बुधबार, असार १८ गते २०८२    
बुधबार, असार १८ २०८२
images
images

टेस्लाले ४० लाखवटा सस्ता विद्युतीय कार बनाउने, अन्य उत्पादकलाई दबाब

images
बिहीबार , चैत २३ २०७९
images
images
टेस्लाले ४० लाखवटा सस्ता विद्युतीय कार बनाउने, अन्य उत्पादकलाई दबाब

टेस्लाले उत्पादन गर्ने ४० लाख वटा सस्तो मूल्यका विद्युतीय कार विश्वभर रहेका आफ्नो उत्पादन प्लान्टमा बाँडेर उत्पादन गर्ने बताएको छ। ४० लाख मध्ये १० लाख वटा भने टेस्लाको मेक्सिकोमा बन्दै गरेको नयाँ ‘गिगाफ्याक्ट्री मेक्सिको’ उत्पादन हुने एक रिपोर्टमा उल्लेछ। 

images
images

काठमाडौं- अमेरिकी विद्युतीय कार उत्पादक कम्पनी टेस्ला इंकले आम उपभोक्तालाई लक्षित गरेर सस्तो कार उत्पादन गर्ने घोषणा गरेअनुसार तयारी सुरु गरेको छ। 

images
images

टेस्लाले ४० लाखवटा सस्ता विद्युतीय कार उत्पादन गर्ने तयारी गरिरहेको छ। टेस्लाले आम उपभोक्तालाई लक्षित गरेर २० हजार अमेरिकी डलरमा विद्युतीय कार बनाउन लागेको हो। 

images
images

चीनमा रहेको टेस्लाको सप्लाइ चेनले दिएको जानकारीअनुसार टेस्लाले ४० लाख सस्ता कार उत्पादन गर्न लागेको इलेक्ट्रिक डटकोले लेखेको छ। टेस्लाले यो दशकको अन्त्यसम्म अर्थत २०३० बाट वार्षिक २ करोड कार उत्पादन गर्ने महत्वाकांक्षी लक्ष्य सार्वजनिक गरिसकेको छ। 

images
images
images

उक्त संख्यामा कार उत्पादनका लागि टेस्लाले तीब्र गतिमा उत्पादन प्लान्ट विस्तार गर्नुपर्ने छ। महँगा विद्युतीय कार उत्पादन गरेरमात्र वार्षिक २ करोड कार उत्पादन सम्भव नभएकाले टेस्लाले सस्तो मूल्यका विद्युतीय कार समेत ल्याउन लागेको हो। 

टेस्लाले केही वर्षयतादेखि नै सस्तो विद्युतीय कार बनाउने बताउँदै आएको थियो। टेस्लाले अबको दुई/तीन महिनाभित्रै २५ हजार डलरको सस्तो कार सार्वजनिक गर्ने तयारी गरेको छ। तर टेस्लाले सस्तो कारबारे भने केही खुलाएको छैन। २५ हजार अमेरिमी डलरको विद्युतीय कार टेस्लाको लाइन अपमा भएको सबैभन्दा सस्तो कार हुनेछ। 

सबैजसो परम्परागत कार उत्पादक पनि विद्युतीय कार उत्पादनमै केन्द्रित हुन थालेका छन्। ती कम्पनीहरुले पनि सस्तो मूल्यमै विद्युतीय कार उत्पादनलाई प्राथमिकता दिएका हुन्। टेस्लाको सस्तो मूल्यको विद्युतीय कारले अन्य उत्पादकलाई दबाब सृजना गर्नेछ।

टेस्लाले उत्पादन गर्ने ४० लाख वटा सस्तो मूल्यका विद्युतीय कार विश्वभर रहेका आफ्नो उत्पादन प्लान्टमा बाँडेर उत्पादन गर्ने बताएको छ। ४० लाख मध्ये १० लाख वटा भने टेस्लाको मेक्सिकोमा बन्दै गरेको नयाँ ‘गिगाफ्याक्ट्री मेक्सिको’ उत्पादन हुने एक रिपोर्टमा उल्लेछ। 

टेस्लाले हालै चीनमा एउटा नयाँ कारको प्रोटोटाइप सार्वजनिक गरेको थियो। धेरैले सोही कार नै टेस्लाको आउँदै गरेको सस्तो कार हुन सक्ने अनुमान गरेका छन्। 

हाल टेस्लासँग वार्षिक २० लाख कार उत्पादन गर्ने क्षमता रहेको छ। अहिले रहेजति नै उत्पादन प्लान्टबाट वार्षिक ३० लाख कार उत्पादन गर्न निक्कै कठीन हुने देखिन्छ। तर टेस्लाले उत्पादन प्लान्ट विस्तारलाई पनि उच्च प्राथमिकता दिएको छ। 

टेस्लाको अर्को बहुचर्चित तर बजारमा आइनसकेको कार हो साइबरट्रक। यो कारको पर्खाइमा लाखौं उपभोक्ता १ हजार डलर बुकिङ चार्ज तिरेर बसेका छन्। साइबरट्रक सुरु प्रोटोटाइपमा धेरै परिमार्जन गरेर परीक्षण भइरहेको छ। टेस्लाले ५० लाख वटा साइबरट्रक उत्पादन गर्ने अनुमान गरिएको छ। साइबरट्रक पनि टेस्लाको महँगो कारमै पर्छ। टेस्लाले ठूलो संख्यामा कार बिक्री गर्ने हो भने सस्तो मूल्यका कार ल्याउनुको विकल्प नभएको विज्ञहरुले बताएका छन्। २०३० को लक्ष्य भेट्न टेस्लाले छोटो समयभित्रै ठूला निर्णयहरु लिनुपर्ने उनीहरुको भनाइ छ। 

टेस्लाको अर्काे उत्पादन प्लान्ट मेक्सिकोमा खोल्न तय भएको सीईओ एलन मस्कले  गएको महिना बताएका थिए। कम्पनीको इन्भेस्टर डेका अवसरमा उक्त घोषणा गर्दै मस्कले मेक्सिको प्लान्ट खुल्नेबारे आफूहरु अति नै उत्साहित रहेको बताएका थिए। 

Tesla Hatchback car.PNG

टेस्लासँग विभिन्न स्थानमा गरेर वार्षिक २० लाख कार उत्पादन गर्ने क्षमता भएका प्लान्ट सञ्चालनमा रहेका छन्। हाल टेस्लाका प्लान्ट क्यालिफोर्निया, सांघाई, अस्टिन र बर्लिनमा रहेका छन्। मेक्सिकोमा खुल्ने प्लान्ट टेस्लाको अमेरिका बाहिर रहेको तेस्रो प्लान्ट हुनेछ।

टेस्लाले वार्षिक २ करोड कार उत्पादन गर्ने महत्वाकांक्षी योजना लिएको छ। सोही अनुसार टेसलाले उत्पादन प्लान्ट विस्तारलाई उच्च प्राथमिकता दिएको छ। टेस्लाले २०२२ मा १३ लाख कार उपभोक्तालाई हस्तारन्तरण गरेको थियो। विश्वको सबैभन्दा धेरै कार बिक्री गर्ने टोयोटाले २०२२ मका विश्वभर १ करोड कार बिक्री गरेको थियो। 

टेस्लाले मेक्सिकन प्लान्टमा करिब १ अर्ब अमेरिकी डलर लगानी गर्ने रोयटर्सले उल्लेख गरेको छ। टेस्लाले वार्षिक २ करोड वटा कार उत्पादन गर्न ठूलो लगानीसमेत गर्नुपर्ने छ।

वार्षिक २ करोड कार उत्पादन गर्न टेस्लाले कुल १ सय ५० अर्बदेखि १ सय ७५ अर्ब अमेरिकी डलर लगानी गर्नुपर्ने अनुमान गरिएको छ। हालसम्म टेस्लाले कार उत्पादनका लागि २८ अर्ब डलर लगानी गरिसकेको छ। यो लगानी सुन्दा ठूलो लाग्न सक्छ तर टेस्लाको महत्वकांक्षी योजनामा यो सानो अंश भएको कम्पनीको जिकिर छ। 

टेस्लाका सीईओ एलन मस्क टेस्लाकै सेयरका कारण विश्वकै सवार्धिक धनी व्यक्तिसमेत बनेका थिए। हाल मस्क संसारकै धनी व्यक्तिको सूचीमा दोस्रो नम्बरमा छन्।  

टेस्लाका विद्युतीय कार महँगो मध्येमा पर्दछ। अमेरिकामा टेस्लाको मोडल थ्री, मोडल वाई भने ५५ हजार डलरभन्दा कम मूल्यमा पाइन्छ। अमेरिकाको तुलनामा चीनमा उत्पादित टेस्लाका कार सस्तो मूल्यमा उपलब्ध छ। अमेरिकामा विद्युतीय कार खरिद गर्दा ७ हजार ५ सय ट्याक्स क्रेडिट दिँदै आएको छ। तर ट्याक्स क्रेडिट पाउन कार उत्तर अमेरिकामै उत्पादन भएको हुनुपर्छ। 

Tesla Hatchback car.PNG

धेरैजसो अटोमोबाइल कम्पनीहरुले मेक्सिकोमा उत्पादन प्लान्ट स्थापना गरेका छन्। मेक्सिकोमा २० वटा अटो एसेम्बल प्लान्ट छन्। मेक्सिकोम बनेका ९० प्रतिशत कार निर्यात हुने गरेका छन् जसमध्ये ७६ प्रतिशत अमेरिका जाने गरेको छ। 

टेस्लाका कार विश्वको धेरै देशमा पुगिसकेको छ। प्रविधि र विलासीता तथा विद्युतीय कार भएकाले धेरैको रोजाइमा टेस्ला ब्रान्ड पर्ने गरेको छ। तर उपलब्धता र महँगो मूल्यका कारण धेरैले खरिद गर्न सकिरहेका छैनन्। 

टेस्लाका विद्युतीय कार नेपाली बजारमा समेत उपलब्ध रहेको छ। विद्युतीय कारमा सरकारले कर सहुलियत दिएकाले टेस्लाका विद्युतीय कार नेपाली बजारमा उपलब्ध हुन सकेका छन्। हालसम्म नेपाली बजारमा करिब ३ दर्जन विद्युतीय कार बिक्री भइसकेको छ। टेस्लाको मोडल थ्री र मोडल वाई नेपाली बजारमा बिक्रीका लागि उपलब्ध रहेको छ। टेस्लाको सस्तो अर्थात २५ हजार डलरको कार बजारमा आएपछि त्यसको माग नेपाली बजारमा उल्लेख्य हुनेअनुमान गरिएको छ। 


प्रकाशित : बिहीबार , चैत २३ २०७९०४:४४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend