बिहीबार , कात्तिक ८ गते २०८१    
images
images

सिंहदरबारको फोहर नउठाउने मेयर बालेनको घोषणा

images
बिजनेस न्युज
बिजनेस न्युज
शनिबार, चैत २५ २०७९
images
images
सिंहदरबारको फोहर नउठाउने मेयर बालेनको घोषणा

'साँच्चिकै देश सफा गर्नु परे, त्यहाँका नेताहरुलाई सिसडोलमा डम्प गर्नुपर्ने हुन्छ', बालेनले भनेका छन्।

images
images

काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ‘बालेन’ ले सिंहदरबारको फोहर नउठाउने घोषणा गरेका छन्। 

images
images
images

साहले सामाजिक सञ्जाल फेसबुकमार्फत सिंहदरबारको फोहर नउठाउने बताएका हुन्। 'आजबाट सिंहदरबारको फोहर उठ्दैन', उनले फेसबुकमा लेखेका छन्, 'साँच्चिकै देश सफा गर्नु परे, त्यहाँका नेताहरुलाई सिसडोलमा डम्प गर्नुपर्ने हुन्छ।'

बालेन महानगरको मेयरमा निर्वाचित भएलगत्तै धादिङको बन्चरेडाँडा र नुवाकोटको सिसडोलमा फोहर फ्याँक्ने काममा स्थानीयले अवराेध सुरु गरेका थिए। यसमा संघीय र स्थानीय दुवै सरकारले असहयोग गरेपछि अवराेध भएको थियो।

images

पटकपटकको वार्तापछि मात्रै केही महिनायता मात्रै सहज भएकामा सरकारले सुकुमबासी बस्ती हटाउनमा पनि अप्रत्यक्ष रुपमा पुन: अवरोध खडा गरेर असहयोग गरेपछि मेयर बालेन आक्रोशित भएका हुन्।

images

शुक्रबार महानगरले गैरीगाउँस्थित बागमती किनारको सुकुमबासी बस्तीमा डोजर चलाउन खोज्दा असहयोग भएपछि उनले सामाजिक सञ्जालमा आक्रोश पाेखेका हुन्। बालेन पटकपटक संघीय सरकारमाथि खनिँदै आएका छन्। 

यसअघि थापाथलीको सुकुमबासी बस्ती हटाउन खोज्दा पनि उनले सरकारको सहयोग पाएका थिएनन्। उल्टो उनको विरुद्ध प्रदर्शनहरु भएका थिए। न त फुटपाथ हटाउँदा नै उनले संघीय सरकारको सहयाेग पाए।


प्रकाशित : शनिबार, चैत २५ २०७९०५:२४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend