबन्धका लागि डीपीआर प्रक्रिया अघि बढाइनेछ', सहमति भएका विषयबारे जानकारी गराउँदै उनले भने, ‘गैँडाकोट-६ र ९ स्थित किनार क्षेत्र संरक्षण गर्ने सन्दर्भमा पनि आयोजनाले स्थलगत अध्ययन गरी आवश्यक कार्य अघि बढाउने निर्णयमा पुगेका छौँ।' 

त्रिपक्षीय सम्झौतापछि गैँडाकोटका नगरप्रमुख मदनभक्त अधिकारीले नदी र आसपासको क्षेत्र संरक्षणका लागि महत्वपूर्ण निर्णय भएको बताए। तटबन्धको डीपीआर, संरचना निर्माणलगायत सहजीकरणका लागि आफू सदैव तयार रहेको पनि उनले प्रतिबद्धता जनाए। सहमतिपछि संघर्ष समितिका संयोजक गोकुल सापकोटाले आन्दोलनका सबै कार्यक्रम तत्काललाई स्थगन गरिएको जानकारी दिए। रासस 


प्रकाशित : शनिबार, चैत २५ २०७९०५:४०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend