आइतबार, वैशाख २३ गते २०८१    
images
images

औद्योगिक ग्राहकको डिमान्ड शुल्क बढाउने कुलमानको प्रस्ताव खारेज

images
images
images
औद्योगिक ग्राहकको डिमान्ड शुल्क बढाउने कुलमानको प्रस्ताव खारेज

'उत्पादित विद्युत खेर गइरहेको अवस्थामा औद्योगिक ग्राहकका लागि डिमान्ड शुल्क बढाउने प्रस्ताव आएको थिइ,' आयोग स्रोतले भन्यो, 'प्राधिकरणको प्रस्ताव उचित देखिएन। तसर्थ डिमान्ड शुल्क बढाउने प्रस्ताव पारित भएन।'

images
images

काठमाडौं- औद्योगिक ग्राहकको विद्युत डिमान्ड शुल्क बढाउने नेपाल विद्युत प्राधिकरणको प्रस्ताव खारेज भएको छ। विद्युत नियमन आयोगको मंगलबार साँझ बसेको बैठकले प्राधिकरणको प्रस्ताव उल्ट्याउँदै औद्योगिक ग्राहकको डिमान्ड शुल्क नबढाउने निर्णय गरेको हो।

images
images
images

नेपाल विद्युत प्राधिकरणले औद्योगिक ग्राहकका लागि डिमान्ड शुल्क बढाउने प्रस्ताव गरेको थियो। हाल १३२ केभी क्षमताका वितरण प्रणालीबाट विद्युत उपभोग गर्ने औद्योगिक ग्राहकका लागि डिमान्ड शुल्क प्रति केभी प्रति महिना २२० रूपैयाँ छ। यसलाई बढाएर प्रति केभी ३३० रूपैयाँ बनाउने प्रस्ताव प्राधिकरणले गरेको थियो।

images

'उत्पादित विद्युत खेर गइरहेको अवस्थामा औद्योगिक ग्राहकका लागि डिमान्ड शुल्क बढाउने प्रस्ताव आएको थिइ,' आयोग स्रोतले भन्यो, 'प्राधिकरणको प्रस्ताव उचित देखिएन। तसर्थ डिमान्ड शुल्क बढाउने प्रस्ताव पारित भएन।'

images

प्राधकिरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत महसुल पुनरावलोकनका लागि पठाएका थिए। आयोगले सिँचाईमा ८० प्रतिशतसम्म महसुल छुट दिने गरी नयाँ महसुल निर्धारण गरिदिएको छ।

images
images

प्राधिकरणले प्रस्ताव पठाएपछि आयोगले केही समयअघि सार्वजनिक सुनुवाइ गरेको थियो। 

images

प्रकाशित : मंगलबार, कात्तिक ९ २०७८०४:३८
  • सम्बन्धित विषय:

  • # विद्युत


  • प्रतिक्रिया दिनुहोस