बुधबार, असार ३१ गते २०८३    
बुधबार, असार ३१ २०८३

घट्दो बजारमा दोस्रो बजारका आकर्षक नबिल र एनआईसी, कुनको सेयर किन्ने? यस्ता छन् सूचक

शनिबार, चैत २५ २०७९
घट्दो बजारमा दोस्रो बजारका आकर्षक नबिल र एनआईसी, कुनको सेयर किन्ने? यस्ता छन् सूचक

नबिल बैंकको सेयर बिहीबार प्रतिकित्ता ५९२ रुपैयाँमा कारोबार भएको छ। यो मूल्य पछिल्लो पाँच वर्षयताकै सस्तो हो। 

काठमाडौं- दोस्रो बजारमा वाणिज्य बैंकतर्फ नबिल र एनआईसी एसिया बैंंक सधैँ चर्चामा हुने गरेको छ। नबिल बैंक सधैँभरी लगानीकर्तालाई आकर्षक लाभांश दिने बैंकको रुपमा परिचित छ। त्यसैगरी एनआईसी एसिया पनि पछिल्लो समय गरेको व्यापार विस्तार र नाफाले चर्चित रहेको छ।

बैंकले लाभांश वितरण गर्न नपाएका कारण आउने वर्ष लाभांश दिने आशाले गर्दा पनि आर्कर्षित हुने गरेका छन्। सोही कारण पनि सस्तो भएका बेला सेयर खरिद गर्न सक्दा अर्को वर्ष लगानीकर्ताहरुले मनग्य फाइदा लिन सक्नेछन्। 

एनआईसी एसिया

लगातार बढिरहेको एनआईसी एसियाको सेयर मूल्य केही सातायता निरन्तर घटिरहेको छ। साताको अन्तिम  दिन बिहीबारसम्म  ६ सय ९७ रुपैयाँमा कारोबार भएको छ। 

वाणिज्य बैंकतर्फ दोस्रो बजारमा सबैभन्दा महँगो भएको बैंकको सेयर मूल्य घटेर ६ सय ९७ रुपैयाँमा झरेको हो। मूल्य बढेर ८ सय ६१ रुपैयाँसम्म पुगेको थियो। लगातार बढेर उच्च मूल्य भएको समयमा लगानीकर्ताले नाफा बुक गर्न खोज्दा बिक्रीको चाप परेको छ। जसका कारण सेयर मूल्य घटेको हो।

बैंकको सञ्चिति कोषमा ४७ प्रतिशतले बढेको छ। ब्याजदर आम्दानी पनि बढेको छ। वितरणयोग्य नाफा पनि ३४ प्रतिशतले बढेको छ। एनआईसी एसिया बैंक लाभांश नदिए पनि सूचकमा देखिएको वृद्धिले लगानीकर्तामा आकर्षण देखिएको छ। बैंकले चालु वर्षको पहिलो ६ महिनामा ३ अर्ब २७ करोड रुपैयाँ नाफा गरेको छ।

बैंकले दोस्रो त्रैमाससम्म उक्त नाफा गर्न सफल भएको हो। गतवर्षको तुलनामा ३६ प्रतिशतको वृद्धि हो। दोस्रो त्रैमाससम्ममा कर्जा व्यवसायतर्फ कुल कर्जा रकम २६६.६८ अर्ब पुर्‍याउन सफल भएको छ। साथै निक्षेपतर्फ कुल निक्षेप संकलन ३०८.७० अर्ब पुर्‍याउन बैंक सफल भएको छ। 

यसैगरी बैंकको पुँजी प्रतिफल २४.७५ प्रतिशत रहेको छ। बैंकले वार्षिक प्रति सेयर आम्दानी ५६.७७ आर्जन गर्न बैंक सफल भएको छ। स्वपुँजीमा प्रतिफल र प्रति सेयर आम्दानी २२ वटै वाणिज्य बैंकहरूमध्ये सबैभन्दा बढी रहेको अनुमान बैंकले गरेको छ। बैंकले कर्जा असुलीमा निकै उत्साहजनक नतिजा हासिल गर्न सफल भइ निष्कृय कर्जा अनुपातलाई दोस्रो त्रैमाससम्ममा ०.६१ प्रतिशतमा सीमित राख्न बैंक सफल भएको छ।

नबिल बैंक

नबिल बैंकको सेयर मूल्य लगातार घटिरहेको छ। नबिलको सेयर बिहीबार प्रतिकित्ता ५९२ रुपैयाँमा कारोबार भएको छ। यो मूल्य पछिल्लो पाँच वर्षयताकै सस्तो हो। 

एकवर्ष अगाडि बढेर ११ सय ४९ रूपैयाँसम्म पुगेको नबिल बैंकको सेयर मूल्य ५८६ रुपैयाँमा झरेको थियो। बैंकको सेयर मूल्य अझै केही समय घट्ने देखिन्छ। तर पनि दीर्घकालीन लगानीकर्ताका लागि भने खरिद गर्ने उपयुक्त अवसर आएको छ।  बैंकको सेयर मूल्य एकवर्षको अवधिमा ४० प्रतिशत घटेको छ। बैंकको पीई रेसियो २६.२३ गुणा रहेको छ। बुक भ्यालु १ सय ९९ रुपैयाँ रहेको छ। 

नबिलले लगानीकर्तालाई लगातार आकर्षक लाभांश दिइरहेको छ। गत वर्षको नाफाबाट पनि बैकले ३० प्रतिशत लाभांश वितरण गरिसकेको छ। चालु आर्थिक वर्षको दोस्रो त्रैमासम्म नबिल बैंकले ३ अर्ब ४१ करोड ७६ लाख ९८ रुपैयाँ नाफा कमाएको छ। जुन गत आवको सोही अवधिको तुलनामा ५६.६७ प्रतिशत बढी हो। 

गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले २ अर्ब १८ करोड १४ लाख २० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। पुस मसान्तसम्म बैंकको वितरणयोग्य नाफा ९७ करोड १३ लाख ६९ हजार रुपैयाँ रहेको छ।

यो अवधिमा बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा आएको सुधारले नाफा बढेको छ। पुस मसान्तसम्म बैंकको खुद ब्याज आम्दानी ८५.६३ प्रतिशतले बढेर ७ अर्ब ८३ करोड २९ लाख ५६ हजार रुपैयाँ पुगेको छ।

बैंकको सञ्चालन नाफा ५६.०७ प्रतिशतले बढेर ४ अर्ब ८६ करोड १७ लाख ९६ हजार रुपैयाँ पुगेको छ। बैंकको प्रतिसेयर आम्दानी २५ रुपैयाँ ३३ पैसा पुगेको छ भन् प्रतिसेयर नेटवर्थ १९९ रुपैयाँ १२ पैसा रहेको छ।

२७ अर्ब ५ करोड ६९ लाख ९७ हजार रुपैयाँ चुक्ता पुँजी भएको बैंकको जगेडा कोषमा २५ अर्ब ५७ करोड ४१ लाख ४० हजार रुपैयाँ रहेको छ। ३ खर्ब ४७ अर्ब ४६ करोड १६ लाख ६२ हजार रुपैयाँ निक्षेप संकलन गरेको बैंकले ३ खर्ब १५ अर्ब ६४ करोड १५ लाख २९ हजार कर्जा लगानी गरेको छ।


प्रकाशित : शनिबार, चैत २५ २०७९०३:०७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend