शुक्रबार, असार २० गते २०८२    
शुक्रबार, असार २० २०८२
images
images

वित्तीय प्रणालीमा चैतमै थपियो ३० अर्ब निक्षेप, सीडी रेसियो ८५.४३ प्रतिशत

images
बिहीबार , चैत २३ २०७९
images
images
वित्तीय प्रणालीमा चैतमै थपियो ३० अर्ब निक्षेप, सीडी रेसियो ८५.४३ प्रतिशत
images
images

काठमाडौं- वित्तीय प्रणालीमा निक्षेप लगातार थपिएको छ। नेपाल राष्ट्र बैंकका अनुसार चैत २२ गते साँझसम्म वित्तीय प्रणालीमा निक्षेप ५४ खर्ब ३० अर्ब पुगेको छ। चैतमा मात्रै ३० अर्ब निक्षेप थपिएको छ।

images
images

चैत १ गते वित्तीय संस्थाहरुको निक्षेप ५४ खर्ब रहेको थियो। त्यसयता ३० अर्ब निक्षेप बढेकोे हो। यता चैत १ मा ४८ खर्ब १२ अर्ब ऋण प्रवाह पुगेकोमा थपिएर ४८ खर्ब २२ अर्ब रुपैयाँ पुगेको छ। चैत यता १० अर्ब मात्रै ऋण प्रवाह हुँदा ३० अर्ब निक्षेप थपिएको हो। 
 
वाणिज्य बैंकहरूमा गत १० गतेसम्म वाणिज्य बैंकहरूको निक्षेप ४७ खर्ब ६८ अर्ब पुगेको थियो। १२ दिनमा दिनमै बढेर ४७ खर्ब ८९ अर्ब रुपैयाँ पुगेको छ। यता सीडी रेसियो पनि ८५.४३ प्रतिशतमा झरेको छ। साउनमा ८८ प्रतिशतसम्म पुगेको सीडी रेसियो अहिले घटेर ८५.४३ प्रतिशतमा आएको छ।

images
images

यसले बैंकहरूले ऋण लगानी गर्न सक्ने देखिएको छ। साउनमा ८८.५० प्रतिशत सम्म पुगेको थियो। भने धेरै बैंकहरूलाई नेपाल राष्ट्र बैंकले तोकेको ९० प्रतिशतको सीमा राख्न हम्मे हम्मे परेको थियो।  यता अन्तर बैंक ब्याजदर ७ प्रतिशतमा झरेको छ। 

images
images
images

गत साउन महिनामा १ खर्ब ८ अर्बले घटेको निक्षेप त्यसयता लगातार बढिरहेको छ। तथ्यांकअनुसार भदौमा ५२ खर्ब, असोजमा ६२ अर्ब, कात्तिकमा १६ अर्ब, मंसिरमा ५७ अर्ब, पुसमा ९५ अर्ब, माघमा २५ अर्ब र फागुनमा ३२ अर्ब रुपैयाँ निक्षेप थपिएको छ। चैत २२ गतेसम्म ३० अर्ब निक्षेप थपिएको छ। 

पछिल्लो तथ्यांक हेर्ने हो भने ब्याजदर पनि घट्दै गएको छ। पछिल्लो समय बैंकहरूको ब्याजदर चर्को भएको भन्दै व्यवसायीहरू सडक आन्दोलन गरिरहेका छन्। दुर्गा प्रसाईं जस्ता विवादास्पद व्यवसायीले पनि बैंकविरुद्ध अराजक गतिविधि गरिरहेका छन्। बाहिर चर्चामा आएजस्तो बैंकको ब्याजदर महँगो नभएको नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले बताए।


प्रकाशित : बिहीबार , चैत २३ २०७९०४:२१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend