बुधबार, असार ३१ गते २०८३    
बुधबार, असार ३१ २०८३

धमाधम आन्तरिक ऋण उठाउँदै सरकार, ४० अर्ब उठाएकाे सरकार थप २० अर्ब उठाउँदै

बुधबार, चैत २२ २०७९
धमाधम आन्तरिक ऋण उठाउँदै सरकार, ४० अर्ब उठाएकाे सरकार थप २० अर्ब उठाउँदै

काठमाडौं- सरकारले धमाधम आन्तरिक ऋण उठाएको छ। साउनयता मात्रै सरकारले ४० अर्ब रुपैयाँ आन्तरिक ऋण लिएको छ।

लक्ष्यअनुसार राजश्व संकलन नभएपछि चालु खर्च चलाउनकै लागि सरकारले धमाधम आन्तरिक ऋण उठाएको हो। अझै २० अर्ब आन्तरिक ऋण उठाउँदैछ।

असारमा उठाइने गरेको आन्तरिक ऋण यसपटक सुरुदेखि नै दबाबमा रहेको भन्दै सरकारले धमाधम उठाइरहेको हो। नेपाल सरकारले चालु आर्थिक वर्षको चौथो त्रैमाससम्म थप ६० अर्ब रुपैयाँ बराबरको विकास ऋण पत्र उठाउने लक्ष्य लिएको थियो। 

सरकारले आज उठाएको १० अर्ब आन्तरिक ऋण भने अहिलेसम्मकै सस्तो ब्याजमा लिएको छ। चालु आर्थिक वर्षको अहिलेसम्मकै सस्तो ब्याजमा सरकारले आन्तरिक ऋण उठाएको हो। 

नेपाल सरकारले नेपाल राष्ट्र बैंकमार्फत वार्षिक ८.८७ प्रतिशतको ब्याजमा ६ वर्षका लागि १० अर्ब ऋण लिएको हो। नेपाल सरकारले चालु आर्थिक वर्षमा उठाएकोमध्ये यो ऋण नै सबैभन्दा सस्तो ब्याजको हो। नेपाल सरकारले आज बिक्री गरेको विकास ऋणपत्रको नाम ‘विकास ऋणपत्र २०८५’ दिएको छ। 

तर यसअगाडि नेपाल सरकारले लिएको आन्तरिक ऋणको ब्याज १०.९३ प्रतिशतसम्म थियो। नेपाल सरकारले चालु आर्थिक वर्षको चौथो त्रैमाससम्म थप ६० अर्ब रुपैयाँ बराबरको विकास ऋण पत्र आन्तरिक ऋण उठाउने लक्ष्य लिएको छ। यो ऋणपत्र धितो राखेर कर्जा लिन-दिन पाइन्छ। प्रतिस्पर्धी र अप्रतिस्पर्धी बोलवालालाई क्रमशः निष्कासित रकमको ८५ र १५ प्रतिशत अर्थात् ८ अर्ब ५० अर्ब र १ अर्ब ५ करोड छुट्याइएको छ।


प्रकाशित : बुधबार, चैत २२ २०७९१०:३८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend