बिहीबार , असार ५ गते २०८२    
बिहीबार , असार ५ २०८२
images
images

सिन्धुपाल्चोक बाढी प्रभावितलाई जग्गा उपलब्ध गराइने

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, चैत २४ २०७९
images
images
सिन्धुपाल्चोक बाढी प्रभावितलाई जग्गा उपलब्ध गराइने

विसं २०७८ असार १ गतेयता आएको बाढीले हेलम्बु, मेलम्ची र पाँचपोखरीमा गरी ५ सय ५१ घर बगाएको थियो।

images
images

सिन्धुपाल्चोक- सिन्धुपाल्चोकको याङ्ग्री लार्केमा आएको बाढीबाट प्रभावित ११ परिवारलाई जग्गा उपलब्ध गराइने भएको छ। उनीहरुको स्थायी आवासको व्यवस्था गर्न जग्गा खरिद सम्झौता गरिएको छ।

images
images
images

पाँचपोखरी थाङ्पाल गाउँपालिकाको उत्तरी भेग याङ्ग्री लार्के खोलामा २०७८ असार १ गते गएको बाढीले अत्यधिक क्षति पुर्‍याएको थियो। बाढीबाट प्रभावित याङ्ग्रीका दलित बस्तीका ११ परिवारका लागि स्थायी आवास निर्माण गर्न जग्गा खरिदको सम्झौता गरिएको गाउँपालिकाका अध्यक्ष टासी लामाले जानकारी दिए। बाढीबाट एक सय ७९ परिवार प्रभावित भएका थिए। 

images
images

'यीमध्ये १३ परिवारको घर पुनःनिर्माण तथा बाँकीलाई पुनःस्थापना गर्नुपर्ने अवस्था छ', उनले भने।

images
images
images

हालसम्म २२ परिवारका लागि जग्गा खरिद गरिएको छ। पाँच परिवारले घर निर्माण सम्पन्न गर्दैछन्। प्रमुख प्रशासकीय अधिकृत कृष्णहरि पौडेलका अनुसार बाढीबाट प्रभावितका लागि आवास निर्माण गर्न प्रति परिवार पाँच लाख रूपैयाँ तथा जग्गा नहुनेलाई थप तीन लाख रूपैयाँ दिइनेछ।  

'यसमा गाउँपालिकाले १० र नगरपालिकाले १५ प्रतिशत  साझेदारी गर्नुपर्ने छ', उनले भने। विसं २०७८ असार १ गतेयता आएको बाढीले हेलम्बु, मेलम्ची र पाँचपोखरीमा गरी ५ सय ५१ घर बगाएको थियो। रासस


प्रकाशित : शुक्रबार, चैत २४ २०७९०४:४२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend