सोमबार, वैशाख २४ गते २०८१    
images
images

नेक्सन, पन्च, सफारीलगायतले पुनः ‘एसयूभी स्पेस’मा पहिलो बनेको टाटा मोटर्स 

images
images
images
नेक्सन, पन्च, सफारीलगायतले पुनः ‘एसयूभी स्पेस’मा पहिलो बनेको टाटा मोटर्स 

आर्थिक वर्ष २०२३ मा टाटाले बिक्री गरेको कुल प्यासेन्जर कारमा दुई तिहाइ हिस्सा एसयूभीले ओगटेको टाटा मोटर्स प्यासेन्वर भेहिकल तथा प्यासेन्जर इलेक्ट्रिक मोबिलिटीका प्रबन्ध निर्देशक शैलेश चन्द्रले बताएका छन्।

images
images

काठमाडौं- भारतीय सवारी उत्पादक टाटा मोटर्स कमर्सियल सवारीबाट उदय भएको कम्पनी हो। तर प्यासेन्जर कार प्रति उपभोक्ताको आकर्षक बढ्दै गएको र भारतमा अन्य देशका कम्पनी कार उत्पादनमा आक्रामक देखिएपछि टाटा मोटर्सले पनि कार उत्पादनमा हात हाल्यो।

images
images
images

कार उत्पादनमा होमिएको टाटा सुरुवाती वर्षमा ठीकै भएपनि त्यसको केही वर्षपछि प्यासेन्जर कार डिभिजन नै बिक्री गर्न हिँडेको थियो। तर टाटाको यो निर्णयमा कसैले साथ नदिएपछि टाटा ग्रुपका पूर्वअध्यक्ष रतन टाटाले कठोर अवस्थाको सामना गरेरै भएपनि प्यासेन्जर कार बनाउने निधो गरेर र आरएन्डीमा ठूलो लगानी गरे। फलस्वरुप टाटाले प्यासेन्जर कार सेगमेन्टमा आजको सफलता हात पारेको हो। 

images

केही वर्षअद्दि एसयूभी (स्पोर्टस युटिलिटी भेहिकल) सेगमेन्टमा टाटा मोटर्स अग्रस्थानमा थियो। बीचमा टाटाको उक्त ताज महिन्द्रा एन्ड महिन्द्राले लगेको थियो। तर २०२२ को प्यासेन्जर कार बिक्री तथ्यांक आइपुग्दा टाटाले भारतको सर्वाधिक एसयूभी बिक्री गर्ने ताज पुनः आफैमा फर्काएको द इकोनोमिक टाइम्सले लेखेको छ। गत वर्ष टाटाको नेक्सन र पन्चको बिक्रीले टाटालाई एसयूभी सेगमेन्टमा पुनरागनम गर्न महत्वपूर्ण भूमिका खेलेको हो।

images

गएको आर्थिक वर्षमा टाटाको एसयूभी बिक्री ५८ प्रतिशतले बढेर ३ लाख ५७ हजार २ सय ४९ वटा बिक्री भएको हो। यता महिन्द्राले सोही अवधिमा ३ लाख ५४ हजार ७ सय १२ वटा एसयूभी कार बिक्री गर्दै दोस्रो भएको छ। महिन्द्राको बिक्री अनुमानित सहर नै भएपनि टाटाको एसयूभी बिक्री उल्लेख्य रुपमा बढको हो। एमपीभी माराजोसमेतको बिक्रीलाई गणना गर्ने हो भने महिन्द्राले ३ लाख ५६ हजार ९ सय ६१ वटा युटिलिटी भेहिकल बिक्री गरेको हो। 

images
images

आर्थिक वर्ष २०२३ मा टाटाले बिक्री गरेको कुल प्यासेन्जर कारमा दुई तिहाइ हिस्सा एसयूभीले ओगटेको टाटा मोटर्स प्यासेन्वर भेहिकल तथा प्यासेन्जर इलेक्ट्रिक मोबिलिटीका प्रबन्ध निर्देशक शैलेश चन्द्रले बताएका छन्। एसयूभी सेगमेन्टको माग उल्लेख्य रुपमा बढेको र टाटाका उत्कृष्ट उत्पादनले त्यो हासिल गर्न सम्भव भएको उनको भनाइ छ। 

टाटाले सार्वजनिक गरेको नयाँ एसयूभी र विद्युतीय एसयूभीको बिक्रीले पनि उक्त उपलब्धीमा महत्वपूर्ण भूमिका खेलेको टाटा मोटर्सले जनाएको छ। गत वर्ष टाटाका एसयूभी नेक्सन, पन्च, ह्यारियर र सफारीको बिक्री वार्षिक रुपमा हालसम्मको धेरै भएको हो। 

यता महिन्द्राको पनि एसयूभी सेगमेन्टका सवारीको बिक्री बढेको छ। गत वर्ष महिन्द्राले पनि नयाँ स्कर्पियो, थार तथा एक्सयूभी७०० सार्वजनिक गरेको थियो। आम्दानीका आधारमा एसयूभी सेगमेन्टमा महिन्द्रा नै पहिलो भएको दाबी गरेको छ। 

महिन्द्राले २०२० देखि नै एसयूभी सेगमेन्टका सवारी उत्पादनमै केन्द्रित भएर काम गर्दै आएको महिन्द्रा एन्ड महिन्द्राका कार्यकारी निर्देशक राजेश जेजुरिकरले बताएका छन्। महिन्द्राको स्कर्पियो क्लासिक र एन, थार तथा एक्सयूभी७०० मागमा उछाल आएको र अहिले पनि एक वर्षसम्म पर्खाइ अवधि रहेको उनको भनाइ छ। यो वर्ष महिन्द्राको ध्यान ब्रान्डभ्यालु बनाउनमै केन्द्रित भएको र ईभीको प्लेटफर्म बनाउनमा लागेको राजेशको भनाइ छ। 

भारतीय बजारमा एसयूभी सेगमेन्टको विस्तार अझै केही वर्षसम्म कायम रहने सोसाइटी अफ इन्डियन अटोमोबाइल म्यानुफ्याक्चरर्सले जनाएको छ। आगामी केही वर्ष भारतको एसयूभी सेगमेन्टको वार्षिक औषत वृद्धि १० प्रतिशत हुने अनुमान गरिएको छ। एसयूभी सेगमेन्टको वृद्धि बढाउनमा मारुती सुजुकी, हुन्डाई, टाटालगायत ब्रान्डले ल्याउनेले उत्पादनले महत्वपूर्ण भूमिका खेल्नेछ। 

भारतबाट टाटा, सुजुकी, हुन्डाईले निर्यात गर्ने कारमा एसयूभीको पनि हिस्सा बढी नै रहेको छ। नेपाली बजारमा पनि प्यासेन्जर कारमा एसयूभीकै हिस्सा क्रमिक रुपमा बढ्दै गएको छ। बाटो सुहाउँदा, उच्च ग्राउन्ड क्लियरेन्स र पर्फमेन्सका कारण एसयूभी सेगमेन्टको बिक्री बढेको हो। नेपालमा आउने कार मध्ये भारतमै बनेको संख्या धेरै छ। त्यसैले पनि भारतमा राम्रो संख्यामा बिक्री भएका कार नेपालमा पनि चल्ने गरेको छ। 

images

प्रकाशित : शनिबार, चैत २५ २०७९०८:१९

प्रतिक्रिया दिनुहोस