बिहीबार , कात्तिक ८ गते २०८१    
images
images

चन्द्रागिरि हिल्समा नयाँ वर्षमा सेयरधनीलाई २५ प्रतिशतसम्म छुट

images
बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , चैत २३ २०७९
images
images
चन्द्रागिरि हिल्समा नयाँ वर्षमा सेयरधनीलाई २५ प्रतिशतसम्म छुट

छुट सुविधा लिनका लागि सेयरधनीहरुले आफ्नो सेयर प्रमाणपत्र वा डिम्याट खाताको विवरण टिकट काउन्टरमा प्रस्तुत गर्नुपर्नेछ।

images
images

काठमाडौं- चन्द्रागिरि हिल्स लिमिटेडले आउँदै गरेको नयाँ वर्ष २०८० को अवसरमा आफ्ना सेयरधनीहरुलाई केवलकारको टिकट, साहसिक गतिविधि लगायत समारोहरूमा २५ प्रतिशतसम्म छुट दिने भएको छ। 

images
images
images

यस योजनाअन्तर्गत चन्द्रागिरि हिल्स लिमिटेडका सेयरधनीहरुले जिपलाइन, स्काई साइक्लिङ, स्वीङ, वाल क्लाइम्बिङ, फ्री फल जम्प, स्काई वाक, तथा रिसोर्टमा आयोजना हुने सामाजिक समारोहरुको शुल्कमा २५ प्रतिशतसम्म छुटको व्यवस्था गरेको हो।  

छुट सुविधा लिनका लागि सेयरधनीहरुले आफ्नो सेयर प्रमाणपत्र वा डिम्याट खाताको विवरण टिकट काउन्टरमा प्रस्तुत गर्नुपर्नेछ। यो योजना एक वर्षसम्मका लागि लागु हुने कम्पनीले जनाएको छ।

images

यसका साथै प्रत्येक भ्रमणमा सेयरधनीहरुलाई सन्ध्याकालीन केवलकारको टिकटसमेत प्रदान गरिने छ। 

images

काठमाडौं उपत्यकाको दक्षिण-पश्चिममा रहेको चन्द्रागिरि पहाडमा निर्माण गरिएको केबलकारसहितको यो नयाँ गन्तव्य धार्मिक, साहसिक, मनोरञ्जन तथा छुट्टी मनाउन आउने आन्तरिक तथा बाह्य पर्यटकको लोकप्रिय गन्तव्यको रुपमा रहेको छ।  


प्रकाशित : बिहीबार , चैत २३ २०७९१०:३७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend