सोमबार, वैशाख २४ गते २०८१    
images
images

सर्वाधिक धेरै विद्युतीय कार बिक्री हुने १० देश

images
images
images
सर्वाधिक धेरै विद्युतीय कार बिक्री हुने १० देश

नर्वेमा बिक्री हुने कुल कारमा विद्युतीय कारको हिस्सा ८६ प्रतिशत रहेको छ। नर्वे सरकारले आयात हुने विद्युतीय कारमा लाग्ने कर र अन्य खर्च पूर्णसहुलियत दिएको छ।

images
images

काठमाडौं- विद्युतीय कार उत्पादक र उपभोक्ता दुवै बढ्दै गएका छन्। यसको पुष्टि संसारभर बढ्दै गएको विद्युतीय सवारी बिक्रीको तथ्यांकले गर्छ। नेपाल, भारत, चीनसहित विश्वभर नै विद्युतीय कारको बिक्री बढिरहेको छ। विद्युतीय कारको बिक्री दिनदिनै बढ्दो छ। 

images
images
images

स्टार्टअपदेखि परम्परागत सवारी उत्पादक कम्पनीसम्मले विद्युतीय सवारी उत्पादनलाई नै प्राथमिकता दिन थालेका छन्। त्यस्तै सबै कम्पनीहरुले आविष्कारमा ठूलो लगानी गरिरहेकाले नयाँ नयाँ प्रविधि समेत आउने क्रममा छन्। विद्युतीय सवारीको सबैभन्दा ठूलो चुनौती ब्याट्रीको मूल्य नै हो। ब्याट्रीको मूल्य विगतको तुलनामा केही घटेपनि अझै महँगै छ। त्यसैले विद्युतीय सवारी महँगो छ। 

images

यसका बावजुत विद्युतीय सवारीको बिक्री बढिरहेको छ। आईईए ग्लोबल ईभीले हालै संसारका १० धेरै विद्युतीय कार बिक्री हुने देशको तथ्यांक सार्वजनिक गरेको छ। युरोपका धेरै देशहरुले विद्युतीय सवारीको प्रयोगलाई उच्च प्राथमिकता दिएका छन्। त्यसैले धेरै विद्युतीय कार बिक्री हुने देशको अग्रस्थानमा युरोपेली देश नै रहेको छ। 

images

नर्वेले विद्युतीय कार बिक्रीलाई उच्च प्राथमिकता दिएको छ। कार्बन न्यूनीकरणमा महत्वपूर्ण योगदान गर्नेभन्दै नर्वेले विद्युतीय सवारीको प्रयोगलाई विशेष प्राथमिकता दिएको छ। हाल नर्वेमा बिक्री हुने कुल कारमा विद्युतीय कारको हिस्सा ८६ प्रतिशत रहेको छ। नर्वे सरकारले आयात हुने विद्युतीय कारमा लाग्ने कर र अन्य खर्च पूर्णसहुलियत दिएको छ। नर्वेमा टेस्ला, फक्सवागतलगायत ब्रान्डका कार धेरै बिक्री हुँदै आएको छ।  

images
images

त्यस्तै दोस्रो धेरै विद्युतीय कार बिक्री हुने देश आइसल्यान्ड हो। अहिले आइसल्यान्डमा बिक्री हुने कुल कार विद्युतीय कारको हिस्सा ७२ प्रतिशत रहेको छ। आइसल्यान्डमा निसानको लिफ सबैभन्दा बढी रुचाइएको छ। 

तेस्रो धेरै विद्युतीय कार बिक्री हुनेमा स्वीडेन रहेको छ। हाल स्वीडेनमा बिक्री हुने कुल कारमा विद्युतीय कारको हिस्सा ४३ प्रतिशत रहेको छ। स्वीडेनमा भने फक्सवागनको आईडी फोर विद्युतीय कार सर्वाधिक बिक्री हुँदै आएको छ। 

धेरै विद्युतीय कार बिक्री हुने अर्को देश हो डेनमार्क। डेनमार्कमा बिक्री हुने कारमा विद्युतीय कारले ३५ प्रतिशत हिस्सा ओगटेको छ। डेनमार्कमा टेस्लाको मोडल एस कार धेरै बिक्री हुनेमा पर्छ। 

विद्युतीय कार धेरै बिक्री हुने देशको सूचीमा फिनल्यान्ड पाँचौं स्थानमा रहेको छ। देशमा बिक्री हुने कुल कारमध्ये विद्युतीय कारको हिस्सा ३१ प्रतिशत रहेको छ। फिनल्यान्डमा पनि फक्सवागनको आईडी फोर विद्युतीय कार नै धेरै बिक्री हुँदै आएको छ। 

छैटौं स्थानमा रहेको नेदरल्यान्डमा बिक्री हुने कुल कारमध्ये विद्युतीय कारको हिस्सा ३० प्रतिशतभन्दा धेरै रहेको छ। नेदरल्यान्डमा टेस्लाको कार धेरै रोजाइमा पर्ने गरेको छ। 

संसारका चर्चित र विलासी कार निर्माता कम्पनी मध्येका मर्सिडिज, बीएमडब्लू, अउडीलगायत जर्मन ब्रान्ड हुन्। यी कम्पनीहरुले पनि विद्युतीय कार उत्पादनलाई प्राथमिकता दिएका छन्। तर जर्मनीमा हाल धेरै बिक्री हुने विद्युतीय कार भने टेस्ला मोडल थ्री हो। हाल जर्मनीमा बिक्री हुने कुल कार मध्ये विद्युतीय कारको हिस्सा २६ प्रतिशत छ। 

धेरै विद्युतीय कार बिक्री हुने देशको सूचीमा स्वीजरल्यान्ड आठौं स्थानमा रहेको छ। स्वीजरल्यान्डमा हाल बिक्री हुने कुल कारमध्ये २२ प्रतिशत विद्युतीय कार रहेका छन्। यहाँ पनि टेस्लाका कार नै अलिबढी बिक्री हुँदै आएको छ। 

नवौं धेरै विद्युतीय कार बिक्री हुने देशमा पोर्चुगल छ। पोर्चुगलमा हाल बिक्री भइरहेका समग्र कारमा विद्युतीयको हिस्सा २० प्रतिशत छ। पोर्चुगलमा पनि टेस्लाका विद्युतीय कार नै बढी रुचाइने गरेको छ। 

१० धेरै विद्युतीय कार बिक्री हुने देशको अन्तिम नम्बरमा बेलायत रहेको छ। बेलायतमा हाल बिक्री हुँदै आएको कुल कारमध्ये १९ प्रतिशत हिस्सा विद्युतीयको छ। 

संख्याका आधारमा धेरै विद्युतीय कार बिक्री हुने देशमा चीन भएपनि प्रतिशतका आधारमा चीनमा कम नै रहेको छ।

त्यस्तै भारतमा पनि प्रतिशतका आधारमा कुल बिक्रीमा विद्युतीय कारको हिस्सा एकाध प्रतिशतमात्र रहेको छ। त्यस्तै नेपाल पनि विद्युतीय कारको बिक्री बढ्दै गएपनि कुल कार बिक्रीमा विद्युतीयको हिस्सा कम नै छ। तर यो वर्षको आयात प्रतिबन्धको समयमात्र गणना गर्ने हो भने विद्युतीय कार बिक्रीको हिस्सा उल्लेख्य रहेको छ।

images

प्रकाशित : शुक्रबार, चैत २४ २०७९१२:५४

प्रतिक्रिया दिनुहोस