बिहीबार , असार ५ गते २०८२    
बिहीबार , असार ५ २०८२
images
images

सबैको चित्त बुझाउनका लागि बजेट छर्ने काम गर्दिनँ, चालु खर्च घटाउनैपर्छ : अर्थमन्त्री महत

images
बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , चैत २३ २०७९
images
images
सबैको चित्त बुझाउनका लागि बजेट छर्ने काम गर्दिनँ, चालु खर्च घटाउनैपर्छ : अर्थमन्त्री महत

अहिले बजारमा मन्दी देखिएको समयमा सरकारले वितरणका काम अलि कम गर्ने अर्थमन्त्री प्रकाशशरण महतले बताए।

images
images

काठमाडौं- अर्थमन्त्रीले डा. प्रकाशशरण महतले विकासमा सबैलाई चित्त बुझाउने नाममा बजेट छर्ने काम रोक्ने बताएका छन्। 

images
images
images

नेपाल आर्थिक पत्रकार समाजसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै डा. महतले बजेटको प्राथमिककरण गर्नुपर्ने आवश्यकता आफूले महसुस गरेको बताए। 'पुँजीगत खर्चलाई जहाँ आवश्यक छ र जसका लागि स्रोत उपलब्ध हुनसक्छ भनेर काम गर्नुपर्छ। सबैलाई चित्त बुझाउने नाममा स्रोत बिनाको कार्यक्रम राख्ने काम हुँदैन', उनले भने।

images
images

त्यस्तै चालु तथा साधारण खर्च घटाउनका लागि सरकारले काम गर्नैपर्ने उनले बताए। अहिले राजस्व घटेको तथा बजारमा मन्दी देखिएको समयमा सरकारले वितरणका काम अलि कम गर्ने उनको भनाइ छ।

images
images
images

बजारमा माग घटेको, सरकारी राजस्व घटेको तथा उच्च ब्याजदरका विषयमा सरकार सचेत भएको उनले बताए। ब्याजदर कम गर्न सकिने विषयमा निरन्तर छलफल भइरहेको र अधिकतम प्रयास गरिने उनको भनाइ छ।

कार्यक्रममा अर्थसचिव तोयम रायले चालु खर्च भनिए र देखिएजस्तो उच्च दरले नबढेको बताए। बजेटको लेखांकनका कारण वा प्राविधिक कारणले चालु खर्च बढेको देखिए पनि वास्तविक रुपमा भनेजसरी नबढेको उनको भनाइ छ।

'चालु खर्च बढेको कुरा जसरी आएको छ त्यसरी बढेको छैन। केही बढेको छ तर भनेजसरी होइन। हामी संघीयतामा गएपछि हस्तान्तरणको रकम चालुमा जान्छ तर त्यसको परिचालन विकास निर्माणमा पनि हुन्छ', उनले भने।

चालु आर्थिक वर्षमा लक्ष्यअनुसार राजस्व संकलन नभए पनि गत वर्षको तुलनामा घट्नेक्रम न्यून भएको उनको भनाइ छ।


प्रकाशित : बिहीबार , चैत २३ २०७९११:४९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend