आइतबार, वैशाख ७ गते २०८२    
आइतबार, वैशाख ७ २०८२
images
images

पर्यटकीय गाजादहको उजाड क्षेत्रमा ओखरको वन बनाइँदै

images
बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, चैत २२ २०७९
images
पर्यटकीय गाजादहको उजाड क्षेत्रमा ओखरको वन बनाइँदै

बिरुवाले तीन वर्षपछि उत्पादन दिने छ। कार्यक्रमका लागि परियोजनाले १० लाख रूपैयाँ उपलब्ध गराएको थियो।

images
images

बागलुङ- बागलुङको जैमिनी नगरपालिका-३ दमेकमा रहेको पर्यटकीय गाजादह क्षेत्रका किसानले आयआर्जन र पर्यटन प्रवर्द्धनका लागि ओखरको वन बनाउने प्रयास थालेका छन्। 

images
images
images

नौला गाउँ र गाजादहको सुक्खा र उजाड जमिन हरियाली बनाउने प्रयास थालिएको हो। नौला र गाजादह क्षेत्रका किसानले दाँते ओखरको व्यावसायिक खेती थालेपछि उजाड जमिन हरियाली बन्दैछ। हुर्किँदै गरेका ओखरका बिरुवाले उजाड क्षेत्रमा हरियाली थप्दै गरेको किसान शेरबहादुर छन्त्यालले बताए।

images
images

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना समन्वय एकाइ बागलुङको सहयोगमा एक हजार सातसय दाँते ओखरका बिरुवा रोपिएको छ। छन्त्याल किसान समूहमा आवद्ध किसानले एकसय रोपनी क्षेत्रमा ओखर रोपेका हुन्। उक्त जग्गा समूहमा आबद्ध किसानकै हो। खाली जग्गामा थिङसेल जातको कलमी बिरुवा रोपेको नगरपालिकाको कृषि शाखामा कार्यरत प्राविधिक रवीन्द्र शर्माले जानकारी दिए। 

images
images

कलमी बिरुवाले तीन वर्षपछि उत्पादन दिने छ। कार्यक्रमका लागि परियोजनाले १० लाख रूपैयाँ उपलब्ध गराएको थियो। 'उजाड जमिन हरियाली भएको छ', शर्माले भने, 'बाँझो जमिनको उपयोग र किसानलाई व्यावसायिक बनाउन सहयोगी बन्ने छ।' 

बिरुवा खरिद, ढुवानी, बिरुवा रोपणका लागि खाडल खन्ने, मल व्यवस्थापन, सिँचाइ व्यवस्थापन र बिरुवा रोप्ने क्षेत्रमा रहेका रुख कटानका लागि प्रयोग हुने चेन्सो मेसिन खरिद गर्न कुल १७ लाख ८५ हजार रूपैयाँ खर्च भएको छन्त्याल किसान समूहका अध्यक्ष देवप्रसाद छन्त्यालले जानकारी दिए।

परियोजनाले उपलब्ध गराएको १० लाख रूपैयाँबाहेक अपुग भएको रकम किसानबाट संकलन गरिएको थियो। समूहमा एक सय १४ किसान आबद्ध छन्। किसानले एउटा बिरुवाको तीनसय ५० तिरेका थिए। जमिनमा जति बिरुवा रोपिएको छ त्यसको उत्पादन त्यहीँ किसानले प्रयोग गर्ने प्राविधिक शर्माले बताए।

वडा कार्यालयले पनि पचास प्रतिशत अनुदानमा वडाका अन्य क्षेत्रमा एक हजार बिरुवा वितरण गरी ओखर खेती सुरु गरेको छ। बीजबिरुवा खरिद गरी अनुदानमा प्रदान गरेको वडाध्यक्ष कृष्णबहादुर भुजेलले जानकारी दिए। बीजबिरुवाले पाँच वर्षपछि उत्पादन दिनेछ। उपल्लो दमेक दाँते ओखर खेतीका लागि उपयुक्त क्षेत्र हो। रासस 


प्रकाशित : बुधबार, चैत २२ २०७९१०:०६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend