बिहीबार , कात्तिक ८ गते २०८१    
images
images

अर्थमन्त्रीले भने - आगामी बजेट अर्थतन्त्र सदृढ बनाउन केन्द्रित हुनेछ

images
बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , चैत २३ २०७९
images
images
अर्थमन्त्रीले भने - आगामी बजेट अर्थतन्त्र सदृढ बनाउन केन्द्रित हुनेछ

अर्थमन्त्री डा. प्रकाशशरण महतले सत्तागठबन्धन दलबीचको सहमतिमा सरकारको न्यूनतम साझा कार्यक्रमका आउने बताएका छन्।

images
images

काठमाडौं- अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्रलाई सुदृढ बनाउन आफूले पहिलो प्राथमिकता दिने बताएका छन्।

images
images
images

सम्पादक समाजका पदाधिकारीसँग आज भएको भेटमा अर्थमन्त्री महतले भने, 'नयाँ बजेटको तयारीमा सरकार जुटेको छ। बजेटको मुख्य ध्येय नै अर्थतन्त्रलाई बलियो बनाउने नै हुनेछ।'  
 
अर्थमन्त्री डा. महतले सत्तागठबन्धन दलबीचको सहमतिमा सरकारको न्यूनतम साझा कार्यक्रमका आउने जानकारी दिए। 

समाजका पदाधिकारीले अर्थमन्त्री डा महतलाई भेट गरी बधाई एवं सफल कार्यकालको शुभकामना दिएका थिए। सो अवसरमा समाजका संरक्षक किरण वैद्य, अध्यक्ष पुरु रिसाल, वरिष्ठ उपाध्यक्ष पुष्पराज प्रधान, महासचिव श्यामकाजी डोटेल, सचिव नारायण उपाध्याय, सदस्यद्वय विष्णुप्रसाद नेपाल र माधव दुलाल सहभागिता थियो। रासस

images


प्रकाशित : बिहीबार , चैत २३ २०७९१०:१७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend