बिहीबार , असार ५ गते २०८२    
बिहीबार , असार ५ २०८२
images
images

चौकीडाँडामा सम्पन्न भयो खानेपानी योजना, ३५० परिवार लाभान्वित

images
बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , चैत २३ २०७९
images
images
चौकीडाँडामा सम्पन्न भयो खानेपानी योजना, ३५० परिवार लाभान्वित

पाँच वर्षपछि योजना सञ्चालनमा आएपछि लामीडाँडा, थाम डाँडा, लामा गाउँ, कमलपुर, ढुङ्ग्रे, चिप्लेटी, तल्लो चिप्लेटी, आरुबोटे र सतीडाँडाका बासिन्दा लाभान्वित भएका छन्। 

images
images

चितवन- भरतपुर महानगरपालिका-२९ स्थित चौकीडाँडामा झण्डै ९ करोड रूपैयाँको लागतमा खानेपानी योजना सम्पन्न भएको छ। योजना सम्पन्न भएपछि यहाँका ३ सय ५० परिवार लाभान्वित भएका छन्।  

images
images
images

सं‌घीय सरकार र प्रदेश सरकारको ५ करोड ९५ लाख, भरतपुर महानगरको १ करोड ७५ लाख तथा स्थानीयको ६२ लाख रूपैयाँ बराबरको श्रमदानबाट खानेपानी योजना निर्माण भएको हो। पाँच वर्षपछि उक्त योजना सम्पन्न भएको हो।

images
images

योजना सञ्चालनमा आएपछि लामीडाँडा, थाम डाँडा, लामा गाउँ, कमलपुर, ढुङ्ग्रे, चिप्लेटी, तल्लो चिप्लेटी, आरुबोटे र सतीडाँडाका बासिन्दा लाभान्वित भएका छन्।

images
images
images

स्थानीय सुशीला गुरुङले आधा घन्टाभन्दा बढी हिँडेर खानेपानी ल्याउनुपर्ने बाध्यता हटेको बताइन्। भोर्ले खोलाभन्दा माथिको गुण्डा खाालाबाट पानी ल्याउनुपर्ने बाध्यता आयोजना सञ्चालनमा आएसँगै हटेको छ। योजनाका सचिव केशव ढकालले भने, 'बोत्तलमा पानी थापेर ल्याउनुपर्ने बाध्यता अब हटेको छ।'

आयोजनाअन्तर्गत एउटा मुहान रहेको छ भने ८० लाख लिटरको कलेक्सन ट्याङ्की छ। थामडाँडामा दुई लाख लिटरको वितरण ट्याङ्की निर्माण गरिएको छ। वडाध्यक्ष सूर्यबहादुर गुरुङले महानगरपालिकाको एक मात्र पहाडी क्षेत्रमा सधैँको खानेपानी समस्या समाधान भएको बताए। रासस 


प्रकाशित : बिहीबार , चैत २३ २०७९०५:०६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend