बिहीबार , चैत २१ गते २०८१    
बिहीबार , चैत २१ २०८१
images
images

एसईई परीक्षार्थीका लागि नेपाल टेलिकमले ल्यायो नयाँ अफर

images
बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , चैत २३ २०७९
images
images
एसईई परीक्षार्थीका लागि नेपाल टेलिकमले ल्यायो नयाँ अफर

रिचार्जमा ६ महिनासम्म बोनस सुविधा प्राप्त हुनेछ र बोनस प्राप्त भएको तीन दिनभित्र प्रयोग गरिसक्नु पर्नेछ। 

images
images

काठमाडौं- नेपाल टेलिकमले एसईई परीक्षार्थीलाई लक्षित गरी नयाँ अफर ल्याएको छ। 

images
images

यो अफरअन्तर्गत एसईई परीक्षा दिइरहेका विद्यार्थीले टेलिकमका देशभरका कार्यालयहरुबाट नि:शुल्क सिम प्राप्त गर्न सक्नेछन्। साथै सिममा बोनस अन रिचार्ज पनि उपलब्ध हुने टेलिकमका प्रवक्ता शोभन अधिकारीले जानकारी दिए। 

images
images

२०७९ चैत २४ देखि सुरू हुने यो अफर ३ महिना (९० दिन) सम्म उपलब्ध हुने टेलिकमले जनाएको छ। टेलिकमका अनुसार बोनस अन रिचार्ज भने ६ महिनासम्म उपलब्ध गराइने छ।   

images
images

सिमकार्ड प्रयोगमा आउनासाथ ३० दिनसम्मका लागि विभिन्न अफरहरु उपलब्ध हुनेछन्। विद्यार्थीसँग पहिलेदेखि नै नेपाल टेलिकमको सिम छ भने सोही सिममा यी अफरहरु उपयोग गर्न सकिने व्यवस्था गरिएको छ।

नयाँ सिम प्राप्त गरेका विद्यार्थीहरुले सिम कार्डमा मेन ब्यालेन्सको रुपमा उपलब्ध हुने १० रूपैयाँबाट जुनसुकै नेटवर्कमा कल गर्न, एसएमएस पठाउन वा डाटा चलाउन सकिन्छ। साथै एक महिनासम्म जम्मा ४० मिनेट अन नेट कल गर्न, ६० एमबी डाटा चलाउन र ३० वटा अन नेट एसएमएस सहितको सुविधा प्रयोग गर्न सक्नेछन्।

यसका अतिरिक्त यसबाट नेपाल टेलिकमको नेटवर्कभित्र दैनिक २० मिनेट कुराकानी गर्न र १० वटा एसएमएस पठाउन तथा १०० एमबी डाटा प्रयोग गर्न सकिने छ। यस अनुसार ३० दिनसम्म ३ हजार एमबी डाटा, ६ सय मिनेट टकटाइम र ३ सयवटा एसएमएसको सुविधा प्राप्त हुनेछ।

नयाँ सिम प्राप्त गर्नका लागि विद्यार्थीहरुले प्रवेश पत्र वा कक्षा १० को मार्कसिटको फोटोकपी, एकप्रति फोटो र अभिभावकको नागरिकता वा आफ्नो परिचयपत्रको फोटोकपी संलग्न गरी फाराम भर्नुपर्नेछ।

यस अफरअन्तर्गत उपलब्ध हुने बोनस अन रिचार्जमा ५० रूपैयाँ वा सोभन्दा बढी रकम रिचार्ज गर्दा प्रत्येक रिचार्जमा जुनसुकै 
समयमा पनि ५ सय एमबी डाटा चलाउन, नेपाल टेलिकमकै नेटवर्कभित्र ५० मिनेट कल र ५० वटा एसएमएस पठाउन सकिने 
बोनस सुविधा समेत उपलब्ध हुनेछ।

रिचार्जमा ६ महिनासम्म बोनस सुविधा प्राप्त हुनेछ र बोनस प्राप्त भएको तीन दिनभित्र प्रयोग गरिसक्नु पर्नेछ। 


प्रकाशित : बिहीबार , चैत २३ २०७९०९:३७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend