बिहीबार , असार ५ गते २०८२    
बिहीबार , असार ५ २०८२
images
images

मेलम्चीको पानी वितरणका लागि पाइप बिच्छ्याउन बाँकी स्थानमा थालियो काम

images
बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , चैत २३ २०७९
images
images
मेलम्चीको पानी वितरणका लागि पाइप बिच्छ्याउन बाँकी स्थानमा थालियो काम

चक्रपथभित्र बालुवाटार, धुम्बाराही, कलंकी, स्वयम्भू क्षेत्रमा तथा चक्रपथ बाहिर कपन र मण्डिखाटार क्षेत्रमा पनि पाइप बिच्छ्याइँदै छ।

images
images

काठमाडौं- काठमाडौं उपत्यकामा मेलम्चीको पानी वितरणका लागि पाइप बिच्छ्याउन बाँकी स्थानमा पाइप बिच्छ्याउन सुरु गरिएको छ। केही वर्ष पहिले बिच्छ्याएका पाइपमा परीक्षण गर्नुका साथै आगामी वर्ष नयाँ पाइपबाट पानी वितरण गर्ने उद्देश्यले काम सुरु गरिएको हो। 

images
images
images

यसअघि एसियाली विकास बैंकको ऋण सहयोगमा चक्रपथभित्रका विभिन्न स्थानमा पाइप बिच्छ्याइएको थियो। त्यतिबेला छुटेका स्थानमा अहिले पुराना पाइप परीक्षण गर्नुका साथै नयाँ पाइप विच्छ्याउन सुरु गरिएको आयोजना कार्यान्वयन निर्देशनालयका सूचना अधिकारी चन्द्रकुमार पुन श्रेष्ठले बताए।

images
images

'पहिले छुटेका चक्रपथभित्रका ठाउँ र चक्रपथ बाहिरका केही ठाउँमा अहिले काम भइरहेको छ', उनले भने। 

images
images
images

चक्रपथभित्र बालुवाटार, धुम्बाराही, कलंकी, स्वयम्भू क्षेत्रमा तथा चक्रपथ बाहिर कपन र मण्डिखाटार क्षेत्रमा पनि पाइप बिच्छ्याउने काम भइरहेको छ।

उनले भने, 'पाइप विच्छ्याइसकेपछि परीक्षण गर्न एकवर्ष लाग्नसक्छ। परीक्षणपछि नियमित पानी वितरण गरिनेछ।'

पहिलो चरणमा एक हजार १० किमी पाइप बिच्छ्याइको थियो। ती ठाउँमा अहिले आधाभन्दा बढी परीक्षण भइसकेको निर्देशनालयले जनाएको छ। परीक्षण सकिएका स्थानमा नयाँ र नसकिएका ठाउँमा पुरानो पाइपबाट पानी वितरण भइरहेको छ। 

मेलम्ची खानेपानी आयोजनाको मुख्य संरचना निर्माणमा एसियाली विकास बैंकले सहयोग गर्दै आएको छ।

हिउँदमा मात्रै नभएर वर्षाको समयमा पनि पानी ल्याउन सकियोस् भनेर छुटेका ठाउँमा पाइप बिच्छ्याउन लागिएको सूचना अधिकारी श्रेष्ठको भनाइ छ। रासस


प्रकाशित : बिहीबार , चैत २३ २०७९१०:४९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend